Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली काँग्रेस सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् सांसद डा. आरजू राणा देउवा जापानबाट फर्केकी छन् । राजधानी टोकियोमा भएको हिपको हड्डीको उपचारको फलोअपमा गएर आज फर्केकी हुन् । उनी कोरियन एअरलाइन्सको उडान नम्बर केई ६९५ मा सिओलबाट साँझ साढे ५ बजे काठमाडौं आएको बुझिएको छ । गत ११ गते उपचारको लागि गएकी उनी १० दिनपछि फर्केकी हुन् । यसअघि गत महिना श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि नेपाल फर्केकी राणा लगत्तै जापान गएकी थिइन् । एक वर्षअघि पनि उनी फलोअपको लागि जापान गएकी थिइन् । आमा टोकियोमा…

Read More

काठमाडौं: मोबाइल चार्ज गर्ने पावर बैंकभित्र लुकाएर भारत लैजान लागिएको लागूऔषधसहित संलग्न व्यक्ति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको जहाजमा काठमाडौँबाट कतारको दोहा ट्रान्जिट भई दिल्ली उड्न लागेका भारतीय नागरिक लागूपदार्थसहित एअरपोर्टबाट समातिएका हुन् । समातिनेमा नेपाल एयरको उडान नम्बर आरए २१७ मा आज दिउँसो १३स्२५ बजे दोहा हुँदै दिल्ली जान लागेका भारतीय पासपोर्ट होल्डर सुरजित कुमार छन् । प्रहरीका अनुसार उनीमाथि शंका लागेर चेकजाँच गर्दा पावर बैंकभित्र लुकाएको अवस्थामा लागुपदार्थ भेटिएको हो । विमानस्थलको ह्याण्ड ब्याग चेकिङ्ग एरियामा पक्राउ परेका सुरजितमाथि थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउद धनगढी फर्किएका छन् । श्री एयरलाइन्सको उडानमा साँझ सवा ५ बजे मन्त्री साउद काठमाडौँबाट धनगढी फर्केका हुन् । यता, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पूर्वबाट फिर्ता भएका छन् । बुद्ध एयरको उडानमा मन्त्री लिम्बू साँझ सवा ६ बजे विराटनगरबाट काठमाडौं आइपुगेका हुन् ।

Read More

काठमाडौँ : विशेष अदालतले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले बुधबार यस्तो फैसला गरेको हो । तीन वर्षअघि अवैध रूपले काठ लैजान लाग्दा इन्स्पेक्टर बोहरालाई स्थानीयले काठसहित पक्राउ गरेका थिए । रातिको समयमा ट्याक्टरमा काठ लोड गर्दै गर्दा देखेपछि स्थानीयले इन्स्पेक्टर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित नियन्त्रणमा लिएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । दुवै…

Read More

काठमाडौं : गायिका समीक्षा अधिकारीले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको बताउँदै उनी अन्तर्वार्तामै धरधरी रोएकी थिइन् । समीक्षा रोएको उक्त क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । नायक शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् । उनले भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’ धरौटीको दस लाख आफूले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा असन्तुष्ट रहेका सत्तारुढ तीन दलका संसदीय दलका नेतासहितका १० जना प्रदेशसभा सदस्यले प्रधानमन्त्रीलाई भेटेका छन् । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिबाट गण्डकी प्रदेशको भ्रमणमा गएका सभामुख भीमबहादुर भण्डारी समेतका प्रमुख विपक्षी एमालेका प्रदेशसभा सदस्यसहितले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । ‘हामीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट यथास्थितीमा हुुबहु पारित गर्न सकिदैन् । संशोधन गरिनुपर्छ भनेर कुरा राखेका छौँ,’ भेटमा सहभागी एकजना प्रदेशसभा सदस्यले भने, ‘प्रधानमनत्रीले माग सम्बोधन गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ ती प्रदेशसभा सदस्यका भनाईमा भेटमा सहभागी भएका सभामुख भीमबहादुर भण्डारीले समेत बजेट…

Read More

काठमाडौँ : नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) विनोद बिष्टविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीमा लेखापाल रहेका बिष्टमाथि भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको थियो। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१०(घ) मा उल्लिखित कसुर भएकोले निज उपर दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिई बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताएका छन्। दाहालले प्रितम सिंहको किताब सार्वजनिक गर्दै ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहजी धेरैपटक दिल्ली जानुभयो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। संसदबाट बाहिरिने क्रममा ओलीले दाहालको जवाफले नहुने उल्लेख गर्दै राजीनाम नै चाहिने बताएका हुन्। उनले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक दिनुभएको छ। अब उनको जवाफ होइन, राजीनाम चाहियो।’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी तीन दलले बुधबार संसद अवरोध गरेका छन्। एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै गरेको अवरोधका आधा घण्टाका लागि स्थगित भएको…

Read More

काठमाडौँ : उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रूपमा काम गर्ने बाटो खोलिदिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले अध्यक्षको रूपमा काम गर्ने बाटो खोलिदिएको हो । हर्क साम्पाङले खानेपानी बोर्डको स्वघोषित अध्यक्ष भएर आफूखुसी काम गरेको र बैठक पनि नबोलाएको भन्दै उनी विरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । बुधबार न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई अध्यक्षकै रूपमा काम गर्ने बाटो खोलिदिएको उच्च अदालत विराटनगरले जनाएको छ ।

Read More

काठमाडौँ : प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवारको बैठकमा बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाडौँ उपत्यकाभित्रका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । समितिले काठमाडौँ उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बाग्मती सभ्यता करका नाममा उठाइएको शून्य दशमलव पाँच प्रतिशत रकम अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले पशुपति क्षेत्रसम्मको बाग्मती सफा गर्ने जिम्मेवारी अधिकार…

Read More