Author: महेन्द्रनगर पोष्ट

छेन्दु (चीन) : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताएका छन् । जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए । “कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेको छ”, उनले भने । कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र नौ वटै जिल्लाहरुमा पशुहरुमा लाग्ने रोग ‘लम्पीस्किन’ भयावह बन्दै गएको छ। प्रदेशका नौ वटा जिल्लाहरु मध्ये सबै भन्दा बढी डोटी, अछाम, र बझाङ यस रोगबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले बताए । भारतको सीमा जोडिएका क्षेत्रमा बढी प्रभाव देखियो पनि उनले बताए । देशभरि फैलिएको लम्पीस्किन रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रभावित बन्न पुगेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश जोशीले बताए। अहिलेसम्म सुदूरपश्चिममा दुई लाख सात सय ९८ पशु सङ्क्रमित भएकोमा १० हजार नौ सयभन्दा बढी पशु मरिसकेका छन्। यो रोगले पशुको विभिन्न भागमा साना ठूला गिर्खा देखिने,…

Read More

झापा : कचनकवल गाउँपालिका कर्मचारीले आफूहरूलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् । पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् । माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीलाई उजुरी दिएका हुन् ।

Read More

कैलाली : कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका वनदेवी टोल बस्ने १४ बर्षीय सागर खडायतको शनिबार दिउँसो नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । डुबेर गम्भीर बनेका खडायतलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाएकोमा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । खडायत गुराँस एकेडेमी अत्तरियामा कक्षा ८ मा अध्यनरत रहेका थिए ।

Read More

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएकी छन् । ६५ औँ संसद दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् । ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् । आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका…

Read More

काठमाडौँ : नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुनस् बन्द भएको थियो । त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आए…

Read More

काठमाडौँ: काठमाडौँबाट धनगढीका लागि उडेको श्री श्री एयरलाइन्सको जहाज धनगढीमा ल्यान्ड हुन नसकेपछि काठमाडौँ फर्किएको छ । आज ४ बजेर २० मिनेटमा आकाशबाटै सो जहाज इन्जिनको समस्याका कारण काठमाडौँ फर्किएको हो । अहिले जहाज काठमाडौँ अवतरण भइसकेको बताइएको छ।

Read More

काठमाडौँ: मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ । विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो । तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ । दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । ‘हेडवर्कक’को मध्यकालीन कार्ययोजनाअनुसार काम गरिने उनले बताए । त्यसमा हेडवर्कलाई चलाउन आवश्यक काम गेटको मर्मतको काम,…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा: परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन् । “अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ, हाम्रो परराष्ट्र नीतिका सम्बन्धमा हामीले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित मूल्य र मान्यतालाई सम्मान गर्छौं”, उनले भने, “त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौँ, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौँ, तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौँ, बोल्न सक्दैनौँ हाम्रो विचार नै छैन भन्ने चाहिँ…

Read More