Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा फसेका २ जनाको उद्दार गरिएको छ। हिजो(मंगलबार) साँझ ६ बजेदेखि खोलाको टापुमा फसेका परशुराम नगरपालिक-४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे उद्दार गरिएको हो। उनीहरुको उद्दारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।

Read More

डडेल्धुरा: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलायन्सको जहाज पूनः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ । काठमाडौबाट ६:०५ बजे धनगढीका लागि उडेको श्री एयरलान्सको २ २ सिक्स प्रतिकुल मौसमका कारण भैरहवा डाइभर्ट गरिएको थियो । नेपालगंजमा प्रयास गर्दा समेत नसकेपछि जहाज भैरहवा ल्याण्ड भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

Read More

धनगढीः जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरमी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउ खाएका हुन्। दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउ खाँदा बिरामी परेका छन्। उनीहरुले मंगलवार दिउसोको खानासँगै जंगली च्याउ खाएका थिए। प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार हुँदैछ।

Read More

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत बताए । साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि आग्रह गरे । महासङ्घले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको…

Read More

डडेल्धुरा: प्रहरी नायब उपरीक्षक(डिएसपी) मनोहरप्रसाद भट्टको कमाण्डमा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आफ्नो सक्रियता बढाउँदै लगेको पाइएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत भएको तथ्यांकले उक्त कुरा पुष्टि हुन्छ। जिल्लामा पछिल्लो ३ वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप अपराधिक क्रियाकलापमा कमी आएको तथ्यांक सार्वजनिक भएको थियो। प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जिल्लामा अपराधिक क्रियाकलाप घट्दै गएको तथ्यांक प्रस्तुत गरेका हुन्। पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा अपराधिक क्रियाकलाप घट्दै गएका छन्। आर्थिक वर्ष २०७७/७८ मा १२८ वटा घटनाहरू घटेका थिए। आर्थिक वर्ष २०७८/८९ मा १०७ अपराधिक क्रियाकलाप भएकोमा गत आर्थिक…

Read More

डडेल्धुरा: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलायन्सको जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ। काठमाडौबाट ६:०५ बजे धनगढीका लागि उडेको श्री एयरलान्सको २ २ सिक्स प्रतिकुल मौसमका कारण डाइभर्ट भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। नेपालगंजमा प्रयास गर्दा समेत नसकेपछि अहिले भैरहवा ल्याण्ड भएको उनले बताए। विमान बेस्सरी हल्लिएको एक यात्रु सजनसिंह ठकुरीले बताए। ‘अहिले हामी विमानभित्रै छौँ। यहाँ सबै डराएका छन्। अब के गर्ने भनेर जानकारी दिइएको छैन’ उनले भने।

Read More

कैलाली : गए राति परेको अविरल वर्षापछि आएको बाढीले जग रहेको क्षेत्र कटान गरेपछि कैलालीको गोदावरी नदीमा रहेको पुल जोखिम अवस्थामा पुगेको छ । स्थानीय प्रशासनले पुल जोखिममा रहेको र जति बेला पनि भत्किन सक्ने भन्दै प्रवेशमा रोक लगाउन निर्देशन दिइसकेको छ । मंगलबार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । तर, मङ्गलबार साँझसम्म पुलमा सयौं युवायुवतीहरूको घुइँचो लाग्यो । प्रशासनले धरापमा रहेको भनेको पुलमा अहिले पनि टिकटक बनाउने र फोटो खिच्नेहरुको भीड लागेको छ । स्थानीयले पुल…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूले आज पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले कैलालीको गोदावरी नगरपालिका- ४ स्थित बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन् । उनीहरूसँग सो क्षेत्रका सांसदहरू पनि पुगेका थिए । सोमबार राति पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध छ ।अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन चुनौती भईरहेको छ । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ । त्यस्तै करिब ३०० मिटर सडक भासिएको छ । उक्त क्षेत्र पुगेका…

Read More

महेन्द्रनगर : सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अठार घण्टा देखि अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कैलालीको गोदावरी देखि खानीडाँडासम्म बिभिन्न स्थानमा पहिरो गएको छ । बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिँएपछि यातायात अवरुद्ध भएको हो । पहिरोका कारण राजमार्ग चर्किएर भासिएको छ । राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात पनि ठप्प छ । पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । विभिन्न कामले पहाडबाट तराई झर्ने यात्रुहरु कैलालीको बुढितोलासम्म यातायातका साधनमा आएपनि त्यहावाट गोदावरीसम्म आउन सकिरहेका छैनन । कोही १ घण्टाको उकालो छिचोलेर वारिपट्टी…

Read More

काठमाडौं : काठमाडौंबाट भरतपुर उडेको बुद्ध एअरको विमान आकाशबाटै फिर्ता भएको छ । ४० जना यात्रु रहेको विमान साढे ४ बजे काठमाडौंबाट उडेको थियो । तर, खराब मौसमका कारण भरतपुर विमानस्थलमा अवतरण हुन नसकेपछि साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइन्छ । आजै काठमाडौंबाट पोखरातर्फका बुद्ध एअरका पाँच वडा उडान पनि रद्ध भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार यतिका चार वटा उडान रद्ध भएको छ ।

Read More