काठमाडौं: एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले पाकिस्तानका इमाम उल हकलाई रन आउट गरे । इमाम १४ बलमा ५ रन बनाएर आउट भए । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले सरुवा मागेका छन् । ६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् । विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ । कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न…
धनगढीः कैलालीको धनगढीस्थित एसपीए कलेजमा अध्ययनरत एक युवक मृत फेला परेका छन्। बिबिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय युवक उत्तम वली मृत फेला परेका हुन्। आज (बुधबार) गोदावरी नगरपालिका–७ जमुनानगर घर भएका वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी आफ्नै सुत्ने कोठामा वली मृत अवस्थामा मृत फेला परेका थिए। अहिले उनको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडा खेडाकी अन्फा चुनारा नौगाड खोलामा हाम फालेर बेपत्ता भएकी छन् । प्रहरीका अनुसार अन्दाजी ५० वर्षीया अन्फाले मंगलवार राति साढे ११ बजेतिर खोलामा हाम फालेकी हुन् । उनी मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका २९ वर्षीय निराजन विष्ट पक्राउ परेका हुन् । हाल गोदावरी नगरपालिका–२ तेघरी भाडामा बस्दै आएका उनी बुधवार दुई ग्राम ५८६ मिलिग्राम लागुऔषधसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाजुरा: बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए । अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए । यस्तै, अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ । मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल…
बैतडी: बैतडीमा सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेकी छिन् । उनलाई मंगलबार राति भान्सामा खाना बनाइरहेका बेला सर्पले टोकेको थियो । उनको राति १ बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । घटाललाई झारफुक गर्न वैद्य बोलाइएकोमा झारफुक गर्दागर्दै उनको मृत्यु भएको सार्कीले बताए । जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि अस्पताल नल्याउँदा अकालमै ज्यान जाने गरेको छ ।
धनगढीः धनगढीमा एक सय रुपैयाँमै शाकाहारी खाना खुवाउने गरी अपि सैपाल थकाली खाना घर एण्ड क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको प्रदेश सभामुख भीमबहादुर भण्डारीले उद्घाटन गरेका छन् । धनगढी रङ्गशाला अगाडि बुधबारदेखि सञ्चालनमा आएको खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडोसमेत खान पाइनेछ । बझाङको बुङ्गल नगरपालिका घर भएका सञ्चालक रामबहादुर बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए । खाना घरमा शाकाहारी खाना एक सयमा, मटन र लोकल चिकेन खाना २५० मा, थकाली खाना ४२० रुपैयाँमा र खान कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य…
जाजरकोट: डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्केका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उनले बताए । सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । उनको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी…
कैलाली: कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ । कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ । प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित…