Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट र कैलालीको टिकापुर नगरपालिका–१ का २८ वर्षीय लक्ष्मण रावल रहेका छन् । प्रहरीले भट्टलाई गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो भने रावललाई टिकापुर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो । अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाइल चोरी भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले चेकजाँच गर्दा भट्टको साथबाट लागुऔषधसहित एन्ड्रोइड मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाण्डौँको तीन ओटा चेक फेला पारेको थियो । त्यस्तै, रावललाई इलाका प्रहरी…

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले सरकारी साधनको दुरुपयोग गर्दै आएकी छन् । स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्षदेखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर साधनको दुरुपयोग गर्दै आएकी हुन् । नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाएकी छन् । अझ रोचक कुरा के छ भने नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवाभन्दा बढी आफन्तहरू ओसारपसार गर्नेदेखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेको छ । उपप्रमुख…

Read More

धनगढीः कैलालीको जानकी गाउँपालिकामा महिलाको शव फेला परेको छ। जानकी गाउँपालिका–२ कालिकापुर स्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३/२४ वर्षीया महिलाको शव फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

बाजुरा: बाजुराको बडिमालिका नगरपालिका- ६ का वडाध्यक्ष  कृष्ण खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको छ। वडाध्यक्ष कृष्ण खड्का विरुद्ध जातीय विभेद गर्न नहुने कसुर सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक कविन्द्रसिंह बोहाराले बताए। बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विकले वडाअध्यक्ष खड्काले कार्यालय समयमा जातीय विभेद गरेर अपशब्द बाेलेकाे भन्दै निवेदन दिएका छन्। केही साता अगाडी अध्यक्ष खड्काले प्रमुख प्रशासकिय अधिकृत विकबीच याेजनाका बारेमा विवाद भएकाे थियाे। बिवादका क्रममा वडाअध्यक्ष खड्काले कार्यकारीको कार्यकक्षमै विकलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्न धम्की दिएको जाहेरीमा उल्लेख छ।

Read More

धनगढी: धनगढीको बढी भिडभाड हुने मध्येको एक ट्राफिक चौराहादेखि बिशालनगर जोड्ने सडक हिलाम्य हुँदा स्थानीयलाई सकस भएको छ। धनगढी उपमहानगरपालिका–३ स्थित पुरानो यो पुरानो गल्लीमा सामान्य झरी पर्दा पनि हिलाम्य हुन थालेपछि समस्या भएको हो। जसकारण उक्त सडकमा मानिसहरूलाई आवतजावतमा समस्या भएको बताइएको छ। यो सडक क्षेत्रमा एक सय बढी पसल छन्। सोराइ, सैपाल होटेल लगायतका थुप्रै रेस्टुरेन्ट यो क्षेत्रमा छन्। तर यहाँ मर्मतका लागि अहिलेसम्म कसैको ध्यान पुगेको छैन। स्थानीय र व्यवसायीले सडक मर्मतका लागि वडा र उपमहानरलाई पटक–पटक जानकारी गराउँदा पनि कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ। सुरुमा पिच रहेको यो सडक यो २०७४ साल अघि देखि नै…

Read More

डोटी : डोटीमा बौलाहा कुकुरले एकै दिन ५ जनालाई टोकेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेखीमा कुकुरले ५ जनालाई टोकेको हो। शुक्रवार साँझ २८ वर्षकी मिना महारा, ३९ वर्षीया सीता भुल र १० वर्षीय आदेश विकलाई कुकुर टोकेको हो। बिहान पनि २ जनालाई सोही कुकुरले टोकेको थियो। कुकुरले टोकेका उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचारपछि घर पठाइएको छ। कुकुर नियन्त्रणमा नआएको वडा अध्यक्ष दीपक बोगटीले बताए। कुकुर नियन्त्रणमा नआएको हुनाले जुनसुकै बेला अरूलाई पनि टोक्नसक्ने भएकाले वडाभरि माइकिङ गरिएको अध्यक्ष बोगटीले बताए। कुकुर नियन्त्रणका लागि डिभिजन वन कार्यालय डोटी तथा प्रहरी लगायतका निकायसँग समन्वय भएको बताइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिला बरमेली टोल नजिक महिलाको कानै च्यातेर गहना र नगद लुट्ने समातिएको छ। शुक्रबार राति बेलडाँडी गाउँपालिका-३ कमरी बस्ने रामबहादुर रानालाई गाउँलेले समातेका हुन्। उनले झिलमिला बरमेली टोल बस्ने मिना राना मगरको घरमा गएर कानका गहाना र घर भित्रबाट ५० हजार चोरेर भागेका थिए। त्यसपछि गाउँलेले उनलाई राति १० बजेतिर घेरा हालेर समातेका थिए। रानालाई समातिएपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बेलडाँडी इलाका प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नवराज पाण्डेयले बताए। कान च्यातिएकी महिलाको अहिले उपचार भइरहेको छ।

Read More

धनगढी: नेपाल प्रहरीको सुदूूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टिम खारेज गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी टिम खारेज गरेका हुन्। दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएको छ भने आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ। शुक्रबार राती कञ्चनपुरको बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज…

Read More

काठमाडौँ: साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ। सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ। भारतीय सःशुल्क अर्थात पे टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको भन्दै विभागले सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको हो। भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्याकेज बनाएर छुट्टा-छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो। यो जानकारी पछि विभागले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था…

Read More

काठमाडौं: आज पनि बैंक तथा बित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन्। चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा बित्तिय संस्था खुल्ला नै रहन लागेका हुन् । सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो। अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज शनिवार बैंक तथा बित्तिय संस्थाहरु खुल्ला भएका हुन्।

Read More