Author: महेन्द्रनगर पोष्ट

धनगढी – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को बर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको बर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल बर्ष खेलाडी पुरुष र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक बर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । संजीवनी अस्पताल बर्षको उत्कृष्ट खेलाडी पुरुष तर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् । पार्कीले ९ औं राष्ट्रिय खेलकुदमा एक सय मिटरमा २३ बर्ष पुरानो किर्तिमान भंग गर्दै…

Read More

सुनसरी : तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी दिए ।  धनकुटाको साँगुरीगढी गाउँपालिका र शाहिदभूमि गाउँपालिकाको सिमानामा रहेको सफाया भन्ने स्थानको पुलको सर्भे गर्ने क्रममा उनलाई बगाएको दंगालले जानकारी दिए । पाँचजना विद्यार्थी सर्भेमा खटिएका बेला उनलाई बगाएको र खोजीकार्य भइरहेको उनले बताए । ‘विद्यार्थी बगाएको खबर आएपछि गाउँले र सँगै रहेका विद्यार्थीले खोजीकार्य गरिरहेका छन्,’ उनले भने, ‘हामीलाई विद्यार्थी बगाएको खबर आएपछि उद्धारका लागि पहल गरिरहेका छौँ ।’ विद्यार्थी खत्रीको उद्धारका लागि सम्बन्धित् पक्षले सक्रियता देखाइदिन उनले…

Read More

दाङ : दाङमा शिक्षा अधिकृतमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेको बताइएको छ । पालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष वलीले हिजो दिउँसो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा विवाद हुँदा शिक्षा अधिकृत पाण्डेमाथि कुटपिट गरेका थिए । पाण्डेले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि वडाध्यक्ष वलीलाई पक्राउ गरिएको एसपी वलीले बताए ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए । ‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही…

Read More

डोटी: इलाका प्रहरी कार्यालय दिपायल, डोटीका प्रहरी नायब निरीक्षक रुपसिंह थापाको बिदाइ गरिएको छ । सेवाको ३० वर्षको अवधिपछि नेपाल प्रहरीबाट उनी अनिवार्य अवकाशमा परेसँगै बिदाइ गरिएको हो । विसं २०५० सालमा नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्त भएका थापा इप्रका दिपायलका प्रमुख थिए । उनले देश र नागरिकको सेवाका लागि आफू प्रहरी सेवामा आएको र ३० वर्षे सेवापछि आज बिदाइ भएको बताए । अबको बाँकी जीवन समाजसेवामा बिताउने उनको भनाइ छ ।

Read More

काठमाडौँ : वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिले आफ्नो आम्दानीको स्रोतका रूपमा रहेको काठ, दाउरा बिक्री गर्न नसकेपछि गएको भदौदेखि आफ्ना कर्मचारीलाई तलब प्रदान गर्न सकेका छैनन्। आफ्नो उत्पादित वन पैदावार बिक्री गरी कर्मचारीको तलब भत्ता बेहोर्दै आएको समितिले गएको असार १६ मा ल्याइएको नयाँ वन नियमावलीको परिभाषाअनुसार काठ, दाउरा बिक्री गर्न नसकेपछि समस्या उत्पन्न भएको जनाएको छ । समितिअन्तर्गतका सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षारोपण आयोजनाबाट उत्पादन हुने टिक, सिसौँ, कर्मा, जामुन, अस्ना, टुनी, शिरिष, भुडकुल, गुटेल, बाँझीआदि प्रजातिका बल्लाबल्लीको राजस्व दर नयाँ वन नियमावलीमा उल्लेख गर्न छुट भएकाले बिक्री वितरणमा समस्या आएको समितिको भनाइ…

Read More

दार्चुला: दार्चुलामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट १८ वर्षीया हेमन्ती जोशीको मृत्यु भएको हो । उनलाई आज बिहान घरको कोठाभित्रै सर्पले टोकेपछि वैद्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ ।

Read More

काठमाडौँ: १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार नागार्जुन नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम सिलवाल पक्राउ परेका हुन् । सिलवालले गत सोमवार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ। सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

काठमाडौँ: बाराको कलैया उपमहानगरपालिका २३ का वडा सदस्य राजेश शाहलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेको घटना सार्वजनिक भएको छ । शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका वडा सदस्य शाहलाई अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले कुटपिट गरेको घटना सार्वजनिक भएको हो । यादवले प्रहरीको एआईजी मिरा चौधरी भएसम्म आफूलाई केही गर्न सक्दैन भन्दै धम्की दिएको पनि पीडित शाहले बताएका छन् । प्रदेश सभा सदस्य महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख विनोद शाह नेतृत्वको टोलीले वडा सदस्यलाई बिना कारण कुट्ने प्रहरी सहायक निरीक्षक यादवलाई कारबाही गर्न बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीसँग माग गरेका छन् । प्रहरी उपरिक्षक…

Read More

काठमाडौँ: लोक सेवा आयोगको परीक्षामा चिट चोर्ने एक महिलालाई कारबाही गरिएको छ । शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीलाई कारबाही गरिएको हो । उनलाई आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाइएको छ । परीक्षामा पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ । सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ ९क० बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारबाही गरिएको आयोगले जनाएको छ ।

Read More