Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा प्रहरीले भन्सार छलीका सामान फेला पारी नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका चिनी, पास्ता, नरिवल, बिडी, साबुन लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । अन्दाजी १५ हजार मूल्य बराबरका ती सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Read More

छेन्दु: जनवादी चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कानले आज भेट गरेका छन् । छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रंशसा गरे। उनले आगामी दिनमा विभिन्नस्तरबाट नेपाल–चीन सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा चीन सदैव उभिँदै आएको स्मरण गर्दै नेपालको विकासमा चीनको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरे । भेटमा महासचिव कानले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नजिक ल्याउन…

Read More

काठमाडौँ: आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

गोरखा: गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउँदै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए । “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उनले भने, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।” धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने…

Read More

बैतडी: पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरामा गएराति पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रुपमा सुचारु भएको हो । एकतर्फी रुपमा सडक सुचारु भइसकेको र दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

Read More

धनगढी: धनगढी उप–महानगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू हस्तान्तरण गरेको छ । उपमहानगरले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर धनगढी कैलालीलाई विपद व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो । उपमहानगरले आज २०/२० ओटा लाइफ ज्याकेट, २०/२० ओटा नै हेलमेट, १५/१५ जोर गमबुट (पानी बुट), १५/१५ ओटा स्टेक्चर, १/१ हेन्ड माइक र १५/१५ ओटा फलामको बाल्टी हस्तान्तरण गरेको हो ।

Read More

काठमाडौँ: सुदूरपश्चिमका तीन पहाडी जिल्लामा सडक अवरुद्ध भएका छन् । बैतडी, दार्चुला र अछामका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । प्रहरीका अनुसार बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरास्थित सडकमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अन्तर्गतको खोड्पे बझाङ सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–६, पनेबाँज र मालिकार्जुन गाउँपालिका४ तेर्छालेकमा पहिरो जाँदा गोकुलेश्वर–दार्चुला हाईवे सडकखण्ड अवरुद्ध भएको छ । अछामको बान्निगढीजयगढ गाउँपालिका-४ कचरेटी खोला भन्ने स्थानमा पहिरो जाँदा मंगलसेन–साँफे सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध रहेका सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।

Read More

काठमाडौँ: आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा…

Read More

बैतडी: बैतडीमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। असार १० गते सम्मको तथ्यांक अनुुसार जिल्लामा ७० प्रतिशत रोपाइँ  सम्पन्न भएको हो। कृषि ज्ञान केन्द्र बैतडीले सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको बताएको छ। बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न शुरु गरिएको र असारभित्रै रोपाइँ सकिने चन्दले बताए। आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा बर्षा शुरु भएसंगै रोपाइँको चटारो बढेको उनले बताए।  बैतडीमा ९ हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ। धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ। 

Read More

पिथौरागढ: भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ।  यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन्। जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ। यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर छ। जहाँसम्म पुग्नका लागि अब दुइवटा बाटो बनाउने तयारी गरिएको भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ । सो मिडियाका अनुसार यो नयाँ दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका हुन्। गाउँलेको जानकारीमा अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्था, दर्शनस्थलसम्म पुग्ने बाटोलगायत अन्य व्यवस्थाको सर्वेक्षण गरिसकेको छ। उनीहरुले पर्यटन मन्त्रालयमा प्रतिवेदन पनि बुझाउँदै…

Read More