Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ। राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी राखिएको छ। राउत असार २४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर उड्नै लाग्दा पक्राउ परेका थिए। सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनलाई भारतीय सञ्चार माध्यमले प्राथमिकता साथ छापेका छन् । आज बिहान ६९ वर्षको उमेरमा सीताको निधन भएको विषयलाई अधिकांश भारतीय अनलाइनले प्राथमिकताका साथ छापेका हुन् । द हिन्दुको अनलाइन संस्करणले, नेपाल प्राइम मिनिस्टर प्रचण्ड वाईफ सीता पास अवे शीर्षकमा समाचार छापेको छ । त्यस्तै इन्डिया टिभी, जी विजनेश, इन्डिया टुडे, न्युज एटिन, आउटलुक, जागरण, हिन्दुस्तान टाइम्स, द टेलिग्राफ इन्डिया, एएनआईलगायतका सञ्चारमाध्यमको अनलाइन संस्करणमा प्रचण्ड पत्नी सीताको फोटोसहितको समाचार छापेका छन् । अधिकासंले सिताको पार्किन्सन जस्तो देखिने दुर्लभ मष्तिक रोगबाट निधन भएको उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले वितेको १० वर्षमा…

Read More

काठमाडौँ : प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सह लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौँको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुन सक्रिय भएका कारण विपद् प्रतिकार्यका लागि अलर्ट भएर बस्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वर्षातका कारण आउनसक्ने बाढि, पहिरो, डुबान तथा कटान जस्ता विपद्को प्रतिकार्यका लागि चनाखो भएर बस्न निर्देशन दिएका हुन्। शाहले विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्व तयारी गर्दै भइपरी आउने उद्दार तथा राहतका कामका लागि समेत अलट भएर बस्न भनेका छन्। बैठकमा प्रदेशका मुख्य सचिव, सचिव, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रदेशस्थित प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिको क्रममा प्रहरीले लाठीचार्ज गरेको छ । पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टिको क्रममा धेरै भिड भएपछि ठेलमठेल भएको हो । भीड नियन्त्रण गर्न प्रहरीले लाठिचार्ज गरेको थियो ।

Read More

बैतडी: बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । शिवनाथ–५ का गोरख सिंह साउद, सोही स्थानका…

Read More

धनगढीः नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको घरमा बसिरहेका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको सरकारी आवास मर्मतका लागि बजेट बिनियोजन गरेको पाइएको छ। भौतिक पूर्वाधार मन्त्रीको निवास मर्मतका लागि बजेट विनियोजन गरिएको हो। तर त्यहाँ मन्त्री भने बस्दैनन्। मन्त्री देउवा निवास नलिएर आरजुको घरमा बसिरहेको बताइएको छ। उनी नबस्ने सोही निवास मर्मतका लागि भन्दै सरकारले १० लाख रुपैयाँ बिनियोजन गरेको भेटिएको हो। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा १० लाख मर्मतका लागि छुट्टयाईएको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुको घरमा अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाको निजी निवास रहेको छ। प्रकाश आरजुका भतिजा पनि हुन्। यसअघि…

Read More

कैलाली: कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालक पक्राउ परेका छन् । यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै प्रहरीले चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटेल सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेल सञ्चालक भीम शाहीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, ती होटेलहरुमा यौन व्यवसायमा रहेको भन्दै पाँच जना महिलालाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Read More

कैलाली: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा सुदूरपश्चिम प्रदेश सभा बैठकमा शोक बिदा दिइएको छ । बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज शोक बिदा दिने सहमति भएको हो । हिजोबाट प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको थियो । हिजो सभामुख भीम भण्डारीले आज दिउँसो ३ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । आज ३ बजेको बैठक शोक बिदाका कारण स्थगित गरिएको र भोलि बिहान ८ः३० बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

Read More

धनगढीः सरदार प्रितम सिंहले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी स्वर्गीय सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्। पछिल्लो समय नेपाली राजनीतिमा एकाएक चर्चामा आएका उनले माओवादी मुख्यालय पेरिसडाँडा पुगेर सीताको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरे। भारतबाट नेपाल आई तीनपुस्ता यतै बिताएका सरदार प्रितम र प्रधानमन्त्री प्रचण्डबीच घनिष्ट पारिवारिक सम्बन्ध रहेको बताइन्छ। सोही कारण उनी माओवादी केन्द्रले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी भएका हुन्। प्रधानमन्त्री प्रचण्डले हालै आफूलाई प्रधानमन्त्री बनाउन प्रितम पटक–पटक दिल्ली गएको बताएपछि चर्को विवाद भएको थियो।

Read More