Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई निमित्त आईजीपीको जिम्मेवारी दिइएको छ। उता सशस्त्र प्रहरी बल नेपालमा भने नारायणदत्त पौडेललाई निमित्तको जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यूएनकप्स समिटमा सहभागी हुन आज (सोमबार) अमेरिका प्रस्थान गरेपछि थापा र पौडेललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। उनीहरुले प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्। गृहसचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ सम्म संचालन हुने चौथो युनाइटेड नेशन्स चिफ्स अफ पोलिस समिट (यूएनकप्स) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाले झण्डै ३० लाखको खाजा मात्रै खाएको छ । २३ लाखमात्रै आम्दानी रहेको बित्थडचिरमा एक बर्षमा ३० लाखको खाजा मात्रै खाएको महालेखाले पुष्टि गरेको छ । बित्थडचिरमा आर्थिक बर्ष २०७९/०८० मा २३ लाख ५३ हजार १४४ आन्तरिक आम्दानी हुदाँ २४ लाख ९९ हजार ९९१ को खाजा तथा खानामा खर्च गरेको छ । त्यस बाहेक पालिकाको सभा सञ्चालनको नाममा ५ लाख खर्च गरेको छ । यसरी मनोमानी ढंगले गरेको खर्चलाई अनियमिता भएको भन्दै खर्च अनुपातमा मितव्ययी हुनुपर्ने ठहर गरेको छ । गाउँपालिकाले आन्तरिक आयको १ सय २७ प्रतिशत बढी खाजामा खर्च गरेको हो । महालेखा परिक्षकको प्रतिवेदनमा…

Read More

धनगढी : धनगढीको लक्ष्मीनारायण मन्दिरले ज्येष्ठ नागरिक मुक्तिनाथ धार्मीक भ्रमण कार्यक्रममा उपमहानगरपालिकाबाट १६ लाख ७५ हजार ७२० रुपैयाँ लिएको पाइएको छ तर मन्दिरले उपमहानगरपालिकालाई खर्चको बिल नबुझाउँदा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ। लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिले १६ लाख ७५ हजार भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ। मन्दिर सञ्चालक समितिले भ्रमणका क्रममा गाडीमा इन्धन प्रयोग गरेको भनि ६ लाख ८६ हजार रकम दाबी गरि भुक्तानी लिएको तर खर्चलाई पुष्टि गर्ने इन्धनको बिल पेश नगरेको देखिएको भनिएको छ। महालेखाले पालिकाले उक्त खर्च पुष्टि गर्ने बिल पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रकम भनि उल्लेख गरेको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको हो। बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ। उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन्। असार २० गते अवकास हुने पोखरेल असार १९ पछि खाली हुने एआईजीका लागि बढुवा सिफारिस भएका हुन्। असार १९ मा एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश लिएसँगै खाली हुने पदमा उनी बढुवा सिफारिस भएका हुन्। उनै १ दिने एआईजी अवकाशमा गएपछि असार २१ मा बुद्धिराज गुरुङलाई एआईजीमा…

Read More

काठमाडौँ : सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा  विशेष पद सिर्जना गरेर सरुवा गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो। अर्याल भने आइतबार स्वत: मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको…

Read More

धनगढी : नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका कर्मचारीले दुई महिनादेखि तलब नपाएको देखिएको छ। अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगरेपछि ताब रोकिएको बताइएको छ।उनीहरूले बैशाख र जेठ महिनाको तलब नपाएको बताइन्छ। जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकीमै समस्या आएको बुझिएको छ। देशभर प्रहरी प्रधान कार्यालय, विभिन्न तालिम केन्द्र र प्रहरी कार्यालयका गरी प्रहरीले तलब पाउन नसकेका हुन्। तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले तलब नियमित पाइरहेको दाबी गरेका छन्। नेपाल प्रहरीमा झण्डै ८० हजारको दरबन्दी छ। प्रहरीमा सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् भने आईजिपीले ७२ हजार ८२ रुपैयाँ प्राप्त गर्छन्।

Read More

बैतडी  ः तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी हेमन्ती गिरी बैतडीमा मृत फेला परेकी छन्।   हेमन्तीको शव  बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो।  दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेले जानकारी दिए।  स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। यही असार ८ गते घरबाट हराएकी हेमन्ती आज फेला परेकी हुन्। मृत भेटिएकी महिला विवाहित रहेकी खुल्न आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढी : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा निकालेको छ । सशस्त्रका अनुसार साउन १ गतेदेखि लागू हुने गरी १८ एसपीको सरुवा भएको जनाइएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर डोटीमा सुधिर सुवेदी आएका छन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा कैलालीमा गोपाल अधिकारी आएका छन् । सूचीः SPDownload

Read More

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी नेहा सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने सार्कीलाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। कञ्चनपुर जिल्ला अदालतको मिति २०८० चैत्र १३ गतेको फैसलाले लागूऔषध (खैरो हिरोईन) मुद्दामा २० दिन कैद भुक्तानको सजाय सुनाएको थियो । सार्कीलाई अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान भएको प्रहरीले बताएको छ। 

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरुवा निकालेको छ । सशस्त्रका अनुसार साउन १ गतेदेखि लागू हुने गरी २३७ जना डिएसपीको सरुवा र १४ जनाको काज सरूवा गरेको छ । सुदूरपश्चिमा डिएसपी भीमबहादुर चन्द र गणेशबहादु शाह, लाई रिजर्भ गण बनबेहडाबाट वैद्यनाथ मुख्यालयमा र भुवनराज पन्त वैद्यनाथ मुख्यालयबाट रिजर्भ गण बनबेहडा सरुवा गरिएको छ । सरूवा सूचीः DSPDownload

Read More