Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत फेला परेका हुन् । उनी वेदकोट–३ स्थित अनमोल होटेल नजिक पानीको खाल्डोमा डुबिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने धनगढी आएका छन् । उनी श्रीमती निकिता पौडेलसहित मंगलवार धनगढी आएका हुन् । धनगढी आएका उनी आजै बाजुरातिर लागेका छन् । बाजुराबाट नारी टिभीको प्रशारण बुधवारबाट सुरु हुने र सो कार्यमा सघाउन तथा पत्नी निकितालाई साथ र हौसला दिन आजै बाजुरातिर लागेको पनि रविले जनाएका छन् । भोलिदेखि बाजुराको बुढिगंगा नगरपालिकाबाट नारी टिभिको नियमित प्रशारण सुरु हुने बताइएको छ ।

Read More

धनगढी: इन्सेकले दार्चुलाका नरेन्द्रसिंह कार्कीलाई सम्मानित गरेको छ। आज (मंगलबार) धनगढीमा एक कार्यक्रमकाबीच कार्कीलाई सम्मान गरिएको हो। पत्रकारसमेत रहेका इन्सेकका दार्चुला प्रतिनिधि कार्कीलाई उत्कृष्ट काम गरेको भन्दै इन्सेकले सम्मान प्रदान गरेको हो। उनलाई नगद तथा प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ।

Read More

धनगढी: सशस्त्र प्रहरीका निरीक्षक सुवास पहाडीले कैलालीमा सशस्त्रले अपराध न्यूनीकरणमा उल्लेख्य काम गरेको बताएका छन्। आज (मंगलबार) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। नम्बर ३४ गणमा कार्यरत उनले सशस्त्र प्रहरी सीमामा हुने अपराध न्यूनीकरणमा पहरेदार नै बनेको बताए। यस्तै उनले मानव अधिकार र कानुनविपरीतका कुरामा सशस्त्रले शुन्य सहनशीलता अपनाएको पनि दाबी गरे।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले कैलाली कारागारको अवस्था नाजुक रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या रहेको बताए। जसका कारण प्रहरी, प्रशासनमाथि समेत बेलाबखतमा प्रश्न सिर्जना हुने गरेको उनको जिकिर छ। यस्तै कारागारभित्र कैदीलाई सुत्नै समेत ठाउँ नभएको उनको दाबी छ। सो समस्या समाधानका लागि सबै सरोकारवाला लाग्नुपर्ने उनको भनाई छ।

Read More

दार्चुला: सोमबार रातिको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। रातिको वर्षाले सडक माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैबाट उक्त सडक खण्डको पनेबाजदेखि ऐरिछानासम्मको सडक अवरुद्ध भएको हो। प्रहरीका अनुसार उक्त सडक खण्डको विभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ। पहिराको कारण मंगलबार जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन्।

Read More

धनगढीः कैलालीका एक युवकको दार्चुलामा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। सोमवार विहान उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर—९ गोकुलेश्वर बजारमा डेरा गरी बस्दै आएका थिए। घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

बारा: बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका–२ श्रीनगर बैरियामा एकल महिलामाथि निर्धात रूपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ। स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवादेवी लोहारिनलाई बोक्सी आरोपमा आइतबार राति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन्. बोक्सी आरोपमा महिलामाथि कुटपिट हुँदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजीव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपित ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन्। कुटपिटबाट लोहारिनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी: परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताएका छन्। हिजो धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राखे। उनले भने, ‘चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।’ मन्त्री साउदले यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति हुनु ऐतिहासिक उपलब्धि भएको बताए। बिजुलीको बजार उपलब्ध भएको र अब त्यस अनुसारको काम गर्न सक्नुपर्ने उनले बताए। उनले बङ्गलादेशमा पनि ५० मेगावाट बिजुली बेच्ने सहमति हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले भारतले चाँडै छोटो एयर रुट दिन सहमति…

Read More

कैलाली: कैलालीको जोशीपुर गाउँपालिका-३ फाडियास्थित सरस्वती मावि लक्कड-मनिकापुरमा प्रधानाध्यापक को बन्ने विषयमा विवाद भइरहेको छ। विद्यालयका प्रधानाध्यापक मोहनलाल कुस्मी केही समय पहिले सेवा निवृत्त भएपछि विवाद भएको हो। उनी विद्यालयकै शिक्षक धनबहादुर चौधरीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर सेवाबाट बिदा लिएका थिए। तर, जुनियरले जिम्मेवारी पाएको भन्दै विद्यालयका शिक्षकहरूले नै असन्तुष्टि जनाए। उनीहरूले धनबहादुरको स्थानमा विश्वनाथ शाहले जिम्मेवारी पाउनुपर्ने भन्दै विवाद गरे। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कैलाश डगौराले पनि उनीहरूकै पक्ष लिएका छन्। त्यस्तै जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले समेत अनावश्यक हस्तक्षेप गरेको डगौराले बताए। उनले सादा पानामा हस्ताक्षर गरेर धनबहादुरका नाममा सहमति जनाउन दबाव दिएको बताइएको छ। उनी भन्छन्, ‘उहाँले…

Read More