Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रतिवेदन तयार भएको छ । एकतिस महिनाभित्र पूरा गर्नुपर्ने उक्त प्रतिवेदन सात वर्षपछि तयार भएको हो । विसं २०७३ मा ३१ महिना भाका राखेर अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले विस्तृत अध्ययन, बोलपत्र आह्वानको तयारी तथा डिपिआर बनाउने ठेक्का पाएको थियो । नियमानुसार विसं २०७६ मा नै डिपिआर तयार गरिसक्नुपर्नेमा सात वर्षपछि मात्र तयार भएको आयोजनाका निर्देशक सुनिल पौडेलले जानकारी दिए। परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले जाँचका लागि नेपाल इञ्जिनियर्स एसोसिएसन (एनइए) लाई उपलब्ध गराउँदा सकारात्मक प्रतिक्रिया दिएपछि डिपिआरको काम पूरा भएको उनले बताए । निर्धारित म्यादभित्र काम…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीले भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठुलो परिमाणको चिनीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको बोर्डर आउट पोस्ट दोदाबाट खटिएको टोलीले शनिबार अवैध चिनी र सवारी साधनसहित ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो। गणका गणपति प्रेमबहादुर रावलका अनुसार भन्सार छली ल्याएको ३५ क्विन्टल चिनीसहित ओसारपसारमा प्रयोग भएको से १ च १२२९ नम्बरको बोलेरो पिकअप गाडी बरामद भएको छ। लालझाडी गाउँपालिका १ नौरङ्गा क्षेत्रबाट उक्त चिनी तस्करीमा संलग्न दुई जनालाई समेत पक्राउ गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक रावलका अनुसार कृष्णपुर नगरपालिका– ५ गुलरियाका लोकेन्द्र बोहरा (चालक)…

Read More

धनगढी : नेविसंघको धनगढी उपमहानगरपालिका कार्यसमितिले बिपी कोइराला स्मृति दिवस मनाएको छ। आज शनिबार न्रपाल विद्यार्थी संघ धनगढी उपमहानगरपालिका कार्य समितिले ४१ औं बिपी कोईराला स्मृति दिवसको मनाएको हो। धनगढीस्थित आमाको माया छात्राबासमा खाना खुवाएर स्मृति दिवस मनाएको नेविसंघ धनगढीका सभापति दिपेश बोहराले बताए। उनका अनुसार त्यहाँ आश्रीत अनाथहरुलाई खाजा, खाना खुवाइएको थियो।

Read More

धनगढी: राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा ट्राफिक नियम उल्लङ्घन गरेबाफतको जरिबाना रकम बैंकमार्फत भुक्तानी गराउन थालेको छ । पहिलो चरणमा साउन १ गतेबाट डोटी, कैलाली र कञ्चनपुरमा ट्राफिक जरिबाना वाफतको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने नियम लागु गरिएको हो । कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्रकुमार पालका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिनेछ । त्यो अवधिमा नजिकको बैंकमार्फत जरिबाना भुक्तानी गरिएको भौचर देखाए मात्रै कागजात फिर्ता दिइनेछ । नगदी रसिदमार्फत गरिँदै आएको जरिबानालाई प्रविधिमैत्री एवम् पारदर्शी बनाउन बैंकमार्फत जरिवाना भुक्तानी गर्ने व्यवस्था सुरु गरिएको बताइएको छ…

Read More

कञ्चनपुर: कञ्चनपुरमा १६ लाख बढीको चिनी बोकेको बोलेरो जीपसहित दुई युवक पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ गुलरियाका ३० वर्षीय जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय सहचालक विशाल वडायक रहेका छन् । उनीहरुलाई जिल्लाको लालझाडी गाउँपालिका–१ नौरंगाबाट सशस्त्र प्रहरीले चिनीसहितको से.१ च १२२९ नम्बरको बोलेरो जीपसहित नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको ३५ नं. गण हेडक्वाटर शैलेश्वरी गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको अनुमानित १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको जनाएको छ ।

Read More

काठमाडौँ: लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहेका उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौँ उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए । “सय दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई…

Read More

धनगढी: सुदूरपश्चिममा चिडियाखानाका लागि ७० लाख बजेट खर्च गरिँदैछ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गोदावरीमा प्रदेश चिडियाखाना स्थलमा घेरबार निर्माणको नाममा ५० लाख तथा चिडियाखानाको गुरुयोजना तयारी शिर्षकमा थप २० लाख गरी ७० लाख बजेट खर्च गर्दैछ । तर, प्रदेशको स्थायी राजधानी गोदावरी कायम गरिएकोमा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । दुरदराजका नागरिकले सिटामोलका लागि अझै पनि संघर्ष गर्नुपर्ने अवस्था रहेका बेला सरकारले भने चालु आर्थिक वर्षको बजेटमा मन्त्रालय तथा राजधानीमा रहने निकायका भवन मर्मत, सुधार र निर्माण शीर्षकमा ठुलो बजेट विनियोजन गरेको छ ।

Read More

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले साथ दिएको छ । धनगढीलाई हरियाली प्रवद्र्धन गरेर पर्यावरणमैत्री बनाउने कार्यमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले पनि साथ दिएको हो । संघको २४औँ वार्षिकोत्सवको अवसरमा चारवटा विरुवा बराबर २० हजार रुपैयाँको चेक धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरिएको छ ।

Read More

दार्चुला: दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ । असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताए व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी…

Read More

डोटी: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा आठ सय १८ जनाले उजुरी दिएका छन् । उनीहरुले ६ करोड ४० लाख ६२ हजार नौँ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् । उजुरी आउनेक्रम जारी नै रहेको डोटी प्रहरीले जनाएको छ । सो सहकारीको दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको छ । शिवशिखर सहकारीबाट कोही ठगिएको भए जाहेरी दिन भन्दै गत जेठ ६ गते सार्वजनिक सूचना गरिएको थियो । बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा भने पक्राउ परिसकेका छन् ।

Read More