डडेल्धुरा: प्रहरी नायब उपरीक्षक(डिएसपी) मनोहरप्रसाद भट्टको कमाण्डमा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आफ्नो सक्रियता बढाउँदै लगेको पाइएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत भएको तथ्यांकले उक्त कुरा पुष्टि हुन्छ।
जिल्लामा पछिल्लो ३ वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप अपराधिक क्रियाकलापमा कमी आएको तथ्यांक सार्वजनिक भएको थियो। प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जिल्लामा अपराधिक क्रियाकलाप घट्दै गएको तथ्यांक प्रस्तुत गरेका हुन्।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/IMG_20230808_101151-1024x768.jpg)
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा अपराधिक क्रियाकलाप घट्दै गएका छन्। आर्थिक वर्ष २०७७/७८ मा १२८ वटा घटनाहरू घटेका थिए। आर्थिक वर्ष २०७८/८९ मा १०७ अपराधिक क्रियाकलाप भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा ९९ वटा अपराधिक क्रियाकलाप भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या २६ जना रहेको छ। यस्तै, सार्वजनिक शान्ति विरुद्धको कसूरका १७, भवितव्य ज्यानका १३, लागुऔषधका ८, सवारी ज्यान र बिष खाएका ४/४, कर्तव्य ज्यान, जबरजस्तीकरणी र बालयौन दुराचारका ३/३ वटा मुद्दा दर्ता भएको डीएसपी भट्टले बताए।
प्रहरीको सक्रियताले अघिल्ला वर्षहरूमा भन्दा गत आर्थिक वर्षमा हरेक प्रकारका घटनामा कमी आएको उनको दाबी छ।
कस्ता अपराधमा कति पक्राउ ?
गत आर्थिक वर्षमा जिल्लामा ३.०७ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए। उनका अनुसार जिल्लामा ८ किलो पाँच सय ग्राम लागुऔषध चरेस बरामद गरिएको छ। त्यस्तै जिल्लामा ११३ पटक अवैध गाँजाका बोट नष्ट गर्ने अभियान चालिएको छ। लागुऔषध दुर्व्यशनीमा फसेका १७ जनालाई सुधार केन्द्रमा पठाउन समन्वय गरिएको छ भने ६१ जनालाई कार्यालयले आवश्यक परामर्श दिएको छ।
त्यसैगरि १ हजार ७७ पटक विद्यालयमा गएर लागुऔषध सम्बन्धी कक्षा संचालन गरिएको छ भने ८२ पटक समुदाय केन्द्रित सचेतना कार्यक्रमको आयोजना गरिएको छ। जिल्लामा लागुऔषधका ८ मुद्दा चलेका छन् भने १८ जना पक्राउ परेका छन् र ५७ वटा पसल तथा घरमा छापा हानिएको छ।
यसैगरी मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लामा मापसे गरि होहल्ला गर्ने २७१ जनालाई नियन्त्रणमा लिइएको छ भने मापसे गरेर सवारि चलाउने २२३ जनालाई कारवाही गरिएको छ। र, ६ जना बस चालकलाई समेत कारबाही गरिएको तथ्यांक छ। त्यस्तै निषेधित क्षेत्रमा मदिरा पिएर होहल्ला गर्ने २९१ जना र बिक्रीवितरण गर्ने २६६ जनालाई स्थानीय तहमार्फत कारबाही गराइएको छ। त्यसैगरि ४५ हजार बोतल अवैध मदिरा र ३ हजार ३ सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ।
यस्तै ट्राफिक नियम मिच्ने ५ हजार ३५४ सवारीलाई कारबाही गरेर २९ लाख ५७ हजार ५ सय राजस्व संकलन गरिएको छ भने ५ वटा चोरीका सवारी नियन्त्रणमा लिइएको छ।
साइबर अपराध तर्फ भने सामाजिक संजाल ह्याक गरि अश्लील फोटो/भिडियो पोष्ट गर्ने ४ जनालाई पक्राउ गरिएको छ भने सामाजिक संजालबाट धम्काउने २ जनालाई पक्राउ गरिएको छ। त्यस्तै जथाभावी कमेन्ट गर्ने ७ जना पक्राउ परेका छन्। यसैगरी मोबाइलबाट गालीगलौच गर्ने ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ। त्यस्तै चोरीका ५१ वटा मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ। जिल्लाबाट ७ वटा मुद्दा अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाइएको छ।
जिल्लामा अपराध नियन्त्रणका क्रममा ९९ मुद्दा दर्ता भएका छन् भने ३ हजार ७ सय १२ जना नियन्त्रणमा लिइएका छन्। यस्तै ६८ जनालाई पक्राउ गरि अदालतमा पेश गरिएका छन् भने २७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। यस्तै विद्यालय समयमा धूम्रपान, मद्यपान तथा कुलतमा फसेका १७९ विद्यार्थीलाई सम्झाइबुझाई गरेर अभिभावकको जिम्मा लगाइएको छ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_671418648365895-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_1629344717558432-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_1913737032391690-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_939304540474051-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_298927675980961-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_253662614151992-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_667633271578197-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_6798736720159066-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_2226210607568512-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_180522974941760-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_3223050111318654-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_1286188502257613-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_620188529962583-1024x768.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/08/received_1380291502832135-1024x768.jpeg)