Author: महेन्द्रनगर पोष्ट

कैलालीः धनगढीमा प्रहरीले भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छलीका अन्दाजी ५८ हजार मूल्य बराबरका सुट, कुर्ति, गन्जी, सुर्ती लगायतका सामानहरु प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको कैलाली प्रहरीले जनाएको छ। यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र पुनर्वास नगरपालिका–६ बाट भन्सार छलीका तरकारी, डिउ, कोकाकोला, चामल लगायतका सामान बरामद गरिएको छ । अन्दाजी ४५ हजार ७ सय मूल्य बराबरका ती सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

बैतडी: भारतको धौलीगंगा बाँध पुनः खोलिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार शनिवार बिहान ५ बजेदेखि बाँध खोलिएको हो भने बेलुका ८ बजेसम्म खुला रहनेछ । बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढेकाले नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिने गरेको छ । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट धनगढी–४ का १९ वर्षीय दिपेश चौधरीसहित तीन जना पक्राउ परेका हुन् । उनीहरुलाई नाइट्राभेट १० ट्याब्लेट र पारासिटामोल १२ ट्याब्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

म्याग्दी: शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल । म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराहताल अलि टाढाबाट हेर्दा नेपालको नक्साजस्तै देखिन्छ । यो तालमा धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टसँग देखिने हुनाले यस ताललाई ‘हिमालको ऐना’ पनि भनेर चिनिन्छ । निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ । क्षितिजमा धौलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिविम्ब तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटक छक्कै पर्ने मालिका –१ का…

Read More

विराटनगर: सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ। इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा द पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो। दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले चारवर्षे स्नातकलाई फेरि तीन वर्षमा झार्ने गृहकार्य गरेको छ । विद्यार्थीको संख्या घट्न थालेको भन्दै त्रिविले स्नातकलाई तीन वर्षमा झार्ने गृहकार्य गरेको हो । चार वर्ष हुँदा विद्यार्थी पढ्न नआउने भएकाले तीन वर्षमा झार्ने विषयमा अनौपचारिक छलफल चलेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। गत १४ असारमा विश्वविद्यालयको प्राज्ञिक समितिको बैठकमा डीनहरूले पनि तीन वर्षमा झार्नुपर्ने सुझाव राखेका थिए । राष्ट्रिय योजना आयोग र विश्वविद्यालय अनुदान आयोगमा पनि तीन वर्षमा झार्ने विषयमा छलफल भइरहेको त्रिविका अधिकारीहरू बताउँछन्।

Read More

डडेल्धुरा: डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा हिजो(शुक्रवार) राति मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारे थारुले शुक्रबार साँझ जंगली च्याउ खाएका थिए। च्याउ खाएर बिरामी परेका राम दुलारेलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। *प्रहरीले दिएको जानकारीका आधारमा नाममा त्रुटि हुन गएकाले सच्च्याइएको छ। -सम्पादक

Read More

दाङ: करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ। लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौँ: नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यस्तै खोरेत रोग उन्मूलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताए । त्यसका…

Read More

डोटी: डोटीमा गत आर्थिक वर्षमा १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रकम फ्रिज गएको छ। जिल्लाको चालु र पुँजीगत गरी जम्मा १० अर्ब २ करोड ५ लाख ९९ हजार २ सय २ रकम मध्य ९ अर्ब ९८ करोड ४८ लाख २९ हजार ४ सय ६० रकम खर्च भएको छ। तर, १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए। कुल रकममा चालु भन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ। चालुतर्फ कुल ७ अर्ब ९ करोड ९७ लाख…

Read More