Author: महेन्द्रनगर पोष्ट

धनगढीः धुलिखेलस्थित काभ्रेपलाञ्चोकको सिडिओ कार्यालयमा कट्टु (हाफ पाइन्ट) लगाएर छिरेका दुई युवक पक्राउ परेका छन्। राहदानी बनाउन गएका भनिएका ती युवकको अमिल्दो पोशाक र होहल्लाका कारण नियन्त्रणमा लिइएको बताइएको छ। ‘आज बिहान पौने १२ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो,’ जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो। काभ्रेको चौरी देउराली गाउँपालिका ४ का केशवप्रसाद गौतमका २७ वर्षे छोरा सुरज गौतम, नमोबुद्ध नगरपालिका ७ का राजकुमार श्रेष्ठका १६ वर्षे छोरा रेजियन श्रेष्ठ पक्राउ परेका हुन्। उनीहरुले काम ढिलो भएको भन्दै हल्ला गरेपछि प्रहरीले कार्यालयभित्र कट्टु लगाएर आएको आरोप लगाएको थियो। आफूहरुले सम्झाउँदा पनि नमानेको र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम…

Read More

काठमाडौँ: चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् । सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९…

Read More

धनगढीः मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीलाई एसपीए कलेजले सम्मान गरेको छ। नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडी विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार सम्मान गरेको हो। कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान हुन्। यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गरेका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन्। अशोक धामी बझाङका हुन्। तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ। यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ। घरेलु टोली मलेसियामाथि २ सय २१ रनको…

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको…

Read More

कञ्चनपुर: इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ। कम्पनीले वर्षभरका लागि नवीकरण गर्दा दुई महिनाको इन्टरनेट निःशुल्क दिने योजना सुरु गरेको हो। यो अफर अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनसको रूपमा प्राप्त गर्न सक्नेछन्। यो अफर असार मसान्त २०८० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ। भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट सुरु गर्ने कम्पनी हो। मल्टी गिग सेवामा समेत अगाडि रहेको कम्पनीले विगत २३ वर्षदेखि इन्टरनेट सेवा दिंदै आएको छ। आईपिटिभी सेवा प्रदायकको रूपमा समेत रहेको यो कम्पनीको वेबसाइटमा गएर नवीकरण अफर लगायत अन्य सेवाको बारेमा थप जानकारी लिन सकिनेछ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना युवायुवती पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागुऔषधसहित शनिवार दिउँसो सोही ठाउँका १९ वर्षीय रञ्जीत राना र २० वर्षीया पुष्पा राना पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Read More

डडेल्धुरा: किसान नेता तथा सहिद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सहिद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो । शनिबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गर्नुभयो । सहिद पन्तको जीवनीसँग सम्बन्धित किताब र उहाँको पहलकदमी थालनी गरिएका काम तथा प्रकाशित कृति पुस्तकालयमा राखिएको छ । पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट छुट्ट्याइएको थियो । रासस

Read More

धनगढीः ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ६ पूर्वमन्त्री, २ पूर्वमुख्य सचिव, १४ पूर्व र १ बहालवाला सचिवसहित सार्वजनिक पदधारण गरेका डेढ सयभन्दा बढी कर्मचारीको संलग्नता देखिएको छ। तीमध्ये केही कर्मचारी अझै पदमा छन्। जग्गा हिनामिना गर्ने गरी भएका निर्णयमा जोडिएका केही व्यक्तिको मृत्यु भइसकेको छ। पञ्चायतकालमै मुआब्जा दिएर तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवारबाट अधिग्रहण गरी सरकारका नाममा ल्याइएको मध्ये १ सय ४३ रोपनीभन्दा बढी जग्गा ०४९ देखि ०६९ को अवधिमा भूमाफियाले हडपेका थिए। अधिग्रहण गरेर गृह मन्त्रालयमातहतको समरजंग कम्पनीको रेखदेखमा राखिएको जग्गा विभिन्न सरकारका पालामा भएका गैरकानुनी निर्णयका आधारमा शृंखलाबद्ध रूपमा हडपिएको थियो। ०४९, ०६२, ०६६, ०६७ र…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

Read More

काठमाडौँ: आज सुनको मूल्य सात सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More