दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । मंगलबार बिहान घाँस काटेर घर फर्कँदै गर्दा भिरबाट खसेको ढुंगा लागेर जिल्लाको नौगाड गाउँपालिका–५ भिडकी ३५ वर्षीया पुतली धामी गम्भीर घाइते भएकी हुन् । स्थानीय श्याम धामीका अनुसार उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।
Author: महेन्द्रनगर पोष्ट
बाजुरा: बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मङ्गलबार बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी र कालिकोटको कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । अक्सिजन अभावका कारण बडीमालिकाको त्रिवेणी धाममा लडेर घाइते भएका दुबै जनालाई नेपाली सेनाको एनए ०६१ बेल को हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । त्यस्तै, धामी भने जिल्ला अस्पताल बाजुरामा उपचारपछि निको भएर फर्किसकेकी बताइएको छ । तस्बिर : सङ्गीता तिमिल्सेना
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका छन्। आज मंगलबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा।’ उनले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताएका छन्। आफ्नो पराइ भनेर विभेद नगरेको र भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्ने उनको भनाइ छ।
कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–११ रामजानकी मन्दिरमा बस्दै आएका बझाङ केदारस्यु गाउँपालिका–८ का ७६ वर्षीय रामदत्त जोशी मृत फेला परेका हुन् । मन्दिरको धुनिघरको पछाडीपट्टीको धारामा सोमबार उनको शव फेला परेको बताइएको छ ।
मान्म: धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् । हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडीमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । “बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदाइ गरिएको छ”, उनले भने “बडीमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडीमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने…
भजनी: रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ रु ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले रु ३० लाख ८१ हजार अर्थात् ४४ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५०…
कञ्चनपुर: कञ्चनपुरमा डेंगु संक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाकोे बेलौरी नगरपालिका–८ पचुइ, स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। अत्यधिक ज्वरो आएपछि उयपचारका लागि धनगढी लगिएका उनको गएराति मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए ।
धनगढी: धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रियापछि ज्यान गुमाएका कञ्चनपुरको बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको शव बुझिएको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच सोमबार अबेर राति क्षतिपूर्ति वापत २२ लाख रुपैयाँ दिने र डाक्टरलाई कारवाहीका लागि सिफारिस गर्ने सहमतीपछि चौधरीको शव बुझिएको हो । बाँया मृर्गौलाको पत्थरीको शल्यक्रियापछि अत्यधिक रक्तश्राव हुुँदा डाक्टरले मृर्गौला झिकेपछि चौधरीको मृत्यु भएपछि क्षतिपूूर्ति र कारवाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । उनीहरुले क्षतिपूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने अडान राखेपछि सहमती हुन सकेको थिएन तर सोमबार राति २२ लाखमा कुरा मिलेको अस्पताल स्रोतले जनाएको छ । ‘उहाँहरुले एक करोड रुपैयाँ माग…
टीकापुर: कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्याएको बताए । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ”, उनले भने, “धानबाली पसाउन थालेको छ । यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।” छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताए । “केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे”, उनले…
धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग १० बजेदेखि बन्द हुने भएको छ । आज बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो । कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि ६ घण्टा यातायात बन्द गर्न लागिएको बताइएको छ ।