Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र  डिजेलको मूल्य बढाउने निर्णय गरेको हो।  जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर ९ रुपैयाँ वृद्धि भएको छ भने डिजेलका साथै मट्टीतेलको भाउ प्रतिलिटर ७ रुपैयाँ बढेको छ। निगमका अनुसार पेट्रोलको मूल्य तेस्रो वर्गमा १७३, दोस्रो वर्गमा १७२ र पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा कायम भएको छ।  यस्तै डिजेल तथा मट्टीतेलको मूल्य तेस्रो वर्गमा १५३, दोस्रो वर्गमा, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५० रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ। निगमले खाना पकाउने ग्यासको भने भाउ घटाएर १६६० कायम गरेको छ। निगमले भारतबाट मूल्य…

Read More

दार्चुला: सोमबार राति ठूलो पहिरो खस्दा दार्चुलाको मार्मा र अपी हिमाल जोड्ने सडक अवरुद्ध भएको छ। बिटुले–पारिबगर सडकको मार्मा गाउँपालिका–३ नलबगरमा पहिरो गएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको हो। डोजर प्रयोग गरेर सडकमा थुप्रिएको ढुंगामाटो हटाउने प्रयास भइरहेको भएपनि फेरि पहिरो जान थालेपछि सडक खोल्न नसकिएको स्थानीयले बताएका छन् सडकमा पैदल हिँड्न समेत बाटो खुलेको छैन। बाटो नहुँदा स्थानीय वासिन्दाले चमेलिया नदी तरेर मार्मा गाउँपालिका–६ शेरी हुँदै लामो बाटो हिंड्नु परेको बताइएको छ।

Read More

धनगढीः कैलालीको टिकापुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० वस्ने ७८ वर्षीय ज्योतिसिंह खडका मंगलवार राति आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका थिए। घाइते भएका खडकाको टिकापुर अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

बैतडी: बैतडीको सतबाँझमा उत्पादन भएको स्याउ धेरै वर्षपछि बजारमा आएको छ। सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र फलेको स्याउ विक्रि गर्नका लागि बजारमा आएको हो। लामो समयपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए। स्याउ फल्ने सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो। तर, पछिल्लो समयमा हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए।  सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेको नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा विक्रि गरेको भट्टले बताए। जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि…

Read More

काठमाडौं: सम्पदा जोगाउने कर्म र दानधर्ममा विश्वास राख्नेहरुले १३ सय वर्षभन्दा पुरानो मानिने ललितपुर बुङमतीको कार्यविनायकमा सुनको छाना र गजुरका लागि सहयोग गरेका छन्। सुनको छाना र गजुरका लागि १ सय ८ तोला सुन र अन्य सरसहयोगमा मन्दिरको स्वरुप फेरिएको हो। जसमा समाजसेवामा समेत सक्रिय गायक तथा संगीतकार योगेश्वर अमात्यले सुनको छाना र गजुरका लागि आवश्यक सुन बराबरको रकम सहयोग गरेका छन्। काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रूपैयाँ बराबर हुन्छ। ‘हामीले कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरेका थियौँ। योगेश्वर अमात्य दाइले…

Read More

धनगढीः कञ्चनपुरस्थित गड्डाचौकीबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रहरी टोलीले जनकबहादुर कार्कीलाई लागुऔषधसहित पक्राउ गरेको हो। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० का कार्कीलाई नौ दशमलव १७ ग्राम चरेससहित पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम…

Read More

काठमाडौं: भारत मध्य प्रदेशको बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्। चौधरी समूह एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारको शाश्वतधाम कथा वाचन यात्रा तय भएको चौधरी ग्रुपले जनाएको छ । भदौ २ देखि ४ गतेसम्म उनले नेपालको शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने चौधरी समूहले जानकारी दिएको छ। धीरेन्द्रकृष्ण शास्त्री बागेश्वरधाम सरकारका नामले चर्चित छन्। नवलपुरमा चौधरी समूहले शाश्वतधाम निर्माण गरेको हो। सो धाम पछिल्लो समय हिन्दु धर्मावलम्बीहरूमाझ धार्मिक स्थलको रूपमा चर्चित छ। बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान…

Read More

डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको पाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–४ को कार्यालयले विपद् व्यवस्थापनका सामग्री वितरण गरेको भरपाईमा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलेको हो। स्थानीयको नक्कली हस्ताक्षर गरेर वडाध्यक्ष र वडा सचिवले रकम हिनामिना गरेको आरोप लागेको हो। उनीहरुले वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा विपद् व्यवस्थापन सामग्रीहरु वितरण गरेको नक्कली हस्ताक्षर गरी भरपाई तयार गरेका छन्। भरपाईमा उनीहरुले ३६ जनाभन्दा बढी स्थानीयको नाम राखेत किर्ते हस्ताक्षर गरेका छन्। स्थानीयलाई त्रिपाल, टिन र ग्याबिन जाली वितरण गरेको देखाइएको छ। नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान…

Read More

काठमाडौं: बैतडीको मेलौली नगरपालिका-८ का वडाध्यक्ष तपेन्द्र सिंह बिष्टले घर घरमा पुगेर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । वडा कार्यालयसम्म आउन नसक्ने असहाय, अशक्त तथा अपांगता भएका ज्येष्ठ नागरिकको घरघरमा वडाध्यक्ष विष्ट मंगलबार आफैं वृद्धभत्ता वितरण गर्न पुगेका हुन् । जमाडी टोल र कार्यालयबाट गरेर आज ९० जना ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको वडाध्यक्ष विष्टले बताए । भत्तासँगै ज्येष्ठ नागरिकहरुलाई तातोपानी राख्न थर्मस पनि वितरण गरिएको उनले बताए। घरदैलोमै भत्ता बुझ्न पाउँदा ज्येष्ठ नागरिकहरु अत्यन्तै खुशी भएको पनि उनले बताए । मेलौली नगरपालिका(८ मा कुल १ सय ४७ जना ज्येष्ठ नागरिक रहेका छन् ।

Read More