Author: महेन्द्रनगर पोष्ट

अर्घाखाँची: अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । पाणिनि–१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए । साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए । घरमा छ जना बस्दै…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गरे । “मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ”, उनले भने । राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे । देश आर्थिक हिसाबले समस्यामुक्त नभएको भन्दै उनले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने…

Read More

काठमाडौँ: महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । “विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्”, उनले भने– “अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।” वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका…

Read More

महेन्द्रनगरः कञ्चनपुर लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयको प्रधानाध्यापकका रूपमा रामवती राना थारूले जिम्मेवारी सम्हालेकी छन्। विगत आठ वर्षदेखि उक्त पदमा रहेकी उनी थारू समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन्। ‘बाल विकास शिक्षकमा नियुक्त भई ०७२ सालदेखि प्रधानाध्यापकका रूपमा काम गरिरहेकी छु,’ उनले भनिन्, ‘विद्यार्थी, प्रशासन र अभिभावकबीच सहकार्य गर्न सहज र चुनौतीपूर्ण दुवै छ।’ उनले नेतृत्व गरिरहेको विद्यालयमा हाल १८८ विद्यार्थी तथा १२ शिक्षक र कर्मचारी छन्। ‘विद्यालयको आयस्रोत कम हुँदा जेनतेन निजी स्रोतका शिक्षकलाई तलब सुविधा पु¥याउन सकिएको छ,’ उनले भनिन्, ‘तीन शिक्षकका लागि स्थायी दरबन्दी भए पनि बाँकीलाई निजी स्रोतबाट टिकाउन गाह्रो छ।’ भौगोलिक रूपमा…

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक किशोरीमाथि बलात्कार गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरीले दोधारा चाँदनी नगरपालिका–९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई पक्राउ गरेको हो । आइतवार राति दोधारा चाँदनी–५ स्थित प्रकृति शुद्ध डेरीको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष ओम बस्नेतलाई राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । नेकपा (एमाले)को पछिल्लो जिल्ला बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । एमालेका युवा नेता बस्नेतलाई जिल्ला सचिवालय सदस्यमा मनोनित गर्दै युवा फाँट प्रमुखको समेत जिम्मेवारी दिइएको छ । केही समयदेखि इन्चार्जविहीन रहेको युवा संघ कञ्चनपुरको जिम्मेवारी बस्नेतले पाएसँगै सो संगठनले गति लिने अपेक्षा गरिएको छ ।

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सागर ढकाल आफ्नो पार्टी भन्दा बाहिर नरहेको दाबी गरेका छन् । गत मंसिरमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकाल रास्वपा भन्दा बाहिर नरहेको दाबी गरेका हुन् । धनगढी विमानस्थलमा पत्रकारले सागर ढकाललाई भित्र्याउने तयारीमा हो रु भन्दै राखेको जिज्ञाशामा लामिछानेले भने, ‘उहाँ कहाँ बाहिर हुनुहुन्छ नी । हामीसँगै हुनुहुन्छ ।’

Read More

दार्चुला: खलङ्गा–गोकुलेश्वर सडकखण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध भएको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको छ । वर्षाका कारण सडक माथिबाट खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । मंगलवार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छ्याउने काम गरेपछि लोकमार्ग सुचारु भएको बताइएको छ ।

Read More

डोटी: डोटीमा प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पस बन्ने भएको छ । प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसका लागि आधिकारिकता पाएसँगै सोमवार क्याम्पसको आधिकारिक कार्यालय पनि स्थापना गरिएको छ । हाललाई जिल्ला समन्वय समिति डोटीको भवनमा कार्यालय स्थापना गरिएको हो । परियोजना संयोजक रामप्रसाद पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको हो । उनले नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा स्नातक तहको इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने भन्ने व्यवस्था भएको र सोही अनुसार सुदूरपश्चिम प्रदेश स्तरको क्याम्पस डोटीमा स्थापना हुन लागेको बताए । असार १२ गते बसेको त्रिभुवन विश्वविद्यालयको सभाले उक्त क्याम्पसको नाम…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत फेला परेका हुन् । उनी वेदकोट–३ स्थित अनमोल होटेल नजिक पानीको खाल्डोमा डुबिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More