Author: महेन्द्रनगर पोष्ट

धनगढी : चार महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नेबित्तिकै भानुभक्त जोशीले भनेका थिए, ‘मैले सम्हालेको मन्त्रालय त लथालिङ्गै रहेछ ।’ २३ फागुनमा मन्त्री भएका उनले दुई हप्ता नबित्दै उनले ४ चैतमा काठमाडौंमा भएको प्रशासनिक संघीयता कार्यान्वयन सम्बन्धी कार्यक्रममा यो कुरा भनेका थिए । उनले कर्मचारी समायोजन र कामकाजमा खटाउने अव्यावहारिक नीति, जथाभावी कर्मचारी सरुवा र खटनपटन, मनपरी गरिने प्रमुख प्रशासकीय अधिकृतको सरुवा लगायतले सामान्य प्रशासन मन्त्रालय लथालिंग बनेको निष्कर्ष सुनाएका थिए । ४ महिनापछि कांग्रेस-एमालेको नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीबाट मन्त्री भएका जोशी मन्त्रालयबाट बिदा हुने लगभग पक्काजस्तै भइसकेको छ, तर यो अवधिमा उनले सुरुमै पहिचान गरेका समस्याहरू…

Read More

धनगढी : कैलालीको धनगढीमा रहेका दुईवटा कम्पनीले कर छली गरेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनमा आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सको कैफियत फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी निरीक्षक गंगादत्त बडुका अनुसार दुबै कम्पनीलाई कारबाही गरिएको छ । आन्तरिक राजश्व कार्यालय धनगढीले दुबै कम्पनीलाई कारबाही गरेको हो । आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेडलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई चार लाख ३९ हजार जरिबाना गरिएको उनले जानकारी दिए ।

Read More

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरी जिल्ला अदालत, काठमाडौँमा मुद्दा चलाएको छ। असार १९ गते अदालतमा पुगेको उक्त मुद्दाका एक अभियुक्त नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द छन्। उनी सुन तस्करीवापतको रकम गैरकानुनी तवरले भुक्तानी दिने र हुन्डी कारोबार गर्ने कार्यमा जोडिएका नेपाल पेवेल प्रालि नामक कम्पनीका सञ्चालक हुन्। त्यसमा उनको २० लाख रूपैयाँबराबरको सेयर लगानी देखिएको छ। यस कम्पनीका अध्यक्ष भने भीमप्रसाद तिमिल्सिना हुन्। तिमिल्सिना भने पक्राउ परिसकेका छन्। अभियोगपत्रमा प्रतिवादी खण्डको ४३ नम्बरमा चन्दको नाम फरार प्रतिवादीका रूपमा उल्लेख छ। शेर बहादुर चन्दको नाति ललित चन्दको छोरा जिल्ला…

Read More

काठ्माडौं : नेपाली सेनाले करिब दुई सय जना अधिकृतको एकमुष्ठ सरुवा गरेको छ । आगामी साउन १ गतेदेखि लागु हुनेगरी जंगी अड्डाको सैनिक सचिव विभागले अस्ति १९९ जनालाई एकै लटमा सरुवा तथा कमाण्ड नियुक्ति गरेको जानकारी दिइएको छ । विभिन्न गण,तालिम केन्द्र तथा नेपाल क्याभ्लरी कमाण्डमा नियुक्ति हुनेहरुको पहिलो नम्बरमा मनोविज्ञान अध्ययन तथा परामर्श शाखाका प्रमुख सेनानी धिरज थापा छन् । उनलाई देवीदत्त गणको गणपति बनाइएको छ । प्रमुख सेनानी ३५ जनालाई सरुवा र जिम्मेवारी हेरफेर गरिएको छ । त्यस्तै गुल्म कमाण्ड नियुक्तिमा २५ जना सेनानीको सरुवा भएको छ भने सरुवा नियुक्तिमा प्रमुख सेनानी, सहसेनानी र उपसेनानी गरेर १३९ जना…

Read More

काठमाडौं : सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि बढुवा सुची प्रकाशित गरेको छ । सशस्त्रले लेखा उपसमूहतर्फ रिक्त रहेको इन्स्पेक्टरका लागि बढुवा सिफारिस सूची प्रकाशित गरेको हो । सशस्त्रका अनुसार इन्स्पेक्टर बढुवाका लागि ३ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा बद्रीबहादुर सोडारी, ईन्द्र सिंह बोहरा र रविन्द्र क्षेत्री रहेका छन् । उनीहरुको बढुवाउपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्र प्रधान कार्यालयले जनाएको छ ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक लालवीर चौधरीले जानकारी दिए । यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए । केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए ।

Read More

धनगढी : धनगढीको हार्डवयर व्यवसायमा एकछत्र रजगज चलाएका भारतीय व्यापारी आशिष गुप्तालाई ३२ लाख जरिवाना गरिएको छ । धनगढीमा हरिओम हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक रहेका गुप्ताले ३२ लाख तीन हजार बराबरको कर छली गरेको भेटिएपछि आन्तरिक राजश्व कार्यालय धनगढीले जरिवाना तिराएको हो । गुप्ताले दुलारीदेवी भन्ने महिलाको नाममा फार्म दर्ता गरि सञ्चालन गरेको आरडेन इन्टरप्राइजेजले मूल्य अभिबृद्धि कर छली गरेको पाइएपछि ३२ लाख रुपैयाँ प्रारम्भिक कर निर्धारण गरिएको थियो । राजश्व कार्यालयले निर्धारण गरेको कर तिरेको आधार प्रमाण देखाउन नसकेपछि गुप्तालाई जरिवाना तिराइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ सञ्चार माध्यममा इमेल पठाउँदै आरडेन इन्टरप्राइजेजलाई ३२ लाख तीन…

Read More

काठमाडौं : काठमाडौंबाट ३८ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो। उनीको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।

Read More

धनगढी : डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पर्शुराम नगरपालिका–११ सलेता स्थित सिद्ध खोलामा नुहाउने क्रममा अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौँ : जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। २२ फेबु्रवरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसले २०२२ सेप्टेम्बरदेखि विदेशी नागरिकहरुलाई सेनामा भर्ती लिन थालेको थियो।…

Read More