Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको खुटिया नदीमा सडेको अवस्थामा वेवारिसे शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–१२ भएर बग्ने खुटिया नदीको किनारमा बिहीबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदिप चन्दले पहिचान नखुलेको ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको जानकारी दिए। उनकाअनुसार नदी किनारमा शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन्। संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरु राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ।

Read More

धनगढीः दुई दर्जन बढी सैनिक अधिकृतको पदावधि थपिएको छ। जङ्गी अड्डाको सिफारिसमा पदावधि थपिएको हो। ‘सैनिक ऐन, २०६३’ दफा १७ ,उपदफा (१) को अधिनमा रही उमेर हद ननाघ्ने गरी उपदफा (३) को व्यवस्थाअनुसार पहिलो पाँच वर्षे पदावधि समाप्त हुने मितिबाट तीन वर्षका लागि सेवा कायम हुनेगरी २९ जनाको दोस्रो पदावधि थप गरिएको हो। पदावधि थप हुनेमा शोध तथा विकास निर्देशनालयका प्राविधिक प्रमुख सेनानी सञ्जयसिंह खडायत छन्। उनको पहिलो पाँच वर्षे पदावधि साउन १७ गते सकिँदै थियो। अब तीन वर्ष पदावधि थपिएका उनी २०८३ साउन १७ गतेसम्म सेवामै रहने छन्। अन्य म्याद थपिएकाको आगामी साउन २४ गते पदावधि सकिँदै थियो। सैनिक…

Read More

धनगढी: बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप, पालिका गान र नारा बनाउने भएको छ। गाउँपालिकाको विशिष्ट पहिचान मौलिक पहिचान झल्किने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न लागेको हो। स्रोतका अनुसार योग्य कलाकारहरुले आ-आफ्नो रचना र निशान छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन अनुरोध गरिएको छ। उत्कृष्ट रचनाकार तथा कलाकारलाई गाउँपालिकाको पुरस्कारको व्यवस्था समेत गरेको छ।

Read More

धनगढी: एक क्विन्टल सुन तस्करी प्रकरणमा शंकास्पद ठानिएका एक चिनियाँ नागरिक पक्राउ परेका छन्। चछ्याङ लिन नामका चिनियाँ नागरिकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको हो।  विमानस्थलको प्रस्थान कक्षबाट बाहिरने क्रममा उनलाई अध्यागमन कार्यालय गौचरले पक्राउ गरेको जनाइएको छ। यसबारे थप अनुसन्धान गर्न अध्यागमन कार्यालयले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।  विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजाने क्रममा करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले हिजो सिनामंगलबाट बरामद गरेको थियो।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् । यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

Read More

धनगढी: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरबाट बरामद भएको सुनमा आफ्नो संलग्नता नरहेको व्यवसायी दीपक मल्होत्राले दाबी गरेका छन्। ठूलो परिणाममा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको छ।  यही विषयमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्होत्राले सो सुन तस्करीमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्। यस्तै मल्होत्राले सुन तस्करीमा संलग्न गिरोहको अनुसन्धान डाइभर्ट गर्न आफ्नो नाम मुछिएको दाबी गरे। राजश्व अनुसन्धान विभागले बरामद गरेको ८० किलो बढी सुन तस्करीमा नाम मुछिएपछि उनले पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन्। उनले यस्तो धन्दामा कहिल्यै संलग्न नभएको भन्दै यसबारे अहिलेसम्म कुनै सरकारी निकायबाट सोधपुछ नभएको बताए। ‘जसको सामान हो ती गिरोहलाई जोगाउन, अनुसन्धान डाइभर्ट गर्न झुटो कुरा…

Read More

धनगढी: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन गरिएको छ। भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो। हिजो राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो। बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ। उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् भने भन्सार जाँचपासमा संलग्न दुई कर्मचारीलाई सरकारले निलम्बन गरेको छ।

Read More

धनगढी: बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख दीप बस्नेत भारतमा लुकेको जनाइएको छ।सिआइबी स्रोतले उनी अहिले पनि भारतको नयाँ दिल्लीमा लुकेर बसेको जनाएको हो। हिजो उनी पक्राउ परेको हल्ला फैलिएपनी उनी अहिलेसम्म नसमातिएको तर खोजी जारी रहेको सिआइबी स्रोतको दाबी छ। सिआइबीका इन्सपेक्टर राजेश थापाले बस्नेत पक्राउ परेको कुरा झुटो भएको महेन्द्रनगरपोष्टलाई बताए। उक्त प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका थिए। त्यसबेला बस्नेत उपचारको लागि त्यता गएको बताइएको थियो। ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

Read More

डडेल्धुरा: सुदूरपश्चिममा प्रदेश सरकारले सांसदहरुले लगाउने प्रदेशको लोगो यसअघि नै बनाउन लगाएको थियो। पूर्व मुख्यमन्त्री त्रीलोचन भट्ट नेतृत्वको सरकार हुँदाबखत २०७४ चैत २६ गते प्रदेशसभाको बैठकले प्रदेशको लोगो निर्धारण गरेको थियो। त्यो बेला डोटीको शिखर नगरपालिका-९ का टेकबहादुर किमाडीले दिएको नमुना लोगोलाई लोगो निर्धारण समितिले संसदमा सिफारिस गरेको थियो। उक्त लोगोलाई संसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो। तर, हाल आएर फेरि प्रदेश सभाले लोगो परिमार्जन गर्ने तयारी गरेको छ। लोगो संशोधन समितिले एक सूचना जारी गर्दै प्रदेशको पहिचान झल्किने लोगो बनाएर यहि साउन १८ गतेभित्र पठाउन अनुरोध गरेको छ। साथै छनौट हुने लोगोका डिजाइनकर्तालाई सम्मान गरिने समेत बताइएको छ।

Read More