Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–९ मसुरियाकी ७१ वर्षीया काली देवी डगौरा थारुको मृत्यु भएको हो। सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधबार बिहान मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेपालले एसिया कपमा पहिलो खेल घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको छ। एसिया कपको उद्धघाटन नै नेपाल र पाकिस्तानबीचको खेलबाट हुने भएको छ। नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ। पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ। नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४ ) मा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन्। सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन्। सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ। अन्य सबै श्रीलंकामा हुनेछन्।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड प्रदान गरिएको छ। प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउण्ड उपलब्ध गराएको हो।  केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले चिकित्सालयका निमित्त निर्देशक डा. सूर्य उपाध्यायलाई आज अल्ट्रासाउण्ड हस्तान्तरण गरेका छन्। गत वर्षबाट सेवा दिन थालेको चिकित्सालयमा अल्ट्रासाउण्ड उपलब्ध थिएन। सङ्घीय सरकारको ३४ करोड रुपियाँ लगानीमा बनेको प्रादेशिक आयुर्वेद चिकित्सालयले गत असोज ११ गतेबाट सेवा दिन सुरु गरेको थियो। चिकित्सालयबाट ल्याब, ओपीडी, पञ्चकर्म र पूर्वकर्म सेवा प्रवाह हुँदैआएको छ। 

Read More

काठमाडौं: विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्रीको नाम सिफारिस गरेको छ। यस्तै, कुवेतका लागि प्रस्तावित राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूतमा सुधीर भट्टाराई छन्। संसद सचिवालयका सहसचिव एकराम गिरीका अनुसार उजुरी दिने समय १० दिनको रहनेछ। बिहीबार गोरखापत्रमा…

Read More

डडेल्धुरा: हालै मलेसियामा सम्पन्न भएको अन्डर-१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीका सदस्य सचिन मल्ल डडेल्धुरामा सम्मानित भएका छन्। बुधबार उनलाई जिल्ला क्रिकेट संघ(डिसीए)ले सम्मानित गरेको हो। मल्ललाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ। मल्ललाई डिसीएका अध्यक्ष हरि उप्रेतीसहितका पदाधिकारी र खेलाडीहरुले सम्मान गरेका थिए। डडेल्धुराको तर्फबाट क्रिकेट खेलेर अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने सचिन मल्ल डडेल्धुराका दोश्रो क्रिकेट खेलाडी हुन् भने अन्डर १६ मा प्रतिनिधित्व गर्ने उनी पहिलो खेलाडी हुन्। डडेल्धुराको आलिताल गाँउपालिका- २ गांखेत घर भएका उनी विभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडी बनिसकेका छन्।

Read More

धनगढी: कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। टिकापुर नगरपालिका वडा नं. १ समितिपुरका २२ वर्षीय नविन थापालाई प्रहरीले खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई दुई सय ५० मिलिग्राम खैरो हिरोइनसहित सोही ठाउँबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार शंकास्पद रुपमा हिडिंरहेका उनको शरीर खोजतलास गर्ने क्रममा लागूऔषध फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप जाँचबुझ गरिरहेको जानकारी दिएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा बहुविवाह मुद्धामा फरार रहेका एकजना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपापलिका–८ का कृष्ण रानालाई बुधबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७८ पुस ४ गते १० महिना कैद र १० हजार जरिवाना तोकेको थियो। रानालाई सजाय भुक्तानको लागि कारगार पठाइर्एको छ।

Read More

काठमाडौँ: अष्ट्रेलियाको एनआरएन (गैरआवासीय नेपाली संघ) को अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन्। आगामी जुलाई २९ (साउन १३) मा हुने निर्वाचनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। यसअघि पोख्रेल एनआरएन अष्ट्रेलियाको कोषाध्यक्ष थिए। एक दशकअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका पोख्रेल सामाजिक कार्यमा सुरुदेखि सक्रिय थिए। पहिलोपटक उनको एनआरएन यात्रा अष्ट्रेलिया राज्य समन्वय परिषद सदस्यबाट भएको थियो। करिब एक दशकको गैर आवासीय नेपाली संघको यात्रामा रहँदा दिगो विकास र संस्थामा एकजुट भएर लागेको पोख्रेलले बताए। एनआरएनमा आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक काममा योगदान पुर्‍याएको उनको भनाइ छ। उनका अनुसार एनआरएनला संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, स्रोतमा…

Read More

धनगढी: सांसद विकास कोष भनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।  अधिवक्ता सागर बराल, सौगातराज बराल, सम्पूर्ण बस्नेत र कानूनका विद्यार्थी अविनेश अधिकारीले आज रिट दर्ता गराएका हुन्। रिटमा सांसद विकास कोषको नाममा प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोडका दरले रकम बाँडेर मुलुकलाई ८ अर्ब २५ करोड रुपैयाँ ब्ययभार थप्ने काम भएकाले सो व्यवस्था खारेज गर्न माग गरिएको छ।  चर्को विवादमा परेपछि स्थगित भएको यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत ब्यूँताएको छ। राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी लगायतले पनि यसको विरोध गरेका छन्।  रिटमा बजेटको बुँदानं. ४२५ मा उल्लेखित उक्त व्यवस्था बदर…

Read More

कञ्चनपुरः  कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–४ बाट बुधबार ९५ हजार आठ सय मुल्य बराबरका भन्सार छलीका साडी, धोती, कोटपाईन्ट, सेतो कपडा, कालो झिल्ली र तीन थान साइकलसहित एक जनालाई पक्राउ गरिएको हो। कञ्चनपुर प्रहरीका अनुसार सामानसहित मान्छेलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको छ।

Read More