Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डडेल्धुराका जनतालाई राजनीतिक दलका कार्यक्रममा सहभागी गराउन ‘खर्च’ गर्नुपर्ने परिपाटी बसेको बताएका छन्। बिहिवार जिल्ला सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभामा बोल्दै उनले यहाँका जनतालाई रक्सीसमेत खुवाउनु पर्ने भनेर सुनेको बताएका हुन्। ‘यहाँ कुनै दलले कार्यक्रम गर्न गाउँगाउँबाट गाडीमा मान्छे ओसार्ने, खाना-नास्ताको व्यवस्था गर्नुपर्ने सुनेको छु। त्यत्ति मात्रै नभएर(इसारा गर्दै) रक्सीसमेत खुवाउनुपर्छ भन्ने सुनेको छु’ उनले भने, ‘तर आज हामीले आयोजना गरेको विशाल जनसभामा कसैलाई केही दिएनौं, तर पनि पानीमा भिझ्दै यत्रो जनता आउनुभएको छ।’ अर्को प्रसङ्गमा बोल्दै उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्। गरिब किसानको घरमा जन्मिएर पनि देशको प्रधानमन्त्री बनेका…

Read More

पाल्पा: गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको…

Read More

धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ गरेकी छिन् । धनगढी उपमहानगरपालिका३ बाट भन्सार छलीका सामानसहित धनगढी२ की ३५ वर्षीया रतना नाथ पक्राउ परेकी हुन् । उनी भन्सार छलीको आटा, सोनापापडी, केक जेल, नरिवलको धुलो, नमकिन लगायतका ३१ हजार ६२० रुपैयाँ बराबरका सामानसहित पक्राउ परेकी सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । यस्तै, धनगढीको मिलनचोकबाट २० हजार पाँच सय मूल्यका चिनी, सुट, सुर्ती, मिश्री, बिडी, प्लास्टिकका झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । उता, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ वनदेवी जंगल क्षेत्रबाट माछासहित से ४ प ४६९ नम्बरको मोटरसाइकल गरी भन्सार छलीका एक लाख ३० हजार…

Read More

कञ्चनपुर: कञ्चनपुरमा दोहोरो नागरिकता बनाएका दुई जना पक्राउ परेका छन् । बैतडीको पञ्चेश्चर गाउँपालिका–५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएको थियो । अनुसन्धानमा उनीहरुले दोहोरो नागरिकता लिएको खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

बाँके: कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् । डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ…

Read More

काठमाडौँ : कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै नियुक्त हुने भएका छन् । यद्यपि मन्त्रिमण्डल भने भोलि निर्माण हुने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने बताए । उनका अनुसार आज ४ :३० बजे दाबी पेश गर्ने तयारी गरिएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरूलाई निर्देशन दिएका थिए । उक्त दाबी पेश गर्ने गठबन्धन दलका नेताहरु काठमाडौँबाट विराटनगर जाने क्रम सुरु…

Read More

काठमाडौं: काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ । गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।

Read More

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन गएराति काठमाडौं आइपुगेका छन् । कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा राजदूत थम्पसन राति साढे १२ बजे दोहाबाट काठमाडौं आइपुगेका हुन् । उताबाट आएको सोही जहाजमा राति सवा २ बजे (उडान नम्बर क्युआर ६४५) अमेरिकी राजदूतावासमा दोश्रो वरियताका सिडिए जासोन पिटर मिक्स दोहा हुँदै अमेरिका गएको बुझिएको छ ।

Read More

धनगढी : कैलालीमा नदीमा डुुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार खेतमा रोपाई गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए । स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर बिहीबार शव भेटाएको हो । घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ३ प्रतिवादीहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश रेग्मी कुनैबेला रिट निवेदकमध्येका मिनबहादुरको कानुन व्यवसायी रहेका कारण उनी इजलासमा रहेर उक्त रिट निवेदन सुनुवाइ गर्न नमिल्ने भएको हो । ललितानिवास जग्गा अनियमिततामा मुछिएकामध्ये १७ जना आरोपितले गतवर्ष सर्वोच्च अदालत गएर अन्तरिम आदेश लिएर बसेका थिए । निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद…

Read More