Author: महेन्द्रनगर पोष्ट

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस

Read More

डडेल्धुराः डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको पर्शुराम नगरपालिका–५ मा सिद्धनाथ सामुदायिक वनभित्र एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको हो । वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानीयहरुले बोटबिरुवा वृक्षारोपरण गर्ने क्रममा बिहीवार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अबस्थामा फेला पारेका थिए । बन्दुक फेला पर्नासाथ स्थानीयहरुले प्रहरीलाइ जानकारी गराएका थिए । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन् । रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे । “यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ”, कृषक पन्तले भने, “गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो ।” ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान अझै खेतखलियानमै व्यस्त छन् । कञ्चनपुरमा अझै रोपाइँ सकिएको छैन । भीमदत्त नगरपालिका–१३ का किसान प्रकाश भट्ट अझै रोपाइँका लागि खेतमै व्यस्त हुनुहुन्छ । “रोपाइँ सुरु गरेको एक साता भयो, अझै सकिएको छैन”, उनले भने । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले आफ्नो…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

Read More

काठमाडौँ: सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । कोसी ब्यारेजको १० नम्बर पुलबाट मे १ ख ३००७ नम्बरको ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ । ट्रकलाई भने नदीले बगाएको छ ।

Read More

दार्चुला: दार्चुलामा एक चिया पसलमाथि ढुङ्गा खस्दा दार्चुला उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत अमर महरा घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका–४ रिङने ताल नजिकको मानसिंह बडालको चिया पसलमा बसिरहेको बेला माथिबाट ढुङ्गा खस्दा महरा घाइते भएका हुन् । जिल्लाको दुहुँ गाउँपालिका–५ घर भएका उनलाई जिल्ला अस्पताल दार्चुलामा प्रारम्भिक उपचारपछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महराको टाउकोमा चोट लागेको छ भने बडालको चिया पसलमा पनि क्षति भएको छ ।

Read More

धनगढी: बेला बेला विवादमा परिरहने राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीका पीए दाबी गर्ने (बैतडी स्थायी घर भएका) श्रीकान्त रानाले बैतडीको डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ। करिब ४/५ महिना अघि रानाले डिलासैनीमा राजनैतिक नियुक्ति लिएको खुलेको हो। सद्भावना दुत एवं स्वयंसेवकका रुपमा रानाले नियुक्ति लिएर भत्ता पचाइरहेको बताइएको छ। अहिले सो विषयलाई लिएर व्यापक आलोचना पनि भैरहेको छ। दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्। जनप्रतिनिधि लागयतको ‘चाकडी’ गरेर उनले सो नियुक्ति लिएको आरोपसमेत लागेको छ। यता गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यस विषयलाई स्वभाविक लिनुपर्ने जनाएका छन्। उनले समाजमा…

Read More

बैतडी: बैतडीका सुर्नया गाउँपलिका- ५ का  वडा सदस्य करन सिह बिष्टले स्थानीयहरुमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। महिला समुहद्वारा निर्माण गरिएको सिंचाईको योजना विषयमा विवाद हुँदा वडा सदस्य बिष्ट कुटपिटमआ उत्रिएको बताइएको छ।  वडा सदस्य बिष्टले महिलाहरुलाई गालिगलौज समेत गरेको पाइएको छ। महिला समुहले काम गरेको भएपनि  योजनाको पैसा वडा सदस्य बिष्टले नै मागेको खुलेको छ। महिला समुहका सचिवबाट उनले पैसा लगेको तर उक्त पैसाको हिसाब नबुझाएको पाइएको आरोप छ।

Read More

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत पर्ने घटाल–चिम्रिकोट सडकमा निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको छ। सुदुरपश्चिमको प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल थानलाई जोड्ने उक्त सडकको अहिले नै त्यस्तो दुर्दशा भएपछि व्यापक बिरोध हुन थालेको छ। कमसल सामग्री प्रयोग गरिएकोले काम सम्पन्न नहुँदै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ। सडको एक स्थान भाँसिएको समेत छ। उक्त भाँसिएको चिरा माटो हालेर पुर्ने प्रयास गरिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत घटाल–चिम्रिकोट सडकखण्डको १३ सय ४५ मिटर कालोपत्रेको काम धुलिखेल एलवी एण्ड एवी शिवलिङ्ग जेभीले गर्दै आएको छ। नगरपालिकाले निकालेको बोलपत्र अनुसार ४ करोड ६५ लाख २४ लाख दुई सय १८ रूपैयाँमा निर्माण कम्पनीले २०७८ माघ २५…

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक जना होटेल सञ्चालकमाथि कुटपिट भएको छ। बेलौरीको बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेश कुमार वडायकमाथि धारिलो बस्तुले प्रहार भएको बताइएको छ। वडायकको निधारमा गहिरो चोट लागेको छ। तर, कसले किन कुटपिट गरेको भन्ने त पुष्टि भएको छैन। उनले भने अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा भिडियो हाल्दै आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन्। भिडियोमा उनले बबिन भट्ट भन्ने व्यक्तिले पिटेको आरोप लगाएका छन्। उनले रातिको समयमा अचानक केही अराजक तत्त्व ‘डिआइजीको मान्छे’ भन्नेले आफूमाथि हमला गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भइसकेको बताएको छ।

Read More