Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरामा एक एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिक-५ किरमडेमा दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाको एम्बुलेन्स नालीमा छिरेको हो। सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। उक्त एम्बुलेन्समा ल्याइएका बिरामीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ।

Read More

डडेल्धुरा: भारतीय जनता पार्टी(भाजपा)को निमन्त्रणामा अहिले नेकपा माओवादीको टोलीले भारत भ्रमण गरिरहेको छ। ‘बीजेपीलाई चिनौं’ अभियानका क्रममा माओवादीको उच्चस्तरीय टोली भारत पुगेको हो। टोलीमा नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल, रामेश्वर यादव, चक्रमणी खनाल, सत्या पहाडी र सुरेश कुमार राय लगायत रहेका छन्। टोलीले ३ दिनअघि दिल्लीमा भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष जगत प्रकाश नड्डासँग भएको भेटवार्ता गरेको थियो। उक्त भेट निकै फलदायी एवं ऐतिहासिक रहेको भुषालले बताइन्। उनले नेकपा(माओवादी केन्द्र) र भाजपाबीच भएको अनुभव आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप महत्वपूर्ण हुने विश्वास लिएकी छिन्। हिजो मात्रै उनीहरूले देहरादुनस्थित भाजपाको उत्तराखण्ड प्रदेश कार्यालय पुगेका थिए। उत्तराखण्डका प्रदेश अध्यक्ष महेन्द्र भट्टसँगको भेटमा…

Read More

डोटी: सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका-३ तेल पारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। हिजो(बिहिवार) पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका थिए।  मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिए।  बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ। खोजीका  लागि आफन्त  नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा अवैध मेडिकल सञ्चालन गरिरहेका ४ जना पक्राउ परेका छन्। हिजो(बिहिवार) धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षका दिपक महरा र धनगढी २ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्। उनीहरुलाई सामाजिक मन्त्रालय स्वास्थ्य शाखाको टोली र कैलाली प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। केहि दिनअघि धनगढी उपमहानगरपालिका वडा…

Read More

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा शिष्टाचार भेट भएको हो। भेटमा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

Read More

काठमाडौ: पूर्वमन्त्री तथा प्रतिनीधि सभा सदस्य योगेश भट्टराईले काले केटाले गीत २०८० सालकै चर्चित गीत हुने बताएका छन् । आगामी भदौ १४ गते प्रदर्शन हुने “ऐंचै पैचो” नेपाली सिनेमाको सो गीत विहीबार सार्वजनिक गर्दे नेता भट्टराईले २०८० सालकै चर्चित गीत हुने बताएका हुन । सो फिल्म केपी फिल्म प्रालिको व्यानरमा बनेको हो । उनले तिजको समय आएकोले यो गीतले सबैलाई नचाउने विश्वास गर्दे भदौ १४ पछि फिल्म हेर्न आउन समेत नेपाली दर्शकलाई आग्रह गरे । उनले स्थापित कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बद्धी तामांग, काली बुढील लगायतको अभिनयको गीत र फिल्मले राम्रो व्यापार गर्ने…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने सरकारको निर्णय बदरको माग गर्दै २४ असारमा सर्वोच्च अदालतमा रिट पेश गरेका थिए । तर १३ दिनपछि रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निर्क्योल हुने विषय नभएको दाबी गर्दै निवेदन दरपिठ गरेकी थिइन् ।…

Read More

धनगढी : गेटामा बनिरहेका संरचनामा संघीय सरकारले विश्वविद्यालय घोषणा नगरे त्यसको स्वामित्व प्रदेश सरकारले लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। संघ सरकारले गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको निरीक्षणका लागि पुगेका मुख्यमन्त्री शाहले संघले विश्वविद्यालय नबनाएपछि प्रदेश यसको स्वामित्व प्रदेश सरकारले लिने बताएका हुन्। ‘गेटामा मेडिकल विश्वविद्यालय बन्ने कुरामा कुनै द्विविधा रहेन। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यस बारेमा चिन्तित देखिनुभयो, त्यसैले संघले विश्वविद्यालय नबनाएपछि प्रदेश यसको स्वामित्व दिन तयार छ’, मुख्यमन्त्री शाहले भने। अस्पतालमा भएको प्रगति अवलोकन गर्न तथा प्रदेश सरकारबाट कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनेर मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक…

Read More

धनगढी: मुलुकको गुप्तचर निकायको रुपमा परिचित राष्ट्रिय अनुसन्धान विभागका सुदूरपश्चिम प्रदेशका प्रमुखले कार्यभार सम्हालेका छन्। आज (बिहीबार) प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीस्थित कार्यालयमा हाजिर भएर डिआईजी इन्द्र लामाले कार्यभार सम्हालेका हुन्। यसअघि विभागको ललितपुर जिल्लामा कार्यरत एसएसपी इन्द्र लामा हालै डिआईजीमा बढुवा भएर सुदूरपश्चिम आएका हुन्। हालै उनलाई बढुवालगत्तै सुदूरपश्चिम प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो। यसअघि सुदूरपश्चिममा डिआइजी ओम खड्काले प्रदेशको कमाण्ड सम्हाल्दै आएका थिए।

Read More