Author: महेन्द्रनगर पोष्ट

कैलाली: कर्णाली नदीमा नुहाउने क्रममा डुबेर कैलालीकी एक किशोरी बेपत्ता भएकी छिन् । जिल्लाको मोहन्याल गाउँपालिका–६ सोल्टाका चक्रे टमटाकी १२ वर्षीया छोरी बबिता टमटा शनिवार कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटेलमा बेहोस भेटिएका युुवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। शुक्रवार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटेलमा बेहोस भेटिएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी भगवती टोल बस्ने ३७ वर्षीय विष्णुु पनेरुको शनिवार मृत्यु भएको थियो। उनको मृत्युपछि उनी बेहोस भेटिएको होटेलको कोठामा सँगै बसेकी धनगढी–१४ फुलबारीकी ३२ वर्षीया सुुमी भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए। सापकोटालाई शनिवार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

Read More

धनगढीः नेकपा (एमाले)ले सरकार र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएका हुन्। एमालेको सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले यस्तो चुनौती दिएका हुन्। उनले सरकारले प्रचारात्मक काम मात्र गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्न प्रचण्डलाई चुनौती दिए। ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ?’ उनले भने। उनले २२ पटकसम्म सुन छाडेर…

Read More

वेदकोट: वर्षातको पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ”, कुतियाकबरका स्थानीय खड्के बुढाले भने, “बाढी आयो भने सिधैँ बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन ।” महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन् ।…

Read More

धनगढी: कञ्चनपुरमा हिजो लागुऔषधसहित एक प्रहरी नै पक्राउ परे। हिजो शनिबारको दिन साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट एक सशस्त्र प्रहरीका जवान समातिएका थिए। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीसहित २ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका थिए। प्रदिप दार्चुलाको दत्तुस्थित सशस्त्रको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको थियो। अहिले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ। उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउनसुगर) फेला परेको थियो। प्रहरी नै यसरी लागुऔषध मुद्दामा…

Read More

काठमाडौँ: नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले शनिबारमात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त…

Read More

धनगढीः कैलालीको अत्तरियास्थित रेडियन्ट ग्यास उद्योगलाई ५० हजार रुपैयाँ जरिबाना गरिने भएको छ । शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको अनुगमन टोलीले उद्योगमा अनुगमन गरेको थियो । सो क्रममा ग्यास सिलिन्डरमा मापदण्डभन्दा कम र बढी ग्यास भरेको भेटिएकाले जरिबाना गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । बढी ग्यास भर्दा सिलिन्डर बिस्फोटको जोखिम रहने र तोकिएभन्दा कम ग्यास भर्दा पनि कानूनको उल्लङ्घन गरिएको देखिएकाले ५० हजार जरिबानासहित सचेत गराउने निर्णय भएको उनले बताए । ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरमा तोकिएभन्दा बढी ग्यास भर्ने गरेको पाइएको…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ…

Read More

धनगढीः धनगढीमा गौरा पर्वको अवसरमा सुदूरपश्चिम गौरा महोत्सव हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र डेउडा प्रतिष्ठान केन्द्रीय समितिले यस वर्ष पनि सुदूरपश्चिम गौरा महोत्सव आयोजना गर्ने भएका हुन् । डेउडा प्रतिष्ठान केन्द्रीय समितिको बैठकले यस वर्ष अझै बृहत रुपले महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले चार दिनसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरेको छ । डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वरिष्ठ डेउडा गायक दलबहादुर बोगटीले महोत्सवमा विविध साँस्कृतिक कार्यक्रमसँगै बृहत डेउडा प्रतियोगिता आयोजना गरिने बताए ।

Read More

बाजुरा: लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षाले हिमाली–३ युना र बौडीका पाँच घर भत्केको बताए । वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएका छन् । युनाका १३ परिवार बाढी…

Read More