Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षा बिष्णुप्रसाद सुवेदीलाइ भ्रष्टचारको मुद्दा चलाउन सिफारिस गरेको छ। तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाइ नियुक्त गरेको भन्दै भ्रष्टचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो। विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता  केन्द्रले कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ। सुवेदी कार्यकारी निर्देशक बनेर आए पछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए। यसरी नियुक्त गर्दा बिद्यि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ।  उसका अनुसार सो कार्य छानबिनको क्रममा गोरखापत्र…

Read More

कैलाली: पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की–टीकापुर सडकखण्ड समयमै निर्माण हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । सम्झौता सकिँदा पनि सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम अधुरै छाडेको छ । सडक हिलाम्य भएको छ । यात्रुलाई हिँड्दा हैरानी भएको छ । “दैनिक हिँड्नुपर्छ । खाल्डाखुल्डी, धुलो र हिलोले सास्ती भएको छ”, स्थानीय नरेन्द्र चौधरी भन्छन्, “सडक बन्ला र आवागमनमा सहज होला भन्दाभन्दै वर्षौँ बित्यो, तर सडक बनेन ।” हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो । तर एक वर्षमै भत्कियो । सडक कालोपत्र हुँदा लम्कीबाट टीकापुर पुग्न आधी घण्टा लाग्थ्यो । तर अहिले टीकापुर पुग्न एक घन्टाभन्दा…

Read More

कञ्चनपुर: कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको आज ५ वर्ष पूरा भएको छ। भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ५ वर्ष बितिसक्दा पनि घटनामा सङ्लग्न पक्षहरु गिरफ्तार हुन सकेका छैनन्। ०७५ साउन १० गते साथीको घर जाने भनेर घरबाट हिँडेकी पन्त साउन ११ गते अज्ञात पक्षले हत्या गरी फालिएको अवस्थामा भीमदत्त नगरपालिका–१८ निम्बुखेडा सडक नजिकै रहेको खोलापारी उखुबारीमा भेटिएकी थिइन्। घटनामा संलग्न पक्षलाई प्रहरीले गिरफ्तार नगरेको भन्दै पीडित परिवार तथा स्थानीयहरुले गरेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा दर्जनौ आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले चलाएको गोलीबाट भिमदत्त नगरपालिका–१८ का १७ वर्षीय सन्नी खुनाको मृत्यु समेत…

Read More

सर्लाही: सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षकको मृत्यु भएको छ। सदरमुकाम मंगल‌गवास्थित कार्यालयबाट घरतर्फ फर्किंदै गर्दा वाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो। ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोलनजिकै रहेको पुलमुनि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: सरकारले बाँदरबाट भएको क्षतिमा पनि किसानलाई राहत दिने भएको छ। यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो। वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा  बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने उल्लेख छ। सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्याे। नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ। नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग गरेको हो।  नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण उक्त क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए। “बस्तीबाट ४०र५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ”, नगरप्रमुख लिम्बूले भने, “अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।” उनले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताए । अहिले उक्त…

Read More

धनगढीः कैलालीको धनगढीमा अनुमति विना क्लिनिक सञ्चालनमा रहेका पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुई वटा क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए। दुवैजना विरुद्द मुलुकी अपराध संहिता २०७४…

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियाको रिङ्गरोडबाट वेश्यावृतिमा संलग्न भएको आशंकामा ३ महिला पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पूजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो। मंगलबार साँझ सादा पोसाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिका बिपना थापाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। सादा पोसाकमा बुझ्न भएका प्रहरीलाई ३५ वर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै रेट बताएकी थिइन्। उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनेर २ महिलालाई होटलमा देखाएकी थिइन्। ती…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई…

Read More