Author: महेन्द्रनगर पोष्ट

हुम्ला: सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा  मोटरसाइकल बोकेर लैजाने गरिएको छ। मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याए । त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ।  उनले सुरुमा चालिस हजार रुपियाँबाट मोलमोलाइ सुरु भए पनि पछि तीस हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको बताए। सो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ। सिमकोटमा गाडी तथा मोटरसाइकल सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर जिल्लामा ल्याउने चलन बढेको छ। यसरी मानिसलाई…

Read More

अछाम: अछाममा भिरबाट लडेर अमृता साउदको मृत्यु भएको छ। मंगलवार जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृताको मृत्यु भएको बताइएको छ। मृतक साउद सिउडी माध्यमिक विद्यालय चौरपाटी–१ कक्षा ८ मा अध्ययनरत थिइन्। उनी बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएकी विद्यालयका प्राधानाध्यापक रमेश धानुकले बताए।

Read More

वेल्स: बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।  ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै  बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो। जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए।  ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो। यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो।  उनले कारको पछाडि ३० देखि ४५ मिनेट मात्र बिताएकी थिइन। उनले काउन्सिलमा दिएको बयान…

Read More

धनगढी: डोटीका एक जना भारतमा बेपत्ता भएका छन्। पूर्वीचौकी गाउँपालिका–४ बस्ने ३९ वर्षीय नरबहादुर खड्का भारतको मुम्बई जाने बेला राजीस्थानबाट बेपत्ता भएको पारीवारिक स्रोतले जनाएको छ। रेलको यात्रामार्फत मुम्बई गइरहेका खड्का रेलबाटै बेपत्ता भएपछि परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरेको छ। खड्कालाई कतै देखे भेटेमा मुम्बईमा रहेका आफन्त पुरन खड्कालाई ९९३०५१५८३९ नम्बर वा नेपालमा ९८४८६५५४०१, ९८६५८६६६३१, गुरातमा ९६२४१११६७६ र ९७१२३८१८४९ मा खबर गरिदिन अनुरोध गरिएको छ।

Read More

कैलाली: कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन् । पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छिन् । ‘मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु’, उनले भनिन्, ‘मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु ।’…

Read More

दाङ :  सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको  उनको परिवारले जनाएको छ। साँझ भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि बाँकेको भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो। सर्पलाई मारेको केहीबेर पछि कुकुरको पनि मृत्यु भएको मृतकको परिवारले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा अटो रिक्साको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–२ को मछेली पुल नजिकै सुुपप्र ०२००६ ह १७०७ नम्बरको अटोले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ५० वर्षीय फगुना राना घाइते भएको प्रहरीले जनाएको छ। रानाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अटो र चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बस्ने २८ वर्षीय देवराज चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: धनगढीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन्। मंगलबार राति धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित वडा कार्यालय अगाडि से ६ प७७३० र से ६ प २५५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको प्रहरीले जनाएको छ। मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुवैका चालक घाइते भएका छन्। ७७३० नम्बर मोटरसाइकलका चालक राजपुरकै शेरबहादुर जोरा र अर्का गोविन्दराज गिरी घाइते भएका हुन्। उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ विश्वनाथ मन्दिर क्षेत्रबाट एक ग्राम २३० मिलीग्राम लागुऔषधसहित सोही ठाउँका २९ वर्षीय प्रतिक चौधरी र २० वर्षीय उमेश चौधरी पक्राउ परेका हुन्। मंगलवार दिउँसो उनीहरुलाई लागुऔषध ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले पक्राउ गरेको हो। 

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै…

Read More