Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तह आगामी आर्थिक वर्षको बजेट अझै ल्याउन सकेका छैनन्।८८ स्थानीय तहमध्ये २ पालिका निर्धारित समयमा बजेट ल्याउन असफल भएका हुन्। असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था भएपनि दार्चुलाको शैल्यशिखर नगरपालिका र बझाङको थलारा गाउँपालिकाबजेट ल्याउन सकेका छैनन्।  शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जनप्रतिनिधिबीच बजेटमा देखिएको पुरानो दायित्व विषयमा छलफल तथा समझदारी हुन नसक्दा निर्धारित समयमा बजेट आउन नसकेको बताए। उनले बजेट पेश हुन अझै २/३ लाग्ने बताए। उता बझाङको थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले बजेट प्रस्तुत गर्नुभन्दा त्यसको पूर्वसन्ध्यामा प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले केही वडाध्यक्षमाथि अभद्र व्यवहार गरेपछि उत्पन्न…

Read More

काठमाडौं: सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो ।  शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान जारी छ ।  बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।  उनलाई मंगलबार अदालतमा उपस्थित…

Read More

धनगढीः  बझाङमा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादि पक्राउ परेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ का २६ वर्षीय उज्जल खड्कालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिईएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो। खड्कालाई आवश्यक कारवाहीका जिल्ला अदालत बझाङमा बुझाईएको प्रहरीले जनाएको छ।

Read More

बैतडी: मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन्। मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन्। जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र जिल्लाका स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनका अनुसार हालसम्म तीन स्थानीय तहले मात्रै पूर्व तयारीसम्बन्धी योजना तर्जुमा गरी पठाएका छन्। “पालिकाको सेवा क्षेत्रभित्र…

Read More

महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसन अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ। आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुर्व्यसन अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त)मा सुदूरपश्चिममा प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा सात सय ५४ जनालाई पक्राउ गरेको छ। जसमा १७ जना भारतीय नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशमा लागुऔषध मुद्दामा दुई सय ७० जना पक्राउ पर्नुका साथै सोसम्बन्धी एकसय ७१ मुद्दा दर्ता भएका थिए। पछिल्लो समय…

Read More

डडेल्धुरा: ५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरामा सबै स्थानीय तहले बजेट ल्याइसकेका छन्। २ नगरपालिकामध्ये जिल्लाको भित्री मधेसमा रहेको परशुरामको बजेट सदरमुकाम रहेको अमरगढीभन्दा बढी रहेको छ। भौगोलिक क्षेत्रफलले ठूलो रहेको परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८० करोड ९५ लाख १२ हजारको बजेट ल्याएको छ। सोमबार १३औँ नगरसभामा नगर उप-प्रमुख विमला कुमारी बोहरा(महता) ले राजश्व र व्ययकाे अनुमानित विवरण प्रस्तुत गरेकी हुन्। जसमध्ये आर्थिक विकासतर्फ २ करोड ३० लाख, सामाजिक विकासतर्फ ३८ करोड ५३ लाख ६१ हजार, सामाजिक सुरक्षातर्फ १४ करोड ९३ लाख, पूर्वाधार विकासतर्फ १२ करोड १७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ९ करोड ९३ लाख,…

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी,  बागमती , गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ। राति भने कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित…

Read More

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्। किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ। विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको हो । विशेष अदालतका अनुसार उनलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ। विशेषका अध्यक्ष शालिग्राम पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासबाट यस्तो फैसला भएको हो। इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारणका लागि आइतबारको पेसी राखिएको…

Read More

कञ्चनपुर : कञ्चनपुरमा अबैध बोईलर कुखुरा बरामद गरी नष्ट गराईएको छ । जिल्ला बेलौरी न.पा.६ भुराकोट स्थित ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको २४ हजार मुल्य बराबरको अबैध बोईलर कुखुरा बरामद गरी स्थानिय प्रतिनिधि,क्वारेन्टाईन बेलौरीका प्रतिनिधी र पत्रकारहरुको रोहवरमा नष्ट गराईएको हो ।

Read More

काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा।आरजू राणा देउवा जापान प्रस्थान गरेकी छन् । उनी आज बेलुकी सवा ७ बजे काठमाडौंबाट सिओल हुँदै कोरियन एअरको उडान नम्बर केई ६९६ बाट टोकियो गएकी हुन् । यसअघि श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि गत शुक्रबार मात्र नेपाल फर्केकी राणा आज एकाएक जापान गएकी हुन् । झण्डै एक वर्षअघि पनि उनी फलोअपको लागि त्यतै गएकी थिइन् । आमा टोकियोमा नेपाली राजदूत छँदा उनको हिपको हड्डीको उपचार गरिएको थियो । अहिले त्यही देखाउन जापान जानु परेको बताइन्छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुवसु) छन् ।…

Read More