Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरका किसानले खेतमा रोपेको धानबालीमा गबारो किराले समस्या उब्जाएको छ । धानबालीमा गबारो किराले गुवो खाएर नोक्सान गर्न थालेको हो । गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ । आधा बिघा जग्गामा रोपेका बीउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका–१ का किसान गोपी साउदले बताए। “धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ”, उनले भने, “धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।” कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको उल्लेख गर्दै किसान साउनदले नगरप्रमुख र कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेर गएको…

Read More

धनगढीः कैलालीको गौरीगंगामा नगरपालिका–६ वनबेहडाकी १८ वर्षीया अञ्जली चौधरी मृत पाइएकी छिन् ।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी आफ्नै घरको कोठाभित्र मृत पाइएकी हुन् । मृत्युको कारण भने नखुलेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः भारतको गुजरातस्थित सुरतमा एक नेपाली नागरिकको बेवारिसे लास भेटिएको छ। सुरतको स्मिमेर मेडिकल कलेजमा अन्दाजी ४५ वर्षीय नेपाली नागरिकको बेवारिसे शव रहेको पाइएको हो। प्रवासी नेपाली संघ गुजरात राज्य समितिका अध्यक्ष अजेय तिमिल्सेनाका अनुसार पहिचान खुल्न नसकेर सो शव बेवारिसे बनेको हो। उनले कसैले पहिचान गर्न सके सम्पर्कमा आउन आग्रह गरेका छन्। जसका लागि ९८७५२७२७१४ मा सम्पर्क गर्न भनिएको छ ।

Read More

चितवन: पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो । साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिका४ बिसुनाका २२ वर्षीय डम्बरसिंह धामीको भारतमा मृत्यु भएको छ । बेंगलुर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर उनको मृत्यु भएको सिगास४ का वडा अध्यक्ष हरिश बोहराले बताए । उनका अनुसार डम्बर १२ दिन पहिले मात्रै आफ्नै काकासँग पैसा कमाउन बेंगलुर गएका थिए । होटेलमा काम गरेर काकाको क्वाटरमा जाँदै गरेका उनलाई बिहीवार बिहान गाडिले ठक्कर दिएको थियो । धामीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उनका आफन्त तिलकसिंह धामीले बताए । डम्बर घरको एक्लो छोरा हुन् । उनको घरमा श्रीमती र एक छोरी छन् ।

Read More

कैलाली: ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ । “तीन वर्षदेखि लम्पी…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीसहित मन्त्रालयको टोलीले कैलालीको गोदावरी नगरपालिका–१२, स्थित रातोपानी सामुदायिक वनमा भएको वन फडानीको अनुगमन गरेको छ। वन क्षेत्रमा व्यापकरुपमा रुख कटान गरी काठ तस्करी भएको विषयमा महेन्द्रनगरपोष्टले पहिलोपटक समाचार प्रकाशन गरेको थियो। त्यसपछि मन्त्रालयका सचिव बेदकुमार ढकाललाई लिएर मन्त्री धामी अनुगमनमा गएका हुन्। मन्त्रीसहितको टोलीले वनत्रभित्र रुख कटान गरिएको क्षेत्रको निरीक्षण गरेको जनाएको छ। यस्तै सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको पाइएको छ। वनका पदाधिकारीको संलग्नतामा नै वन फडानी भएको उपभोक्ताको आरोप छ। रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य यसअघि…

Read More

काठमाडौ: नेपाली नर्सले रोजगारीका लागि बेलायत जान आजदेखि अनलाइनमार्फत आवेदन दिन सक्ने भएको छ। वैदेशिक रोजगार विभागले बिहीबार लन्च गरेको सफ्टवेयरमार्फत आजदेखि अनलाइन मार्फत आवेदन दिन सक्ने भएका हुन्।  वैदेशिक रोजगार विभागका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ।  अनलाइन मार्फत आवेदन आह्वान गर्दै विभागले सबै मनिटरिङ गर्नेछ । त्यसका लागि शुक्रबारदेखि अक्टोबर १९ तारिखसम्ममा आवेदन दिनुपर्नेछ। इच्छुक नर्सहरूले तीन महिनाभित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउने वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताए।   नेपाल सरकार र बेलायत सरकारबिच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो।

Read More

सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको लफडामा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ। ब्वाइफ्रेन्डको पोल खोलिदिएको र बेइज्जत गरिदिएको आरोपमा तीन युवतिहरुमाथि निर्धात कुटपिटमा संलग्न पाँचजना युवतिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ परेको जनाइएको छ। उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ। उनीहरुले गत शुक्रबार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित सप्तकोशी नदी किनारमा अर्को समूहमा…

Read More

दाङ: तुलसीपुरको नयाँ बसपार्कमा बसभित्रौ एक वृद्धाको सामूहिक बलात्कार भएको छ। गएराति पार्किङ गरिएको ना४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए । बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ।

Read More