Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै चोरी भएको करिब ९ किलो तस्करीको सुन दाओजिन वाङकै हातमा पुगेको बताइएको छ। प्रहरी स्रोतका अनुसार भन्सार कार्यालयका कर्मचारी र विचौलियामार्फत गायब गरिएको नौ किलोमध्ये करिब ८ किलो सुन वाङकै हातमा पुगेको हो। सो प्रकरणमा मुछिएका कृष्णबहादुर महरा र राहुल महरामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। वाङ भने नेपालबाट चीनतर्फ भागेका छन्। गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन चोरी हुँदा पनि वाङकै हातमा पुगेको त्यसमध्ये करिब २ किलो वाङले राखेको बाँकी ६ किलो सिन्धुपाल्चोकका दुई व्यक्तिलाई बेच्न…

Read More

-आभुषण तिम्सिनाअहिले बजार तातिएको छ। मुलुकमा लामै समयदेखि हालिमुहालि चलाउँदै आएका बैध अबैध शक्तिकेन्द्रका मतियारहरुको बीचमा हल्लिखल्लि मच्चिएको छ। राज्यशक्ति, राजनैतिक र प्रशासनिक अधिकार अनि अख्तियारको दुरुपयोग गरेर राज्यका विभिन्न क्षेत्रमा बितण्डा मच्चाउँदै आएका कुतत्वहरु सुरक्षा कबचको खोजीमा दौडधुप गरिरहेछन्। राज्य संयन्त्रका स्थायी सरकार मानिने निजामति सेवाका उपल्ला पदमा पुगेर अवकास प्राप्त गरिसकेकाहरु केही फौजदारी प्रकृतिका चर्चित मुद्दाहरुका कारण कोकोहोलो गर्दैछन्। फौजदारी अपराधको अनुसन्धान गर्ने संवैधानिक अनि कानूनी उत्तरदायित्व बोकेको नेपाल प्रहरीका अनुसन्धान केन्द्रित कृयाकलापहरु समेत आज आम नागरिकले सुक्ष्म अवलोकन गरिरहेका छन्। राज्य संयन्त्रको दुरुपयोग गरेर राज्य सञ्चालकले गरेका दुश्कार्यलाई कानूनी उन्मुक्ति दिने कार्य पञ्चायत जस्तो सामन्ति व्यवस्थामा, राणा…

Read More

धनगढीः कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका– ४ बलिया बजारमा ना५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्कीचुहा नगरपालिका६ चैनपुरका २० वर्षीय निर्मल कटेल गम्भीर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार घाइते कटेललाई लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको छ । बस र चालक भजनी नगरपालिका७ का २९ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी: धनगढीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका छन् । धनगढीको भाटभटेनी सुपर मार्केट अगाडि भएको दुर्घटनामा साइकलयात्री धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका १८ वर्षीय गणेशराज ओझा घाइते भएका हुन् । उनले रोड क्रस गर्ने क्रममा शिव गुुप्ताले चलाएको लु९४प ८७३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको धनगढीमा उपचार भइरहेको अवस्था समान्य रहेको बताइएको छ ।

Read More

मेलम्ची: नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुग्नुभएका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो…

Read More

पर्वत: पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो । स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालaxय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन । वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको…

Read More

-दिनेश बम ठकुरीमानिसले आफ्नो रुचि क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । जब लक्ष्य निर्धारण गरिन्छ तब मानिस अगाडि बढ्न बल प्रदान गर्दछ । लक्ष्य भविष्यमुखी हुन्छ । म यो गर्छ भनेर विचार गर्नु लक्ष्य हो । लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो ने हुन्छ । लक्ष्य राखेर मात्र हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न पनि गर्नुपर्छ । आफ्नो रुचि अनि वर्तमानमा रोजेको जीवनको आयमबाट लक्ष्य निर्धारण गर्नु पर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो जीवनको लक्ष्य समाजको सेवा हो…

Read More

बाजुरा: बाजुराको बडीमालिका मेला सम्पन्न भएको छ । बडिमालिकामा जनैपूर्णिमाको अवसरमा ११ गतेदेखि १४ गतेसम्म लागेको मेला सम्पन्न भएको हो । बडीमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए । सरकारी टोलीको पूजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेर सरकारी टोली समेत फर्किसकेको छ । मेला सकिएसँगै तीर्थालुहरु पनि फर्किन थालेका छन् ।

Read More

काठमाडौँ: काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि साढे ८ घन्टासम्म बिजुली नआउने भएको छ । टेकु तथा के–थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकारणले सूचनामार्फत जानकारी दिएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन एक सय ३२ केभीमा चार्ज गर्नेगरी काम गरिहेको छ । रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Read More

बझाङ: बझाङमा जंगली च्याउ खाएका एक किशोरको पनि मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-६ नौराका १२ वर्षीय सुदीप कठायतको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी लैजाँदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए । आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन् । ७ वर्षीया एन्जिलाको बिहीवार नै थप उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको थियो भने सुदीपको पनि हिजो राति नै मृत्यु भएको छ । आमाको अवस्था…

Read More