Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का माधव भट्टका १४ वर्षीय छोरा रमेश भट्ट आफ्नो घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । उनी आइतबार दिउँसोबाट बेपत्ता रहेका बताइएको छ । उनको खोजिका लागि प्रहरी चौकि शैलोडामा निवेदन पनि दिएको उनका आफन्त वीरेन्द्र भट्टले बताए । रमेशलाई कसैले देखे नजिकको प्रहरी चौकी वा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ ।

Read More

धनगढीः कैलाली कारागारका एक जना कैदीबन्दीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको हो । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनी क्षयरोगबाट पीडित थिए ।

Read More

बाजुरा: बाजुराकाे बडिमालिका नगरपालिका ९ स्थित बाउली खाेलाले बगाउँदा ट्याक्टरका चालक बेपत्ता भएका छन्।  जिल्ला प्रहरी कार्यालयका अनुसार कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर बगेकाे स्थानभन्दा केही तल ढुगांमा अड्किएको अवस्थामा फेला परे पनि चालक डुवनारायण चौधरी अझै बेपत्ता छन्। ट्याक्टर डोटीका व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ। बेपत्ता चालककाे खाेजी भइरहेकाे बाजुराका प्रहरी प्रमुख कविन्द्रसिंह बोहराले बताए। 

Read More

अछाम: अछामको एक पसलमा पानीको बोतलभित्र मरेको किरा भेटिएको छ। सेती जल नामक पिउने पानीको शिल प्याक बोतलभित्र किरा भेटिएको हो। जिल्लास्थित एकजना ग्राहकले पानी किन्ने क्रममा पानीको बोतलभित्र किरा भेटिएको थियो। उनले उक्त बोतलको भिडियो बनाएर सामाजिक संजाल टिकटकमा पोस्ट गरेका छन्। उक्त सेती जल उत्पदक कम्पनीका सञ्चालक प्रकाश कुँवरले भने आफुहरुले त्यस्तो पानी नबेचेको दाबी गरे। कसैले कम्पनीको नाम खराब गर्न जानाजान शिल खोलेर किरा हालेको उनको भनाई छ।

Read More

डोटी: नेपाल प्रेस युनियन डोटीको अध्यक्षमा चक्र कुँवर चयन भएका छन्। आइतबार सम्पन्न ५ औँ अधिवेशनबाट कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत चयन भएका छन्। यस्तै, सचिवमा विक्रम खडका, सह सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन्। अधिवेशन शनिवारदेखि सुरु भएको थियो ।

Read More

बैतडी: बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चाैडी नगरपालिका-२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको हो। गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै मृतक अञ्जुकी सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ। प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा भारतीय नम्बरको कारसहित एक जना पक्राउ परेका छन्। भन्सार छली गरी ल्याएका विभिन्न खुन्टी, चुकुल ताला, स्टेसनरीका सामान र उक्त सामान बोकेको कार गरी अन्दाजी ७ लाख ९९ हजार ७ सय मूल्य बराबरका सामान र कारसहित एक जना भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भिमदत्त नगरपालिका वडा नम्बर–४ बजारमा उनलाई पक्राउ गरेको जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको छ।

Read More

दोहा: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल छन् । विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। पछिल्लो केही समयदेखि स्वास्थ्यमा समस्या भएपछि उनी नेपाल फर्किन खोजिरहेका थिए। तर हस्पिटलमा उपचाररत अवस्थामा उनको शुक्रबार मृत्यु भएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनको शव चाँडै नेपाल पठाउने तयारी थालिएको दूतावासले जनाएको छ।

Read More

काठमाडौँ: पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५ दिनभित्र परिमार्जन गरी पेस गर्न निर्देशन दिइएको छ। पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिन साउन ५ र ६ मा भारतको नयाँदिल्लीमा बसेको बैठकले संयुक्त विज्ञ टोलीले यसअघिका बैठकमा भएका सहमति तथा महाकाली सन्धिको मर्मअनुरूप हुने गरी पञ्चेश्वरको डीपीआरलाई परिमार्जन गरी पेस गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिएको हो। तीन साताभित्र विज्ञ समूहको अर्को बैठकले डीपीआर प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए। नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी र भारत सरकारका तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहराले संयुक्त रूपमा बैठकको अध्यक्षता…

Read More

धनगढी: आज सुदूरपश्चिम प्रदेश सरकार बिस्तार गर्ने तयारी गरिएको छ। त्यसका लागि काठमाडौंमा रहेका मुख्यमन्त्री शाह धनगढी फर्किदैछ्न्। स्रोतका अनुसार आज २ मन्त्री र एक राज्यमन्त्री नियुक्त हुन सक्नेछन्। अहिले सुदूरपश्चिममा २ मन्त्रालय मन्त्रीविहीन छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि कानुन मन्त्रालय रिक्त भएको थियो। कृषि मन्त्रालय पनि खाली छ। दुई वटा मन्त्रालय दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्रीसहित एक राज्यमन्त्री दिने र एकजना काङ्ग्रेसकै मन्त्री हुने स्रोतले बताएको छ। फागुन २१ गते प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री शाहलाई काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एस, स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ।…

Read More