Author: महेन्द्रनगर पोष्ट

काठमाडौं -पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रवार बिहान देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भू(भागको मौसम भने सामान्यतः सफा रहने छ। गण्डकी, बागमती र प्रदेश १ को उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा…

Read More

भक्तपुर -२८ वर्षीया जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा भक्तपुर प्रहरीले दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी जेनिशाको हत्या गरिएको थियो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन्। मृतक जेनिशाको शव चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा सोमबार फेला परेको थियो। हत्याको कारण लागुऔषध दुर्व्यसनी र शारीरिक सम्बन्ध भएको प्रहरीले बताए।…

Read More

काठमाडौं-एक १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ। काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली- नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिको कोषाध्यक्षमा उत्तमबहादुर कठायत मनोनित भएका छन्। बिहिबार धनगढीमा बसेको कांग्रेस सुदूरपश्चिमको बैठकले कठायतलाइ कोषाध्यक्ष पदमा मनोनित गरेको हो। उनलाइ पार्टीको प्रदेशस्तरीय समितिले उक्त पदमा मनोनित गरेको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ९मनु० ले जानकी दिए।

Read More

काठमाडौं-सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ । आगामी वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो । सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो । आगामी वर्षको पात्रो तयार गर्नको लागि सरकारले विदाका दिनहरू टुंगो लगाएको छ । जसअनुसार, सरकारले १० प्रकारका पर्व विदा दिने निर्णय गरेको छ । जसअनुसार बैशाख १ गते नयाँ वर्ष, किराँत समुदायका लागि उभौली पर्व, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठ पर्व आदिमा विदा…

Read More

काठमाडौं- भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी विधानसभा चुनावमा पराजित भएका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई कांग्रेसका भुवन कापडीले ६ हजार ९ सय ५१ मतले पराजित गरेका हुन्। बिहिबार सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३ सय २५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६ सय २६ मत प्राप्त गरे। उनका प्रतिद्धन्द्धी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६ सय ७५ मत मात्रै प्राप्त गरेका थिए। विधानसभामा विजयी कापडी उत्तराखण्ड कांग्रेसका कार्याकारी अध्यक्ष हुन।सन् २०१७ को विधान सभा चुनावमा कापडी मुख्यमन्त्री धामीसंग २ हजार ६ सय ९ मतान्तरले पराजित…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा बिहीबार एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९१३ नमूना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका व्यक्ति बिहीबार नै भारतबाट आएका निर्देशनालयले जनाएको छ। ती व्यक्ति गड्डाचौकी नाका भएर आएका हुन। अब प्रदेशभरि १३४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Read More

कैलाली-एनआइविएल फ्रेन्ड्स क्लब धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज बिहिवार भएको दोस्रो सेमिफइनल खेलमा एनआइविएल फ्रेन्ड्स क्लबले बागमती युथ क्लब २-१ गोलले हराउदै फ्रेन्ड्सले फाइनलको यात्रा बनाउन सफल भएको हो । अब फ्रेन्ड्सले प्रतियोगिताको फाइलन खेल फागुन २८ गते मनाङ मस्र्याङ्दी क्लबसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ।उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।

Read More

बझाङ-बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो। स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन्। ‘हामी कसैलाई हेलिकप्टर आउने जानकारी नै थिएन। हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेका थिए,’ थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले भने, ‘त्यसपछि हामीले प्रहरीलाई खबर गरेका थियौँ, प्रहरी पुग्नुअघि नै उनीहरु उडे।’ हेलिकप्टरमा चालकसहित पाँच जना भारतीयमूलका नागरिक रहेको उनले बताए। ‘हिन्दी बोलिरहेका…

Read More

काठमाडौँ-नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना नखुलेको जनाएको छ।म्यादी प्रहरीमा भर्ना खुलेको भन्दै बुधबारदेखि सामाजिक सञ्जालमा नक्कली सूचना भाइरल भइरहेको छ। म्यादी प्रहरीमा भर्ना खुलेको भन्दै नक्कली सूचना भाइरल भएपछि बिहीबार प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना नखुलेको स्पष्ट पारेको छ। आवश्यक परेमा म्यादी प्रहरीमा भर्नाका लागि सार्वजनिक सूचना जारी गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More