Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै नियुक्त हुने भएका छन् । यद्यपि मन्त्रिमण्डल भने भोलि निर्माण हुने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने बताए । उनका अनुसार आज ४ :३० बजे दाबी पेश गर्ने तयारी गरिएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरूलाई निर्देशन दिएका थिए । उक्त दाबी पेश गर्ने गठबन्धन दलका नेताहरु काठमाडौँबाट विराटनगर जाने क्रम सुरु…

Read More

काठमाडौं: काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ । गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।

Read More

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन गएराति काठमाडौं आइपुगेका छन् । कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा राजदूत थम्पसन राति साढे १२ बजे दोहाबाट काठमाडौं आइपुगेका हुन् । उताबाट आएको सोही जहाजमा राति सवा २ बजे (उडान नम्बर क्युआर ६४५) अमेरिकी राजदूतावासमा दोश्रो वरियताका सिडिए जासोन पिटर मिक्स दोहा हुँदै अमेरिका गएको बुझिएको छ ।

Read More

धनगढी : कैलालीमा नदीमा डुुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार खेतमा रोपाई गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए । स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर बिहीबार शव भेटाएको हो । घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ३ प्रतिवादीहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश रेग्मी कुनैबेला रिट निवेदकमध्येका मिनबहादुरको कानुन व्यवसायी रहेका कारण उनी इजलासमा रहेर उक्त रिट निवेदन सुनुवाइ गर्न नमिल्ने भएको हो । ललितानिवास जग्गा अनियमिततामा मुछिएकामध्ये १७ जना आरोपितले गतवर्ष सर्वोच्च अदालत गएर अन्तरिम आदेश लिएर बसेका थिए । निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद…

Read More

सुर्खेत : सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छुइँदा करेन्ट लागेर दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा २० जना सवार रहेकोमा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन्…

Read More

धनगढीः धनगढीको तारानगरमा छुट्टाछुट्टै घरमा दुई जना मृत भेटिएका छन्। धनगढी उपमहानगरपालिका–५ को तारानगरमा डेरा गरी बस्ने २६ वर्षीया युवती गंगा भट्ट र तारानगरकै २८ वर्षीय तोयनाथ ओझा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा अस्पतालले मृत घोषणा गरेको बताए। उनकाअनुसार उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन्। तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बिहान सरसफाई गर्न उनको कोठामा प्रवेश गर्ने बेला ओझालाई मृत भेटाएपछि प्रहरीलाई खबर गरेका थिए।…

Read More

पोखरा : उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउपालिका-८ का वडाध्यक्ष राम गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कांग्रेसबाट वडाध्यक्ष बनेका गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो । तर, जाहेरी दर्ता भएपछि एमालेले वडा कार्यालय लगाएको ताला बुधबार खोलेको थियो ।

Read More

जोहानेसबर्ग ; दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार एउटा ठूलो दुर्घटना भएको छ । यहाँ शंकास्पद ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो । गौतेङ प्रान्तका सरकार प्रमुख पन्याजा लेसुफी घटनास्थलमा आइपुगेको रोयटर्सले जनाएको छ । हाल कुन ग्यास लिक भएर दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । जोहानेसबर्गको पूर्वमा बोक्सबर्ग जिल्ला नजिकै एन्जेलो भनिने एउटा बस्ती छ। यो क्षेत्र अवैध उत्खनन गतिविधि संग जोडिएको मानिन्छ। सञ्चारमाध्यमसँग कुरा गर्दै आपतकालीन सेवा एजेन्सीका प्रवक्ता विलियम एन्टलाडीले घटनास्थलमा २४ जनाको शव…

Read More

धनगढीः डिभिजन वन कार्यालय बैतडीले यस वर्ष करिब डेढ लाख बिरुवा निःशुल्क वितरण गर्दैछ। यहाँको डिभिजन वन कार्यालय र सव डिभिजनहरू कार्यालयहरूमा गरेर जिल्लाका तीन स्थानमा नर्सरी स्थापना गरेर उत्पादन गरेका बिरुवा निःशुल्क वितरण गरिन लागिएका वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। डिभिजन वन कार्यालयको नर्सरीमा ७० हजार,सव डिभिजन कार्यालय पाटनमा ४० र गोकुलेश्वरमा ३० हजार जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरिएका हुन्। नर्सरीमा उत्पादित बिरुवाहरू किसानहरूलाई वृक्षारोपणका लागि निःशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको कँडेलले बताए। जडीबुटी र फलफूलका गरि विभिन्न १० प्रजातीका विरुवा उत्पादन गरि वितरणको कार्य थालिएको छ। नर्सरीमा रिठ्ठा,चाप, ओखर, श्रीखण्ड, खर्सु, लप्सी, डालेघाँस,…

Read More