Author: महेन्द्रनगर पोष्ट

बाजुरा: बाजुरामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको खप्तड छेडेदह गाउँपालिका ४ की संगीता बोगटीको मृत्यु भएको हो । हिजो साँझ खप्तड छेडेदह ३ र ४ को सीमानामा रहेको बार्जुगाड खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनी खोला तर्ने क्रममा बगेकी र झण्डै ३० मीटर तल मृत फेला परेकी प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: सामाजिक सञ्जाल फेसुबकबाट आफूलाई विदेशी नागरिक बताई मायामा पारी रकम ठगी गर्ने चण्डिका पोखरेल पक्राउ परेकी छिन् । पीडितलाई विभिन्न प्रलोभनमा पारेर पार्सलका नाममा रकम ठगी गर्ने ललितपुरकी ४० वर्षीया पोखरेल पक्राउ परेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले पीडितलाई आफू बेलायतको नागरिक भएको र आफ्नो नाम एलभिस मार्टिन बताएकी थिइन् । पीडितलाई फोटो पठाउन लगाई माया गर्छु, नेपाल आई विवाह गरी लैजान्छु भनी फसाएकी थिइन् । यसरी मायाको लोभमा ह्वाट्सएपमा पनि विदेशी नम्बरबाट नै एड गरी उपहार पठाइदिन्छु, सुनका गरगहना, घडी, आईफोन डलर सहितको लगेज पठाई दिएको छु भनी पीडितलाई प्रलोभनमा पारेकी थिइन् । यसपछि…

Read More

धनगढीः सुदूरपश्चिमका साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी (प्रभात) लाई दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको छ । लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार प्रदान गरिने भएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले असार २९ गते भानु जयन्तीका दिन उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव कविराज न्यौपानेले बताए । २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०७९ सालका विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको छ ।

Read More

धनगढी: दार्चुलाका एक वडाध्यक्षको निधन भएको छ। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको निधन भएको हो। वडाध्यक्ष मनोरथ भट्टको सोमबार बिहान निधन भएको प्रहरीले जानकारी दिएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि भट्ट जिल्ला अस्पताल दार्चुला गएका थिए। जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। तर भट्टलाई सोमबार बिहान धनगढी ल्याउने क्रममा निधन भएको प्रहरीले जनाएको छ। शैल्यशिखर नगरपालिकाको बगौरामा उनको निधन भएको बताइएको छ। भट्टको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। उनको आजै दाहसंस्कार हुने पारिवारिक स्रोतको भनाई छ। भट्ट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। दुहुँ गाउँपालिकाले वडा अध्यक्षको…

Read More

धनगढीः टिकटकमा लाइभ बसेर लाखौँ कमाउने गरेको बताउने कञ्चनपुरको महेन्द्रनगरका अंश बर्माको टिकटक अकाउन्ट बन्द भएको छ । २.१ मिलियन फलोअर्स रहेको तीन वर्षअघि खोलेको उक्त अकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ अकाउन्ट खोलेका छन् । बर्माले टिकटक लाइभ बसेरै महिनामा २५ लाखभन्दा बढी कमाउने गरेको बताउने गरेका थिए । उनले लाइभ बसेरै कमाएको पैसाले एउटा कार, महेन्द्रनगर र काठमाडौँमा एउटा एउटा घर किनेको र सामाजिक सेवामा खर्च गर्ने गरेको बताउने गरेका छन् ।

Read More

कैलाली: कैलालीको मोहन्याल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका छन् । गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा कुटाकुट भएको हो । गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुँदै गर्दा स्थानीयसहित केही अराजक तत्त्वले आक्रमण गरेको बताए । उनले स्थानीयको आक्रमणबाट आफ्नो हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका बताए । राति भागाभागको स्थिति आएकाले कसलाई कति चोट लागेको छ भन्ने यकिन भइनसकेको अध्यक्ष उपाध्यायले बताए । त्यस्तै, ढुंगामुडा समेत प्रहार गरिँदा गाउँपालिकाको नवनिर्मित भवन र प्रहरी चौकीमा समेत क्षति भएको बताइएको छ । हाल खिमडीमा रहेको…

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका- ४ बुढीतोलामा कार र ट्रक एक आपसमा ठोक्किएका छन्। आज सोमबार बिहान नेपाली नम्बर प्लेट ना६ख ६३९३ नम्बरको ट्रक र भारतीय युके १८जे ९४५६ नम्बर प्लेटको कार एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा कार चालक र कारमा सवार एकजना गरि भारतीय नागरिक घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि अवरोध भएका भीमदत्त राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीको मनेहरा र जुगेडाका ३ जना युवा लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा गाँउका ३५ वर्षीय शेर बहादुर भण्डारी र २७ वर्षीय राकेश भट्टलाई लागुऔषधसहित आइतबार पक्राउ गरिएको हो। भण्डारीले संचालन गरेको दुर्गेश्चरी मासु पसलमा शंका लागि चेकजाँच गर्दा १ ग्राम लागुऔषध फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। यसैगरि आइतबार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहरा का २५ वर्षीय गोबिन्द राना लागुऔषधसहित पक्राउ परेका छन्। उनलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ७ मिलिग्राम लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको  टोलीले नियन्त्रणमा लिएको हो।…

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका १० परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन्। बस्तीमा नल्का गाड्न नसक्दा खत्रीटोलका वासिन्दा गौंडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन्। खोला छेउ सानो खाल्डो खनेर टोलका वासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन्। वर्षौं पहिले दातृ निकायले टोलमा गाडेको नल्काबाट पानी आउन छाडेपछि खोलाको पानी पिउँदै आएको स्थानीय भक्तबहादुर खत्रीले बताए। ‘टोलमा बसोबास गर्ने सबै परिवारको आर्थिक अवस्था नाजुक छ,’ उनले भने, ‘मजदुरी गरेर चुलोमा आगो बल्ने गरेको छ, नल्का गाडने पैसा जुटाउन नसक्दा खोलाको पानी पिउनुपरेको छ, १५० फिटभन्दा तलसम्म नल्का गाड्नुपर्छ। त्यसका लागि १ लाखभन्दा बढी खर्च हुन्छ,…

Read More

काठमाडौँ: लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ। रोमनियामा जुन २५ गते अर्थात् हिजो आइतबार उक्त कार्यक्रम भएको थियो। यस घटनाबारे आधिकारिक जानकारी आउन बाँकी छ।

Read More