Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलाली सुरक्षाकाका दृष्टिकोणले संवेदनशील मानिन्छ। त्यसैकारण यहाँको सुरक्षा चुस्तता र व्यवस्थापन चासोको विषय बन्ने गर्दछ। अहिले कैलाली प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक देबेन्द्रबहादुर पालले सम्हालिरहेका छन्। उनी सुदूरपश्चिमकै स्थायी बासिन्दा समेत हुन्। लामो समय केन्द्रीय अनुसन्धान ब्यूरो, अख्तियार अनुसन्धान आयोग, अपराध महाशाखा र पाँच महिना रानीपोखरीमा प्रहरी उपरीक्षकको भूमिका निर्वाह गरेका उनी अनुभवी प्रहरी अधिकृत कहलिन्छ्न्। उनै पाल हाल कैलालीमा प्रहरी उपरीक्षक भएर कमान्ड सम्हालिरहेका छन्। उनी आइसकेपछि जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था के कस्तो छ ? लगायत अन्य थप विविध पक्षबारे केन्द्रित रहेर महेन्द्रनगरपोष्टले कुराकानी गरेको छ। प्रस्तुत त उक्त वार्तालापको संम्पादित अंश: अहिले जिल्लाको शान्ति सुरक्षाको अवस्था के…

Read More

सोल: दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ । पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका ६ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् । बाढी पहिरोका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको अभिलेख रहेपनि त्यो अझ बढ्नसक्ने बताइएको छ । पहिरो र भवन भत्किँदा सात जनाको मृत्यु भएको हो । उत्तरी…

Read More

कञ्चनपुर: कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । “राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध ९मलामास० पर्नाले तीज पर्व एक महिना पछि मनाउने निर्णय गरिएको छ”, उनले भने, “राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।” तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण…

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट र कैलालीको टिकापुर नगरपालिका–१ का २८ वर्षीय लक्ष्मण रावल रहेका छन् । प्रहरीले भट्टलाई गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो भने रावललाई टिकापुर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो । अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाइल चोरी भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले चेकजाँच गर्दा भट्टको साथबाट लागुऔषधसहित एन्ड्रोइड मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाण्डौँको तीन ओटा चेक फेला पारेको थियो । त्यस्तै, रावललाई इलाका प्रहरी…

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले सरकारी साधनको दुरुपयोग गर्दै आएकी छन् । स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्षदेखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर साधनको दुरुपयोग गर्दै आएकी हुन् । नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाएकी छन् । अझ रोचक कुरा के छ भने नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवाभन्दा बढी आफन्तहरू ओसारपसार गर्नेदेखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेको छ । उपप्रमुख…

Read More

धनगढीः कैलालीको जानकी गाउँपालिकामा महिलाको शव फेला परेको छ। जानकी गाउँपालिका–२ कालिकापुर स्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३/२४ वर्षीया महिलाको शव फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

बाजुरा: बाजुराको बडिमालिका नगरपालिका- ६ का वडाध्यक्ष  कृष्ण खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको छ। वडाध्यक्ष कृष्ण खड्का विरुद्ध जातीय विभेद गर्न नहुने कसुर सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक कविन्द्रसिंह बोहाराले बताए। बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विकले वडाअध्यक्ष खड्काले कार्यालय समयमा जातीय विभेद गरेर अपशब्द बाेलेकाे भन्दै निवेदन दिएका छन्। केही साता अगाडी अध्यक्ष खड्काले प्रमुख प्रशासकिय अधिकृत विकबीच याेजनाका बारेमा विवाद भएकाे थियाे। बिवादका क्रममा वडाअध्यक्ष खड्काले कार्यकारीको कार्यकक्षमै विकलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्न धम्की दिएको जाहेरीमा उल्लेख छ।

Read More

धनगढी: धनगढीको बढी भिडभाड हुने मध्येको एक ट्राफिक चौराहादेखि बिशालनगर जोड्ने सडक हिलाम्य हुँदा स्थानीयलाई सकस भएको छ। धनगढी उपमहानगरपालिका–३ स्थित पुरानो यो पुरानो गल्लीमा सामान्य झरी पर्दा पनि हिलाम्य हुन थालेपछि समस्या भएको हो। जसकारण उक्त सडकमा मानिसहरूलाई आवतजावतमा समस्या भएको बताइएको छ। यो सडक क्षेत्रमा एक सय बढी पसल छन्। सोराइ, सैपाल होटेल लगायतका थुप्रै रेस्टुरेन्ट यो क्षेत्रमा छन्। तर यहाँ मर्मतका लागि अहिलेसम्म कसैको ध्यान पुगेको छैन। स्थानीय र व्यवसायीले सडक मर्मतका लागि वडा र उपमहानरलाई पटक–पटक जानकारी गराउँदा पनि कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ। सुरुमा पिच रहेको यो सडक यो २०७४ साल अघि देखि नै…

Read More

डोटी : डोटीमा बौलाहा कुकुरले एकै दिन ५ जनालाई टोकेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेखीमा कुकुरले ५ जनालाई टोकेको हो। शुक्रवार साँझ २८ वर्षकी मिना महारा, ३९ वर्षीया सीता भुल र १० वर्षीय आदेश विकलाई कुकुर टोकेको हो। बिहान पनि २ जनालाई सोही कुकुरले टोकेको थियो। कुकुरले टोकेका उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचारपछि घर पठाइएको छ। कुकुर नियन्त्रणमा नआएको वडा अध्यक्ष दीपक बोगटीले बताए। कुकुर नियन्त्रणमा नआएको हुनाले जुनसुकै बेला अरूलाई पनि टोक्नसक्ने भएकाले वडाभरि माइकिङ गरिएको अध्यक्ष बोगटीले बताए। कुकुर नियन्त्रणका लागि डिभिजन वन कार्यालय डोटी तथा प्रहरी लगायतका निकायसँग समन्वय भएको बताइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिला बरमेली टोल नजिक महिलाको कानै च्यातेर गहना र नगद लुट्ने समातिएको छ। शुक्रबार राति बेलडाँडी गाउँपालिका-३ कमरी बस्ने रामबहादुर रानालाई गाउँलेले समातेका हुन्। उनले झिलमिला बरमेली टोल बस्ने मिना राना मगरको घरमा गएर कानका गहाना र घर भित्रबाट ५० हजार चोरेर भागेका थिए। त्यसपछि गाउँलेले उनलाई राति १० बजेतिर घेरा हालेर समातेका थिए। रानालाई समातिएपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बेलडाँडी इलाका प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नवराज पाण्डेयले बताए। कान च्यातिएकी महिलाको अहिले उपचार भइरहेको छ।

Read More