काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बस्नेतलाई न्याम्सको उपकुलपति नियुक्त गरेका हुन्। प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय ‘सर्च कमिटी’ गठन गरेका थिए। कमिटीले उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले देश बनाउने महाअभियानमा सबैलाई गोलबद्ध हुन आह्वान गरेका छन् । रास्वपा देश बनाउने महान लक्ष्यसहित स्थापना गरिएको पार्टी भएको बताउदै विष्टले सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा गोलबद्ध भएर महाअभियानमा सहभागी हुन आग्रह गरेका हुन् । स्थापना दिवसको अवसरमा रास्वपाले बिहीबार धनगढीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले ढिलो चाडो सबै दलका व्यक्तिहरु रास्वपाको महाअभियानमा सामेल हुने विश्वास समेत व्यक्त गरे । विष्टले मुुलुकमा अहिले बनेको सरकारले छिमेकी मुलुकले के भन्छ भनेर खुुट्टा कमाएर बसेका कारण देशले कुनै नतिजा पाउन नसकेको टिप्पणी समेत गरेका छन् भने…
धनगढी : धनगढीमा राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका-२ एसपीए क्याम्पस अगाडि फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा आएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । फेसन डिजाइन सम्बन्धि तालिम लिनका लागि सुदूरपश्चिमका महिलाहरू काठमाडौं अथवा भारत जानुपर्ने समस्या रहेको र उक्त समस्यालाई समाधान गर्न फेसन डिजाइन टेक्नोलोजी सञ्चालन गरिएको राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीकी सञ्चालिका दिप्ती शाहीले बताइन् । टेक्नोलोजीमा १५ महिने डिप्लोमा कोर्स सञ्चालनमा ल्याइने र डिप्लोमा कोर्सअन्तर्गत फेसन डिजाइन कम्टिसन, साइड भिजिट, प्रेरणादायी कक्षा सिकाइने बताइएको छ । विद्यार्थीलाई ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक गरि प्रत्येक दिन अढाई घण्टा…
कैलालीः कैलालीमा एक जना लागुऔषसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट १ ग्राम ८ सय ६० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिंह साउद पक्राउ परेका हुन्। उनलाई बुधबार राति प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी पक्राउ गरेको हो।
मुम्बई : भारतीय गायक तथा रयापर हनी सिंहलाई ग्याङस्टार गोल्डी बरारले ज्यानको धम्की दिएको छ । गोल्डी अहिले क्यानाडामा छन् । गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् । सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् । हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन् । प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ । गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो । गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए । हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए । धेरै…
काठमाडौं : नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै प्राधिकरणले कारबाही स्वरुप निलम्बन गरेको हो । काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ । उनीहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणको भनाइ छ ।
काठमाडौँ : सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ । सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ ।
काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका २० सदस्यहरूको पदावधि आगामी फागुनदेखि सकिँदै छ । राष्ट्रिय सभामा २०७५ असार ४ गते गोलाप्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरूको पदावधि यही फागुन २० गते सकिने संसद् सचिवालयले जनाएको छ । पदावधि सकिनेमा सबैभन्दा धेरै सांसद नेकपा (एमाले)का छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको पदावधि सकिँदा पनि एमालेकै रिक्त हुनेछ । एमालेको आठ सांसदको पदावधि सकिनेछ । त्यस्तै, नेपाली काँग्रेसका चार, नेकपा ९माओवादी केन्द्र०का तीन, नेकपा ९एकीकृत समाजवादी०का दुई सांसदको पदावधि फागुनमा सकिनेछ । जनता समाजवादी पार्टी ९जसपा० का एक, स्वतन्त्र एक र राष्ट्रपतिबाट मनोनीत एक सदस्यको पदावधि सकिने सचिवालयले जनाएको छ । राष्ट्रियसभाको…
काठमाडौँ: एआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी परेको हो। कैलालीका शेरबहादुर चन्दले दिएको उजुरीमा ज्ञवाली २०५० साल वैशाख १ गते सेवा प्रवेश गर्दा २४ वर्ष पूरा गरेर २५ वर्ष लागेको दाबी गरेका छन्। प्रहरीको निरिक्षक पदमा सेवामा प्रवेश गर्न २४ वर्ष उमेर पूरा भएको हुनुपर्ने भए पनि उनी ९ दिन बढी सेवा उमेर हुँदा जागिर खाएको उल्लेख छ। अख्तियारले ०७९ साल चैत ६ गते ज्ञवालीको उमेर विवादबारे छानबिन गरी प्रतिवेदन बुझाउन गृहसचिवका नाममा पत्र काटेको थियो। मदनबाबु भण्डारी ज्ञवालीले उमेर ढाँटे जागिर खाएको…
बैतडी: बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए । एक्स-रे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए । यसअघि एक्स-रे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्स-रे सेवा बन्द गर्नुपरेको हो । उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्स-रे सेवा दिइरहेका थियौँ । तर एक्स-रे मेसिनसम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन । यो सम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्याउँछ । यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म…