Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी…

Read More

काठमाडौँ : गएको शुक्रबार मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेर भएको दुर्घटनाका हराइरहेकामध्ये १७ जनाको शव फेला परेको छ। दुर्घटनाको पाँचौँ दिनसम्म १७ वटा शव फेला परेको खोजीकार्यमा जुटिरहेको सशस्त्र प्रहरीले जनाएको छ। भेटिएका १७ शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटा शव पहिचान हुन बाँकी छ। सनाखत हुन बाँकी ८ जनामा ६ वटा पुरुष र २ वटा महिलाका शव छन्। सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए। दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन्। शुक्रबार भएको सो घटनापछि सोमबार ९असार ३१ गते० मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण…

Read More

काठमाडौँ : नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवा अवधि नपुग्दै बिदा हुने भएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची उमेर हदका कारण ३० वर्ष प्रहरी सेवामा रहन नपाउने भएका हुन्। महानिरीक्षक कुँवर भने अहिलेकै व्यवस्थामा आगामी चैत ५ गतेसम्म सेवामा रहनेछन्। तर उनकै ब्याचका एआईजीहरु श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र एआईजी दीपक थापाको ब्याचका भीमप्रसाद ढकाल उनीभन्दा पहिल्यै अवकाश हुने भएका हुन्। उनीहरु तीनैजना एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश हुन लागेका हुन्। प्रहरीमा अवकाशका लागि तीनवटा नियम छन्। ३० वर्षे सेवाअवधि, उमेर हद र पदावधिमध्ये जुन पहिले आउँछ, सोही कारण अवकाश हुने व्यवस्था छ। प्रहरीको केन्द्रीय…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारबाट योजनामा बजेट हाल्ने भन्दै कमिसन उठाउने काममा नेकपा माओवादी केन्द्रका नेताहरू संलग्न रहेको खुलेको छ। माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष र दुई जना सदस्यले योजना पारित गरिदिने भन्दै कमिसन उठाएको विषय बाहिर आएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका मदन ओड, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हुकुम साउँद र प्रदेश कमिटी सदस्य डबल ताम्राकारले अग्रिम कमिसन लिएको पाइएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ज्ञानेन्द्र महराले माओवादी नेताहरूले आफूबाट २० हजार अग्रिम कमिसन लिएर साढे २ लाखको बार्गेनिङ गरेको बताएका छन्। महराका अनुसार मदन ओडले पटकपटक घरमै आएर योजना हाल्ने भन्दै कमिसन बापत २० हजार बुझेका…

Read More

धनगढी : कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्क नजिकै करिब ५० बर्षिय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । आज दिउँसो स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । शव घटनास्थलबाट सेती प्रादेशिक अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिएका छन् । शवको पहिचान हुन बाँँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

Read More

धनगढी : डडेल्धुरामा चितुवा मृत भेटिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा मंगलबार बिहान चितुवा मरेको भेटिएको हो। मृत भेटिएको भाले चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको कार्यालय परिसरमा ल्याई खाडलमा पुरिएको निमित्त कार्यालय प्रमुख सुरेश चन्द्र डिसीले जानकारी दिए। उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए। उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बई र २ फिट ३ इन्च उचाई रहेको छ।

Read More

धनगढी: कञ्चनपुरका सहायक सिडिओ धर्मराज जोशी गृहमन्त्रीको निजी सचिवमा नियुक्त भएका छन्। जोशीलाई आज (मंगलबार) गृहमन्त्री रमेश लेखकको निजी सचिवमा नियुक्त गरिएको हो। उनी केही समय अगाडि डडेल्धुराबाट सरुवा भएर कञ्चनपुर आएका थिए। र, यो पनि: कञ्चनपुर र डडेल्धुराका सहायक सिडिओ अदलबदल ! कञ्चनपुरका सहायक सीडिओ डडेल्धुरा पठाइए, सफाइ पाएका भण्डारी हाजिर

Read More

धनगढी: छुट्यौ भने रुनुपर्ला… नदेउ भो धेरै माया, तिमी कहाँ म कहाँ हुनुपर्ला। गायिका अन्जु पन्तको यो गित सुन्न आजकाल बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महरलाई फोन गर्नुपर्छ। उमेरले ५० कटेका महरको फोनमा राखिएको रिङटोन तन्नेरी केटाकेटीको जस्तै छ। मानौँ कि उनी कतै गहिरो मायापिरतीमा छन्। सेवाग्राहीले फोन गर्दा फोनै उठ्दैन। बरु नचिनेको नम्बरबाट फोन आए काट्छन। सेवाग्राहीको भन्छन्-अध्यक्ष महरलाई फोन गर्दा सुनिने त्यहीँ एउटा रिङटोन हो छुट्यौ भने रुनुपर्ला। उनको फोन नउठ्न समस्या नौलो होइन। तर जरुरी कामले फोन गर्दा पनि उनको फोन नउठ्ने सेवाग्राहीले गुनासो गरेका छन्। उसो त अध्यक्ष महर गाउँपालिकाकै कर्मचारीको फोन उठाउदैनन्। प्रसंग बजेटको हो।…

Read More

धनगढी: अछाममा इलाका प्रहरी कार्यालय कमलबजारको उद्घाटन गरिएको छ। हिजो (सोमबार) कमलबजार नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय कमलबजारको नव-निर्मित कार्यालय, आवास तथा मेश भवनको उद्घाटन गरिएको हो। भवनको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले उद्घाटन गरेका हुन्। उनले एक कार्यक्रमका बिच उद्‍घाटन गरेको जनाइएको छ। सो कार्यक्रममा केसीले नयाँ भवन उपलब्ध भएसंगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च हुनुका साथै सुविधासम्पन्न भवनले प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले नागरिक-मैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए। यस्तै उनले त्यहाँका प्रहरीलाई समय सापेक्ष र गुणस्तरीय सेवा प्रदान गर्न…

Read More

काठमाडौं : महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।

Read More