Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा उपचारका लागि गएकी महिलालाई मेडिकलभित्रै बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिँह महरा पक्राउ परेका हुन् । महराले खुट्टाको उपचार गर्न गएकी महिलालाई आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

धनगढीः धनगढीको मुख्य सडक शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज सडकको शिलान्यास गरेका हुन् । उक्त कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा वैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरी प्रदेश सरकारले ठेक्का सम्झौता गरेको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाले ४२८ जना घरधनीलाई सम्मान गरेको छ । आफ्नो घर आफै भत्काएर सडक निर्माणमा सहयोग गर्ने घरधनीलाई उपमहानगरले सम्मान गरेको हो ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । गएराति टीकापुर नगरपालिका–२ बाट टीकापुर–५ का २० वर्षीय विशाल चौधरी र १८ वर्षीय लोकेन्द्र चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथमा एक ग्राम ३७० मिलिग्राम लागुऔषध फेला पारी इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको बताइएको छ ।

Read More

धनगढी: धनगढीमा ५ किलो चरेश बेवारिसे अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँमा बेवारिसे अवस्थामा ५ किलो अवैध लागुऔषध चरेश बरामद गरेको हो । प्रहरीका अनुसार चरेश कपडाले बेरेर पोको पारी राखिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी बलको डिपो बजारस्थित बोर्डर आउट पोष्ट (बिओपी)ले बरामद गरेको उक्त चरेश नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

Read More

धनगढीः कैलालीमा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको मृत्यु भएको हो । गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेल्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

धनगढीः कैलालीमा राँगाले तानिरहेको गाडासँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असिम राजबंशी र मोटरसाइकल पछाडि सवार २७ वर्षीय बिजेन्द्र चौधरी रहेका प्रहररीले बताएको छ । सोमवार राति घोडाघोडी नगरपालिका–१० सशस्त्र बेश क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से.५प ७५७८ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किएको थियो । मोटरसाइकल चालक राजवंशीको घोडाघोडी अस्पताल सुखड र पछाडि सवार चौधरीको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडा चलाइरहेका घोडाघोडी–१० का ६० वर्षीय कलेसु चौधरी भने सकुशल रहेका बताइएको छ ।

Read More

काठमाडौँ: काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । रासस

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको बताइएको छ । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी तुलसी कोलीका छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी बैतडी घर भई हाल गड्डाचौकी माइती घरमा बस्दै आएकी छिन् । घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका आरबको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा: झापा स्थित पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ । गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस

Read More