Author: महेन्द्रनगर पोष्ट

अछाम: अछाममा मलामी बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कुच्ची सालघारीस्थित विनायक बजारबाट बेलखेत शव बोकेर जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्याक्टर घुम्तिमा मोड्ने क्रममा पल्टिएको हो । दुर्घटनामा पञ्चदेवल विनायक-६ का अन्दाजी २३ वर्षीय दीर्घ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । त्यस्तै, पञ्चदेवल विनायक-२ का १२ वर्षीय दमन विक, अन्दाजी ४० वर्षीय सेरे विक, पञ्चदेवल विनायक-६ का १५ वर्षीय लोकेन्द्र विक, कमलबजार नगरपालिका-५ का २२ वर्षीय प्रकाश विक, कमलबजार-३ का १८ वर्षीय तप विक, कमलबजार-२ का १५ वर्षीय रमेश विक,…

Read More

बैतडी: सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८/७९ भन्दा आव २०७९/८० मा आधाभन्दा कम दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटना कमी भएसँगै अङ्गभङ्ग र मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । आव २०७९/८० मा यहाँ…

Read More

भारतमा एक जनाले घर बाहिर निस्कन लाग्दा अनावश्यक रुपमा अत्तर (परफ्युम) हालेको र धेरै सिंगापटार (मेकअप) गरेको निहुँमा श्रीमतीमाथि गोली प्रहार गरेका छन् । मध्य प्रदेशको ग्वालियरस्थित गणेशपुरामा भएको उक्त घटनामा श्रीमतीको अवस्था गम्भीर भएको बताइएको छ । आठ वर्षअघि विवाह सम्बन्धमा बाँधिएका महेन्द्र जातभले श्रीमती निलम जातभमाथि गोली प्रहार गरेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार महेन्द्रले विगतमा अरु अपराध पनि गरिसकेका छन् । उनी चोरी काण्डमा यसअघि परेका थिए । चार वर्षको जेल सजायपछि महेन्द्र गत वर्ष छुटेका हुन् । उनैले हिजो निलम घर बाहिर जान लाग्दा एकाएक बन्दुक झिकेर गोली हानेका थिए । माइतमा बस्दै आएकी निलमका…

Read More

काठमाडौँ: वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिएपछि महानिर्देशक पद रिक्त थियो । सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ । यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा।सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ । निकुञ्ज विभागका महानिर्देशक डा।महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषधसहित धनगढी–४ का ३७ वर्षीय वीरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित शनिबार राति पक्राउ गरेको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ । कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए । डिएसपी डाँगीका अनुसार भट्टसंगै झोलुङ्गे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।…

Read More

दार्चुला: दार्चुलामा ट्राफिक प्रहरीले बस चालकमाथि हातपात गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इन्चार्ज प्रहरी हवल्दार नवीन ठगुन्नाले महाकाली यातायाताको सु.प.प्र ०२००१ ख ९४८ बसका चालक रमेश खत्रीमाथि हातपात गरेका हुन् । आज बिहान उनलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले कठालो समात्दै कुटेका हुन् । ठगुन्नाले बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै करिब दस मिटरको दुरीमा रहेको अस्थायी प्रहरी पोष्टमा ल्याएको चालक खत्रीले बताए । गोकुलेश्वरमा महेन्द्रनगर, धनगढी लगायतका ठाउँबाट पुगेका बस, जिपहरु र छोटो दुरीमा चल्ने सवारी साधनको भिड थियो । उनले बस पार्किङमा लगाउँदै गर्दा हर्न बजाएका थिए । महाकाली यातायात, पवनदुत…

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका–८ ले विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम ल्याएको छ । सो वडाका अध्यक्ष तपेन्द्र सिंह विष्टले यो कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको बताए । जसअनुसार वडास्थित कमलपुर मावि र गंगेश्वर आविमा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको नतिजा अनुरुप नगदसहित सम्मान गरिनेछ । वडा अध्यक्ष विष्टले वार्षिक परीक्षामा सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रोलाई गे्रड(नतिजा) अनुसार नगद तथा सम्मान गरिने बताए । क्रमशः सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रो गे्रड(नतिजा) ल्याउनेलाई ५० हजार, २५ हजार, १० हजार, र ५ हजार नगद तथा सम्मान गरिने उनले बताए । मेलौली-८ मा नेकपा एमालेको तर्फबाट निर्वाचित विष्ट…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा सडक नबनेपछि वडाध्यक्षको फोटो टाँसेर बाटो बन्द गरिएको छ । व्यापारीहरुले सडकमा डोरीको अवरोध लगाएर त्यसमा भीमदत्त नगरपालिका-४ का वडाध्यक्ष सुशील भट्टको फोटो टाँसेका छन् । उनीहरुले महेन्द्रनगरको केन्द्र मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका हुन् । महेन्द्रनगर बजारको मुख्य चोकको सडक निर्माण अलपत्र पारिँदा पानी जम्ने, ढुंगा उछिट्टिएर सटरहरुमा लाग्ने भएपछि बाटो बन्द गर्नुपरेको व्यापारीहरुले बताएका छन् । सडकका ढुंगा हटाउन गरिएको अनुरोधको वडाध्यक्ष भट्टले वास्ता नै नगरेको उनीहरुले बताए । एसियाली विकास बैंक (एडिबी) सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदनचोकलाई भने छोडेको छ । सडक निर्माणमा अवरोध बनेका भीमदत्त…

Read More

काठमाडौँ: नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलालाई दुई राउन्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका बताइएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले बताए । घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा…

Read More