Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेको जनाएको छ। शनिवार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेल्धुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.८० मिटर नजिक पुगेको जनाएको छ। जलसतह बढ्दो क्रममा रहेकाले डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Read More

चितवन: कालीखोलामा फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान ७ बजे फेरि पहिरो खसेको हो। पहिरोले आवगमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु अलपत्र परेका छन्। गएराति पहिरोका कारण रोकिएका सवारी साधान गन्तव्यतिर जान नपाउँदै फेरि पहिरो खसेको हो। गएराति कालीखोलामै पहिरो खसेको थियो। जसले गर्दा रातभर आवतजावत बन्द भएको थियो। पहिरो पन्छाएर यातायात सुचारु भएसँगै फेरि पहिरो गएको हो। पहिरो पन्छाउने काम भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए।

Read More

कैलाली: सुदूरपश्चिममा मनाइने गौरापर्वको तिथीमितिका बिषयमा विभिन्न बहस भइरहेका बेला ‘गुगल्डि बाङमय प्रतिष्ठान’विगतको परम्परा अनुसार गौरा मनाउने निर्णय गरेको छ।  गौरापर्व भाद्र कृष्ण अथवा शुक्ल पक्षमा पर्ने निष्कर्ष निकाल्दै प्रतिष्ठानले भदौ २१ गते नै गौरा मनाउने निर्णय गरेको हो। सुदूरपश्चिम तथा भारतको कुमाउमा समेत मनाइँदै आएको प्राचीन गौरा पर्वका बिषयमा अन्यौल सिर्जना भएको बेला प्रतिष्ठानको यो निर्णय आएको हो। नेपाल पञ्चांग निर्णायक समितिले भदौ ७ गते नै गौरा हुने उल्लेख गरेकाले यो तिथीमितिप्रति यहाँका ज्योतिषहरुले असन्तुष्टी जनाइरहेका छन्। गौराका विषयमा थप चर्चा र अन्तिम निष्कर्ष दिन ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले  कञ्चनपुरको महेन्द्रनगरमा सांस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरी विगतको परम्परा अनुसार…

Read More

बाजुरा:  बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा बाजुरामा १३ परिवार बिस्थापित भएका छन्। शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो। पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ। उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए ।…

Read More

कैलाली: कैलालीको लम्की चुहा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गरेको छ। नगरपालिकाले अवैध रुपमा बनाइएका घरटहरा भत्काउँदै सार्वजनिक जग्गा संरक्षण र नाला सफाई अभियान सुरु गरेको हो। अवैध संरचना हटाउन पटक पटक सार्वजनिक सूचना समेत जारी गर्दा समेत अवैध संरचना नहटाइएपछि अहिले नगरपालिका आफैंले डोजर चलाउनु परेको हो। कैलालीको लम्की चुहा नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रण गरी बनाइएका संरचनाहरुमा डोजर चलाउन सुरु गरेको छ। शुक्रबारबाट सुरु यो अभियानको पहिलो दिन वडा नम्बर १ स्थित लम्की चौराहमा रहेका २ वटा नालामा बनेका घर टहरा हटाउने कार्य जारी राखिएको छ। शुक्रबारबाट शुरु यो अभियानको पहिलो दिन वडा नम्बर १ स्थित लम्की चौराहमा रहेका…

Read More

काठमाडौं: ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा मिटरब्याजी ललितपुर ठेचोका सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ। पाँच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा उनले ती महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। पीडित महिलाले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन्। सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याजमात्रै ५० हजार रुपैयाँ तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजार रुपैयाँका दरले दुई पटक ब्याज तिरेकी थिइन्। ऋणको साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानलाई दिएकी थिइन्। तर सुर्जमानले भने साँवाको सट्टा…

Read More

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले फोहोर संकलन नगरेको भन्दै विरोध भएको छ। बसपार्क नजिकै रहेको सार्वजनिक पुस्तकालय प्रांगणमा रहेको फोहोर नउठाइएको भन्दै विरोध भएको हो। यस विषयमा भुवन भण्डारी सामाजिक संजालमा लेख्छन्, ‘डडेल्धुरा सार्वजनिक पुस्तकालय अगाडि विगत लामो समयदेखि फोहरै फोहरले भरिभराउ देखिन्छ तर सम्बन्धित निकायको किन फोहरप्रति ध्यान जादैन ?’ सोही स्थानमा पसल सञ्चालन गरिरहेका महेश कठायतले पनि नगरपालिकाका कुचिकारले उक्त स्थानबाट फोहोर नउठाइने गरेको बताए। ‘यहाँ फोहोरको थुप्रो लागेको छ। तर नगरपालिकालो ध्यान यहाँ छैन’ उनले भने, ‘यो फोहोरले नगरपालिकालाई गिज्याइरहेको छ।’ उनले उक्त स्थानजस्तै धेरै ठाउँबाट नगरपालिकाले फोहोर संकलन नगर्ने गरेको गुनासो गरे। यस्तै जिल्ला सदरमुकामा हुने अव्यवस्थित…

Read More

काठमाडौं: परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो। मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न र यसतर्फ सचेत रहन सबैमा अनुरोधसमेत…

Read More

बैतडीको पाटनस्थित विमानस्थलमा रहेको टर्मिनल भवन प्रयोगविहीन अवस्थामा। गएको डेढ वर्षदेखि यहाँबाट उडान नहुँदा करोडौं खर्चेर बनेको टर्मिनल भवन प्रयोगविहीन भएको हो।  तस्बिर : विनोद सिंह विष्ट/रासस 

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Read More