डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तह आगामी आर्थिक वर्षको बजेट अझै ल्याउन सकेका छैनन्।८८ स्थानीय तहमध्ये २ पालिका निर्धारित समयमा बजेट ल्याउन असफल भएका हुन्।
असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था भएपनि दार्चुलाको शैल्यशिखर नगरपालिका र बझाङको थलारा गाउँपालिकाबजेट ल्याउन सकेका छैनन्।
शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जनप्रतिनिधिबीच बजेटमा देखिएको पुरानो दायित्व विषयमा छलफल तथा समझदारी हुन नसक्दा निर्धारित समयमा बजेट आउन नसकेको बताए। उनले बजेट पेश हुन अझै २/३ लाग्ने बताए।
उता बझाङको थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले बजेट प्रस्तुत गर्नुभन्दा त्यसको पूर्वसन्ध्यामा प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले केही वडाध्यक्षमाथि अभद्र व्यवहार गरेपछि उत्पन्न विवादले बजेट प्रस्तुत हुन नसकेको उनले बताए। उनले पनि २/३ भित्र बजेट ल्याउने बताएका छन्।