Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । शिवनाथ–५ का गोरख सिंह साउद, सोही स्थानका…

Read More

धनगढीः नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको घरमा बसिरहेका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको सरकारी आवास मर्मतका लागि बजेट बिनियोजन गरेको पाइएको छ। भौतिक पूर्वाधार मन्त्रीको निवास मर्मतका लागि बजेट विनियोजन गरिएको हो। तर त्यहाँ मन्त्री भने बस्दैनन्। मन्त्री देउवा निवास नलिएर आरजुको घरमा बसिरहेको बताइएको छ। उनी नबस्ने सोही निवास मर्मतका लागि भन्दै सरकारले १० लाख रुपैयाँ बिनियोजन गरेको भेटिएको हो। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा १० लाख मर्मतका लागि छुट्टयाईएको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुको घरमा अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाको निजी निवास रहेको छ। प्रकाश आरजुका भतिजा पनि हुन्। यसअघि…

Read More

कैलाली: कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालक पक्राउ परेका छन् । यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै प्रहरीले चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटेल सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेल सञ्चालक भीम शाहीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, ती होटेलहरुमा यौन व्यवसायमा रहेको भन्दै पाँच जना महिलालाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Read More

कैलाली: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा सुदूरपश्चिम प्रदेश सभा बैठकमा शोक बिदा दिइएको छ । बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज शोक बिदा दिने सहमति भएको हो । हिजोबाट प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको थियो । हिजो सभामुख भीम भण्डारीले आज दिउँसो ३ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । आज ३ बजेको बैठक शोक बिदाका कारण स्थगित गरिएको र भोलि बिहान ८ः३० बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

Read More

धनगढीः सरदार प्रितम सिंहले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी स्वर्गीय सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्। पछिल्लो समय नेपाली राजनीतिमा एकाएक चर्चामा आएका उनले माओवादी मुख्यालय पेरिसडाँडा पुगेर सीताको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरे। भारतबाट नेपाल आई तीनपुस्ता यतै बिताएका सरदार प्रितम र प्रधानमन्त्री प्रचण्डबीच घनिष्ट पारिवारिक सम्बन्ध रहेको बताइन्छ। सोही कारण उनी माओवादी केन्द्रले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी भएका हुन्। प्रधानमन्त्री प्रचण्डले हालै आफूलाई प्रधानमन्त्री बनाउन प्रितम पटक–पटक दिल्ली गएको बताएपछि चर्को विवाद भएको थियो।

Read More

धनगढीः जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई यातना दिएको पाइएको छ। कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो। घटना गत मंगलबार साँझको हो। बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ। हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताए। उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए। सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए। एसपीले…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।

Read More

बैतडी: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका तीन क्याम्पसले नवीकरण नगरेको पाइएको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १७५ क्याम्पस/कलेजहरुको सूची सार्वजनिक गरेको हो । जसमा बैतडीको सुर्नया गाउँपालिका-६ स्थित शंकर बहुमुखी क्याम्पस, ५ स्थित रौलाकेदार बहुमुखी क्याम्पस र दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंको निङ्गलाशैनी क्याम्पस नवीकरण नगरेका क्याम्पसहको सूचीमा छन् । बैतडीका यी क्याम्पस विद्यार्थी अभावमा बन्द जस्तै अवस्थामा छन् ।

Read More

काठमाडौँ: आज सुन चाँदीको मूल्य बढेको छ । सुन तोलामा ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ भने चाँदी तोलामा एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

झापा: सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर(११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौँ९३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उनको भनाइ छ । मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित…

Read More