Author: महेन्द्रनगर पोष्ट

बाजुरा: बाजुराका एक बिरामीले उपचार नै नपाएर ज्यान गुमानु परेको छ। उपचारका लागि जिल्ला बाहिर जाने साधन नहुँदा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका कारण भर्ना भएका उनको मृत्यु भएको हो। मुगु खत्याड गाउँपालिकाका–११ का ६० वर्षीय बीर्खबहादुर कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। मंगलबार स्वास्थ्य केन्द्रले कार्कीलाई नेपालगञ्जमा लैजान रिफर गरेको थियो। तर, ठाउँ–ठाउँमा पहिरोका कारण बाटो बन्द भएकाले आफन्तले जहाज कुर्दाकुर्दै मंगलबार राति १२ः३० बजे उनको ज्यान गएको छ । कार्कीलाई ६ दिन पहिले खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई मंगलबार नै कोल्टी प्राथमिक…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति भने कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

कैलाली: धनगढीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते भएका छन् । धनगढी उप-महानगरपालीका १३ भाटभटेनी नजिक चौमलाबाट धनगढी तर्फ आउदै गरेको गौरीगंगा नगरपालिकाको सु.प.प्र.०१००१ च ३६१८ नं.को एम्बुलेन्सले ठक्कर दिँदा कालीकोट रासकोट न.पा.५ बस्ने बर्ष २८ को नकुल शाही घाईते भएका हुन् । एम्बुलेन्सको ठक्करबाट शाहीको दुबै घुडा र निधारमा चोट लागेको छ । हाल उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भई रहेको छ । एम्बुलेन्स र चालक गोदावरी न।पा।८ बस्ने बर्ष ४५ को जित राम चौधरी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट पार्टीका विभाग र जनवर्गीय सङ्गठनको संख्या घटाउने गरी छलफल अघि बढाएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकमा नेताहरूले पार्टीलाई विधि र विधानसम्मत बनाएर चलाउनुपर्ने, नेताहरूको कार्यविभाजन टुङ्गो लगाउनुपर्ने, विभागहरू घटाएर कामकाजी बनाउनुपर्ने तथा जनवर्गीय सङ्गठनको संख्या पनि घटाएर चुस्त प्रकारका सङ्गठन बनाउनु पर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । आगामी १७ असारका लागि तोकिएको पार्टी केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न बसेको उपलब्ध पदाधिकारीहरूको बैठकले बुधबार कुनै एजेन्डा तय नगरे पनि प्रारम्भिक छलफल गरेको ती नेताले बताए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल…

Read More

काठमाडौँ : भ्रष्टाचारको आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टी निलम्बन गर्न माग गर्दै महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्। केन्द्रीय कार्यसमिति बैठकमै लिखित रूपमा फरक मत राखेका थापाले निर्णयमा पनि फरक मत दर्ता गराएका हुन्। यद्यपि काँग्रेस बैठकले भने खाँणको बारेमा कुनै निर्णय गरेको छैन। बैठकपछि भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने आरोप लगाउँदैमा कोही दोषी नहुने भन्दै खाँणको बचाउ गरेका छन्।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ०.३७ ग्राम लागुऔषधसहित सोहि पालकिाको–१८ नम्बरका ३५ वर्षीय लक्ष्मण भट्टलाई बुधवार दिउसो प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कन्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

Read More

काठमाडौं : राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।  भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ।

Read More

स्याङ्जा : कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्। चापाकोट नगरपालिका-७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ। बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परे पनि अवस्था अज्ञात छ।

Read More

काठमाडौँ : व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको प्रहरी स्रोतले बताएको छ । उनले पछिल्लो वर्षहरूमा हङकङ, युएई र भारतमा शङ्कास्पद भ्रमण गरेको समेत पाइएको स्रोतको भनाई छ ।

Read More

काठमाडौं : परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कैलारी गाउँपालिकामा रुख चुनावबाट चुनाव लडेका राजसमझ चौधरीको कारबाही फुकुवा गर्न माग गरेका छन्। बुधबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य साउदले कैलारी गाउँपालिकामा गठबन्धन हुँदा माओवादीले टिकट पाए पनि रुखबाट चुनाव लडेको र कारबाही भनिएकोमा उनको कारबाही फुकुवा गर्न माग गरेका हुन्। उनले भने, ‘गत चुनावमा स्वतन्त्र चुनाव लडेका र पार्टीबाट चुनाव लडेकालाई पार्टीमा समाहित गर्ने निर्णयको स्वागत गर्दछु। कैलारी गाउँपालिकाको रुखबाट चुनाव लडेको राजसमझ चौधरीको कारबाही फुकुवाको निर्णय गर्न आग्रह गर्दछु।’ कांग्रेसले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका व्यक्तिहरु जंगलीलाल राय, मनोजकुमार शाह, प्रलाद कुमार क्षेत्री, तारादेवी…

Read More