Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षिया सावित्री जोशीको करेन्ट लागेर मृत्यु भएको छ। हिजो(आइतबार) बिहान आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै भोलि मंगलबार मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन र…

Read More

काठमाडौं: मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो। संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ। राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ। प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ।

Read More

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने निर्णय भएको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भारतबाट अवैध रुपमा कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए जरिवाना गर्ने जनाएको हो। नगरप्रमुख हेम राज ओझाद्धारा जारी सूचनामा नगरपालिका भित्र भारतिय कुखुरा भित्रिरहेको भन्ने व्यापक जनगुनासो आएपछि नगरपालिका भित्र अवैधानिक रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गर्न निषेध गरिएको उल्लेख छ।

Read More

काठमाडाैं: सशस्त्र प्रहरी बल, नेपालले आइतबार वरिष्ठ उपरीक्षकदेखि सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेको छ । सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, बरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको हो । यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाको लागि सूचना प्रकाशित गरिएको छ । यसैगरी आइतबार नै लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको…

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले संसदीय मान्यताको खिल्ली उडाउँदै रातारात बजेट पारित गरिएको बताएको छ । शनिबार एमाले र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले प्रदेशसभा बैठक बहिष्कार गरेका बेला राति बजेट पारित गरिएपछि एमाले संसदीय दलले संसदीय मूल्य मान्यता र दलीय व्यवस्थाको खिल्ली उडाएको आरोप लगाएको हो । आइतबार प्रदेशसभा परिसरमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा बहिष्कारकाबीच बजेट पारित गरिएको सन्दर्भमा औपचारिक धारणा सार्वजनिक गर्दै कार्यव्यवस्था समितिले तय गरेको कार्यसूची विपरीत जबरजस्ती बजेट पारित गरिएको जनाएको हो । “शनिबारको बैठकका लागि कार्य व्यवस्था परामर्श समितिले बजेटमाथिको बाँकी छलफल अघि बढाउने, प्रस्तावित र निर्णित कार्यसूचि अनुसार राजस्व र व्ययको…

Read More

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोलीलाई बदनाम गराउन खोजिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली अन्तरगतको टाइगर टोलीका प्रमुखसमेत रहेका हवलदार लालबहादुर चन्दले केही व्यक्ति र मिडियाले अनर्गल प्रचार गरिरहेको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार धनगढीमा भन्सार छलीको सामान नै नसमातेको विषयलाई लिएर बदनाम गराउन खोजिएको हो। प्रहरीको टाइगर टोलीले भन्सार छलीका सामान समातेर गायब गरेको भन्दै निराधार आरोप लगाइएको उनको दाबी छ। सो टोलीमाथि शनिबार बरामद भएको भन्सार छलीको सामान लुकाएको आरोप लागेको हो। तर त्यस्तो नगरेको सो टोलीले जनाएको छ। धनगढी–२ फनपार्क नजिक चक्रपथबाट हवलदार लालबहादुर चन्द र सागर लुहारको टोलीले भन्सार छलीको एक पोका सामान बरामद गरेर…

Read More

जुम्ला : गुठीचौर गाउँपालिकाका अध्यक्षलाई उपाध्यक्षले हातपात गरेकी छन्। बजेटमा मनपरि भएको भन्दै उपाध्यक्ष शान्ति कुमारी मल्लले अध्यक्ष दान बहादुर बुढालाई हातपात गरेको अध्यक्ष बुढाले बताए। ‘ममाथि कार्यकक्षमै उपाध्यक्षले हातपात गर्नुभयो,’ उनले भने, ‘मैले मुद्दा ल्याएर आएको छु। प्रहरीले दर्ता गर्छु भनेको छ।।’ गुठीचौरमा भएको घटनाको विषयमा जाहेरी आएको जुम्लाका डीएसपी प्रल्लाहद कार्कीले बताए। ‘जाहेरी आएको छ। आज अफिस टाइम सकिएको हुनाले दर्ता हुन सकेन,’ उनले, ‘भोली दर्ता हुन्छ।’ अहिले उपाध्यक्ष प्रहरीकोमा भएको डिएसपीले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा चार मेडिकल सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरीले भीमदत्त नगरपालिकाभित्र इजाजत नलिई सञ्चालनमा रहेका मेडिकलमा छापा मारेर चार जनालाई पक्राउ गरेको हो । दुई जना भने फरार भएका छन्। प्रहरीका अनुसार शुक्रबार र शनिबार विशेष सूचनाका आधारमा ६ स्थानमा छापा मारिएको थियो। प्रहरीले भीमदत्त नगरपालिका–७ की विमला उपाध्यायले चलाएको अवैध मेडिकलमा छापा मारेर उनलाई पक्राउ गरिएको छ। त्यस्तै १६ नम्बर वडाको मझगाउँका राजेन्द्रबहादुर चन्द पनि प्रहरी हिरासतमा पुगेका छन्। भीमदत्त नगरपालिकाकै १० नम्बर सुकासालका सुरेश पाण्डेय र मोहनबहादुर रोकायाले सञ्चालन गरेको दुई मेडिकललाई सिल गरेर दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१६ बसन्तपुरका…

Read More

काठमाडौँ : आज राति १२ बजेबाट डिजेल पेट्रोलमा स्वचालित मूल्य लागू हुने भएको छ। नेपाल आयल निगमको आज बसेको २३३५औँ सञ्चालक समितिको बैठकले साउन १ बाट लागू गर्ने निर्णय गरेको हो। यसअघि पनि स्वचालित मूल्य लागू भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। तर, आगामी दिनहरूमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्दा मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ। हवाई इन्धनको मूल्य समितिको निर्णयअनुसार हुने निगमका महाप्रबन्धक उमेश थानीले जानकारी दिए। त्यस्तै, निगमले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ घटाएको छ। अब एलपी ग्यासको १८ सय रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ। पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घटाएको छ।

Read More