Author: महेन्द्रनगर पोष्ट

हुम्ला: हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेका बताइएको छ । कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी निलम्बनमा परेका बताइएको छ । उनीहरु एक महिनाका लागि निलम्बनमा परेका हुन् । फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएको हो ।

Read More

धनगढी: नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले प्रदेश सरकारले ल्याएको बजेटप्रती तीव्र असन्तुष्टि जनाएका छन् । बमले आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरेका एउटा पनि योजना नपरेको तर १७ योजना कसरी र कहाँबाट हालियो भन्दै प्रश्न समेत गरेका छन् । बमसरकारले आफ्नो निर्वाचन क्षेत्रमा चिडियाखाना बनाउन बजेट विनियोजन गरेकोलाई भने व्यांग्यात्मक रुपले प्रस्तुत भए ।उनले उक्त चिडियाखानामा आफूलाई राख्न माग पनि गरे । ‘चिडियाखाना आवश्यक छ । चिडियाखानामा अनौठो जनावर राखिन्छ । दुरदराजबाट मानिस हेर्न आउँछन्, म जस्तो सांसदलाई पनि चिडियाखानाभित्र राख्नुपर्छ,’ बमले भने, ‘जो सांसदमा निर्वाचित भएर पनि एउटा योजना हाल्न सक्दैन। वडा, नगरपालिका र गाउँपालिकामा प्रवेश निषेध गरिएको…

Read More

बाजुराः बाजुराको बुढीगंगा नगरपालिकाका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाका इन्जिनियर उपेन्द्र साउँद, प्रधानमन्त्री रोजगार संयोजक गोविन्दबहादुर थापा, शिक्षा शाखाका प्राविधिक सहायक डम्मबहादुर थापा र प्रशासन सहायक वसन्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु चारै जनाविरुद्ध अभद्र व्यवहारको जाहेरी परेपछि बुधवार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । नगरपालिकामा सेवा लिन गएका सेवाग्राही दिलिप केसीमाथि अभद्र व्यवहार गर्दै गाली गलौज गरिएको र ज्यान मार्ने धम्की पनि दिइएको भन्दै केसीका भाइले भिडिओसहित उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कठायतले बताए । उनका अनुसार असार २१ गते केसीले नै नगरपालिकामा अभद्र…

Read More

काठमाडौँ: आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख १२ हजार चार सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर एक हजार चार सय ४० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More

बैतडी: बैतडीको गोठलापानी–झुलाघाट सडक अवरुद्ध भएको छ । धारीगाड भन्ने स्थानमा सडकमाथिबाट पहिरो खस्दा दशरथचन्द राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट सडक अवरुद्ध भएको हो । पहिरो गएराति खसेको र पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

Read More

बाजुराः बाजुरामा रुखले च्यापिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा रुख ढलेर च्यापिँदा स्थानीय ५८ वर्षीय गोकुले ल्वारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कठायतका अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुतिरहेको अवस्थामा छानो पछाडिको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको हो । बुधवार मध्यराति अन्दाजी १ बजेतिर वर्षाका कारण रुख ढल्दा च्यापिएर एक भैँसी र पाडोसमेत मरेको उनले बताए । स्थानीयले रुख ढल्दा च्यापिएर ल्वारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए ।

Read More

धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ की ३५ वर्षीया जानकी बोहरा पक्राउ परेकी हुन् । उनलाई धनगढी उपमहानगरपालिका–३ बाट भन्सार छली ल्याएका अन्दाजी ४४ हजार ५ सय मूल्य बराबरको चिनी, तेल, प्लाष्टिक झिल्ली, बिडी, सुर्ती लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

Read More

धनगढीः धनगढीको एक पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केट स्थित लक्षित इन्टरप्राइजेजमा आगलागी भएको हो। गोदावरी नगरपालिका–१ का ३५ वर्षीय चेतराज भट्टले सञ्चालन गरेको लक्षित इन्टरप्राइजेज (कपडाको होलसेल पसल)मा बुधवार दिउँसो अचानक विद्युतको लाइन सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा पसल भित्र रहेका अन्दाजी ८ लाख मुल्य बराबरको सामानहरु जलेर नष्ट भएको जनाइएको छ।

Read More

कञ्चनपुर: जिल्लाको बेलौरी नगरपालिका ३ खिरियाबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित सोही ठाउका एक स्थानीय युवालाई पक्राउ गरेको छ। खिरियाको भुईया मन्दिर नजिकैबाट ३.०१ ग्राम लागुऔषध खैरो हेरोइनसहित सोही ठाँउ बस्ने बर्ष २२ को फिलिप रानालाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

Read More