Author: महेन्द्रनगर पोष्ट

बैतडीको पाटनस्थित विमानस्थलमा रहेको टर्मिनल भवन प्रयोगविहीन अवस्थामा। गएको डेढ वर्षदेखि यहाँबाट उडान नहुँदा करोडौं खर्चेर बनेको टर्मिनल भवन प्रयोगविहीन भएको हो।  तस्बिर : विनोद सिंह विष्ट/रासस 

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Read More

धनगढी : कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। शुक्रबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले जिल्ला डडेल्धुरा पर्शुराम नगरपालिका- ११ घर भएर गोदावरी नगरपालिका-१ अत्तरियास्थित नमस्ते होटलको गल्लीमा डेरा गरि बस्ने खडक बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल २ ग्राम ८० मिलीग्राम र आलिताल गाउपालिका ६ स्थायी घर भएका बिष्णु बिष्टको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो। विष्टद्वयलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। त्यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीबाटै सादा पोशाकमा खटिएको प्रहरी टोलीले गोदावरी- २ बस्ने दिलिप कडायतलाई शंका लागि चेकजाँच…

Read More

बझाङ : बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काईदिएका थिए । उनीहरु माथि जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । सोही आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताए ।

Read More

काठमाडौँ : मिटर ब्याजबाट पीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्र प्रमाणीकरण गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ जलाएका छन् । दुवै सदनले पास गरेको यो विधेयकले आफूहरूको माग पूरा नगरेको भन्दै मिटर ब्याज पीडितहरूको एक समूहले यो विधेयक जलाएका हुन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै विधेयकले कानुनको रूप लिएको छ । तर यो कानूनले पनि आफूहरूको समस्या समाधान नगर्ने मिटर ब्याज पीडितहरूको भनाइ छ ।

Read More

काठमाडौं : शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका अमल्दार रामबहादुर बाँठा मृत भेटिएका छन्। नेपाली सेनाका अनुसार बिहीबार बाँठाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। जाजरकोट खलंगाका बाँठा नेपाली सेनाको श्री शेर गण १२औं दफामा कार्यरत थिए। दक्षिणी सुडानको रुम्बेकस्थित गण हे.क्वा.मा रहेको भेहिकल वर्कशपमा बाँठा पासो लगाई झुन्डिएको अवस्थाम फेला परेको नेपाली सेनाले जनाएको छ।

Read More

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणको बेलाको हिसाब किताब अझै नबुझाएको आरोप लगाएका छन् । भक्तपुरमा आयाजित जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा बोल्दै ओलीले प्रचण्डले एमालेको रकममा मस्ती गरेर हिसाब नबुझाएको आरोप लगाएका हुन् । उनले भने ‘उनले पार्टीमा आफ्नो हिसाब किताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिल गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् केही पनि गरेनन् त्यो आफ्नै बनाएर राखे किन कि उसलाई पार्टी कब्जा…

Read More

कञ्चनपुर : कञ्चनपुरमा अवैध रुपमा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार दिउँसो जिल्लाको भिमदत्त नगरपालिका भि.न.पा.६ भानुपार्टि प्लेस नजिक चन्द्र सिह बिष्टले संचालन गरेको घटाल दृष्टि मार्केटिङको गोदाममा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका पन्ध्र लाख सन्ताउन्न हजार चार सय असी रुपैयाँ बराबरको कुर्ता सुरुवाल,मखमल सुट, पेटिकोटको कपडा,मेक्सी कपडा,सुतीको धोती,गम्छा(तौलिया) ,सर्टको कपडा,पाईन्ट सर्ट कपडा, रातो सेतो सारी लगायत बिभिन्न किसिमका लत्ता कपडा जिल्ला प्रहरीले बरामद गरेको हो । बरामद सामान आवश्यक कार्वाहीको लागि २ जना मानिस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ । ।

Read More

काठमाडौं : नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरुमै विवादमा परेको छ । बजार मूल्यभन्दा दोब्बरमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान अघि बढाएको छ । अख्तियारले २५ असार, २०८० मा यसबारे अनुसन्धान गर्ने निर्णय गरेर नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पत्र लेखेर कोर बैंकिङ प्रणाली खरिदको औचित्य पुष्टि हुने कारण र आधारसहित राय प्रतिक्रिया र कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो । अख्तियारस्रोतले भन्यो, ‘अहिले कागजात अध्ययन गर्ने काम भइरहेको छ ।’ यसबारे सुरुमा अर्थमन्त्रालयमा उजुरी परेको थियो, जुन फाइल उसले अख्तियार पठाइसकेको छ ।…

Read More

धनगढी – धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर डडेल्धुरामा दुर्घटना भएको छ । सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका ८ रातोगुराँश रिसोर्ट नजिक सडक छेउमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेर टिप्परमा समान्य क्षति भएको छ । २३ बर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार दिउँसो पौने ५ बजेतिर दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Read More