Author: महेन्द्रनगर पोष्ट

दार्चुला: खलङ्गा–गोकुलेश्वर सडकखण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध भएको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको छ । वर्षाका कारण सडक माथिबाट खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । मंगलवार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छ्याउने काम गरेपछि लोकमार्ग सुचारु भएको बताइएको छ ।

Read More

डोटी: डोटीमा प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पस बन्ने भएको छ । प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसका लागि आधिकारिकता पाएसँगै सोमवार क्याम्पसको आधिकारिक कार्यालय पनि स्थापना गरिएको छ । हाललाई जिल्ला समन्वय समिति डोटीको भवनमा कार्यालय स्थापना गरिएको हो । परियोजना संयोजक रामप्रसाद पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको हो । उनले नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा स्नातक तहको इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने भन्ने व्यवस्था भएको र सोही अनुसार सुदूरपश्चिम प्रदेश स्तरको क्याम्पस डोटीमा स्थापना हुन लागेको बताए । असार १२ गते बसेको त्रिभुवन विश्वविद्यालयको सभाले उक्त क्याम्पसको नाम…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत फेला परेका हुन् । उनी वेदकोट–३ स्थित अनमोल होटेल नजिक पानीको खाल्डोमा डुबिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने धनगढी आएका छन् । उनी श्रीमती निकिता पौडेलसहित मंगलवार धनगढी आएका हुन् । धनगढी आएका उनी आजै बाजुरातिर लागेका छन् । बाजुराबाट नारी टिभीको प्रशारण बुधवारबाट सुरु हुने र सो कार्यमा सघाउन तथा पत्नी निकितालाई साथ र हौसला दिन आजै बाजुरातिर लागेको पनि रविले जनाएका छन् । भोलिदेखि बाजुराको बुढिगंगा नगरपालिकाबाट नारी टिभिको नियमित प्रशारण सुरु हुने बताइएको छ ।

Read More

धनगढी: इन्सेकले दार्चुलाका नरेन्द्रसिंह कार्कीलाई सम्मानित गरेको छ। आज (मंगलबार) धनगढीमा एक कार्यक्रमकाबीच कार्कीलाई सम्मान गरिएको हो। पत्रकारसमेत रहेका इन्सेकका दार्चुला प्रतिनिधि कार्कीलाई उत्कृष्ट काम गरेको भन्दै इन्सेकले सम्मान प्रदान गरेको हो। उनलाई नगद तथा प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ।

Read More

धनगढी: सशस्त्र प्रहरीका निरीक्षक सुवास पहाडीले कैलालीमा सशस्त्रले अपराध न्यूनीकरणमा उल्लेख्य काम गरेको बताएका छन्। आज (मंगलबार) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। नम्बर ३४ गणमा कार्यरत उनले सशस्त्र प्रहरी सीमामा हुने अपराध न्यूनीकरणमा पहरेदार नै बनेको बताए। यस्तै उनले मानव अधिकार र कानुनविपरीतका कुरामा सशस्त्रले शुन्य सहनशीलता अपनाएको पनि दाबी गरे।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले कैलाली कारागारको अवस्था नाजुक रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या रहेको बताए। जसका कारण प्रहरी, प्रशासनमाथि समेत बेलाबखतमा प्रश्न सिर्जना हुने गरेको उनको जिकिर छ। यस्तै कारागारभित्र कैदीलाई सुत्नै समेत ठाउँ नभएको उनको दाबी छ। सो समस्या समाधानका लागि सबै सरोकारवाला लाग्नुपर्ने उनको भनाई छ।

Read More

दार्चुला: सोमबार रातिको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। रातिको वर्षाले सडक माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैबाट उक्त सडक खण्डको पनेबाजदेखि ऐरिछानासम्मको सडक अवरुद्ध भएको हो। प्रहरीका अनुसार उक्त सडक खण्डको विभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ। पहिराको कारण मंगलबार जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन्।

Read More

धनगढीः कैलालीका एक युवकको दार्चुलामा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। सोमवार विहान उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर—९ गोकुलेश्वर बजारमा डेरा गरी बस्दै आएका थिए। घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

बारा: बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका–२ श्रीनगर बैरियामा एकल महिलामाथि निर्धात रूपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ। स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवादेवी लोहारिनलाई बोक्सी आरोपमा आइतबार राति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन्. बोक्सी आरोपमा महिलामाथि कुटपिट हुँदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजीव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपित ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन्। कुटपिटबाट लोहारिनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

Read More