Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

कैलाली: कैलालीका कृष्णप्रसाद खनाल कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय खनाल सोही वडाको बडिगाउँस्थित कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनी हिजो (मंगलवार) साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक युवक लागुऔषधसहित समातिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ का २८ वर्षीय हेमराज भट्टलाई मंगलवार प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । उनलाई भीमदत्त–१० गड्डाचौकी ब्यारेल नजिकबाट लागुऔषध फेनरागन ९ एम्पुल, रेक्सोजेसिक ११ एम्पुल, डाइजेपाम १ एम्पुल र ०.०६ ग्राम खैरोहिरोइनसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपालले केही डिएसपी र इन्स्पेक्टरको सरुवा गरेको छ। कमाण्ड टु कमाण्डमा नदोहोर्याउने नीति विपरित सशस्त्रले उक्त सरुवा गरेको हो। जसअनुसार डिएसपी दिनेश बस्नेतलाई सिन्धुलीबाट सीमा सुरक्षा गुल्म पिपरपाती, बारामा सरुवा गरिएको स्रोतको दाबी छ। उता रोल्पाका भरत बिसीलाई सीमा सुरक्षा गुल्म त्रिनगर, कैलालीको कमाण्डर बनाइएको छ। यस्तै अर्का डिएसपी विकासभक्त श्रेष्ठलाई सशस्त्र प्रहरी स्कूल कोहलपुर, बाँकेबाट सीमा नाका जमुनाहा गुल्म बाँकेमा इन्चार्ज बनाइएको छ। त्यस्तै, डिएसपी नरबहादुर शाहीलाई दैलेखबाट बर्दियाको राजापुरस्थित बिओपी गुल्ममा सरुवा गरिएको छ। अर्का डिएसपी दिपक भट्टलाई कञ्चनपुर बिओपी गुल्मबाट जोल्जिवी दार्चुला र इन्सपेक्टर कविन्द्र महर्जनलाई बिओपी गुल्म मटिअर्वा सरुवा गरिएको छ।

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट भारतीय नागरिक ५१ वर्षीय हरिओम सिंह राजपुत मंगलवार पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा लुकाई राखेको ६ ग्राम ६० मिलिग्राम लागुऔषध फेलापारी पक्राउ गरेको हो ।

Read More

कैलाली: कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणको गति सुस्त देखिएको छ । कैलालीमा ७३ र कञ्चनपुरको दक्षिण क्षेत्रमा ६२ किलोमिटर गरी एक सय ३५ किलोमिटर हुलाकी सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि अझै ८३ दशमलव पाँच किलोमिटर हुलाकी सडक कालोपत्रे गर्न बाँकी छ । हालसम्म यहाँ ५१ दशमलव पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरमा २०७३ फागुनदेखि निर्माण थालिएको सडक अझै ५० प्रतिशतभन्दा बढी उस्तै छ भने कैलालीमा ७३ किलोमिटरमध्ये १३ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा २०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको…

Read More

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित भए पनि ‘सिंगल’ हुन् । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पछिल्लो नौ वर्षमा विभिन्न विवादमा तानिए पनि उनी हालसम्म महिलाको विषय र मादक पदार्थ सेवनमा कहीं कतै जोडिएका छैनन् । तर,उनै मोदीसँग प्रायः विदेशको उच्चस्तरीय भ्रमणमा साथमा रहने एउटी अधबैंशे महिलाबारे अहिले चर्चा परिचर्चा शुरु भएको छ । हवाई उडानमा सँगै,अन्य राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँगको विशेष भेटवार्तामा पनि टाँसिएरै कानेखुशी गर्ने गरेकी ती महिला डा. गुरदीप कौर चावला हुन् । भारतीय अधिकारीहरुका अनुसार त्यस्ता विशेष औपचारिक बैठक र कुराकानीमा ती महिला प्रधानमन्त्री मोदीभन्दा पछाडिको सिटमा केही झुकेर बसेकी हुन्छिन् । अमेरिकाको क्यालिफोर्नियामा बस्ने गुरदीपलाई अहिले विश्वका थोरै…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर होटल होलि डे इनमा लगेर बन्दी बनाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । सोमवार खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी होटल होलि डे इनमा लगि कुटपिट गरेको भन्दै मण्डेलले प्रहरीमा उजुरी दिएका हुन् । पत्रकारलाई अपहरण गरी कुटपिट गरेको उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए । पत्रकार कुटेको घटना सार्वजनिक…

Read More

कैलाली: कैलालीको टीकापुर नगरपालिका–४, थानापुरका वीरबहादुर चौधरी (३३) सानो किराना पसल चलाउँथे। पसल श्रीमतीले सम्हाल्थिन्। उनी चाहिं टीकापुर बजारका ठूला किराना पसलबाट खुद्रा सामान साइकलमा लिएर गाउँका पसलहरूमा पुर्‍याउने काम गर्थे। टीकापुर घटनाको दिन अर्थात् २०७२ भदौ ७ गते पनि उनी साइकलमा सामान बेच्न निस्किएका थिए। संविधानमा आफ्नो मुद्दा समेट्न माग गर्दै थारू समुदायले टीकापुर लगायत क्षेत्रमा आन्दोलन गरिरहेको थियो। वीरबहादुरका अनुसार उनी आन्दोलनमा सहभागी थिएनन्। घटनाको दिन सामान पुर्‍याएर आन्दोलन शुरू हुनु अगावै उनी घर फर्किसकेका थिए। त्यही दिन आन्दोलनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गयो। घटनापछि आफ्नो नियमित दिनचर्यामै थिए उनी। घरमै थिए। भदौ १२…

Read More

काठमाडौं: सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचरको पहिचान बनाएको)का अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। मंगलबार राति ईश्वरपुर नगरपालिका-९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो। ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए।

Read More