Author: महेन्द्रनगर पोष्ट

छेन्दु (चीन) : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन्। सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे। सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, ‘यसअघि छेन्दु-ल्हासा-काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडौँ सिधा उडान भएको छ। छेन्दु-काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ।’ नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ…

Read More

धनगढीः क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा दुबै जनाले उक्त अवार्ड हात पारेका हुन। दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन्। यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गतवर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्। यस्तै सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते। धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे। हेमन्तले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा…

Read More

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सदस्य सङ्ख्या नौ करोड ८४ लाख पुगेको छ । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू झन्डै १० करोड पुगेका समाचार संस्था सिन्ह्वाले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले गरेको घोषणाअनुसार यसका सदस्य नौ करोड ८४ लाख पुगेका उल्लेख छ । जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको १०२ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सदस्यको बारेमा जानकारी दिइएको हो । तथ्याङ्क अनुसार सन् २०२१ देखि यो सङ्ख्या झन्डै १३ लाख ३३ हजार अर्थात् एक दशमलव चार प्रतिशतले बढेको पाइएको छ ।

Read More

धनगढी : सुदूरपश्चिममा पहिलोपटक मोती उत्पादन सुरु गरिदै छ । डडेल्धुराको भित्रिमधेश परशुराम नगरपालिका–४ कटालमा ८० प्रतिशत रकम सरकारको र २० प्रतिशत रकम निजी लगानीकर्ताको गरि मोती उत्पादन सुरु गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको सम्भाव्यता अध्ययन पश्चात कटालमा मोती उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको काम थालिएको हो । मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । नेपालमा हाल मोरङ जिल्लामा मात्रै मोती उत्पादन हुने गरेको छ । सुदूरपश्चिममा डडेल्धुरासँगै दार्चुलामा मोती उत्पादनका तयारी थालिएको छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा…

Read More

जनकपुरधाम : धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहितका प्रहरीहरुबिरुद्ध किटानी जाहेरी परेको छ । सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाकी २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी हुन् । जाहेरी दिने मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहकी बहिनी हुन् । नगराइनका विनोदप्रसाद साहकी छोरी मनिषाले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का, डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीबिरुद्ध जिल्ला हुलाक कार्यालय धनुषाबाट जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी पठाएकी हुन् । त्यसअघि पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला…

Read More

काठमाडौँ : रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो । कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए । पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न…

Read More

महेन्द्रनगर : कञ्चनपुरको दक्षिणी सीमावर्ती बैवाह गाउँमा एकै रातमा घर घरमा चोरी भएको छ । गयराती बेलडाँडी गाँउपालिका ३ वैवाह सीमावर्ती गाँउमा ९ घरमा चोरी भएको हो । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरी सहितका ९ घरमा मोवाईल चोरी भएको स्थानीयले बताएका छन । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र प्रहरीको बलियो उपस्थिति रहेको बेलडाँडीको बैवाहमा मोबाईल चोरी हुँदा समेत पत्ता नलाग्नु दुखत विषय भएको बेलडाँडीका स्थानीय युवा चेतन कुमार राईले बताए । उनले घटनामा प्रहरी र सशस्त्र प्रहरीले चनाखो भएर चोर पत्ता लगाएर कार्बाही गर्नुपर्नेमा जोडदिए । वडाध्यक्ष दुर्गा चौधरी सहित नरान्त चौधरी, भानुराम चौधरी, रकमदास चौधरी, जबरदास चौधरी, दयाराम…

Read More

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठक २०८० को समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘संविधानमा नै तीन तहको सरकारको अधिकारको बाँडफाँटको व्यवस्था गरिएको छ, जहाँ एकल अधिकार र अधिकारको साझा सूचि समावेश छ। संघीयताबारे राजनीतिक तहमा नै सोचाइमा एकरूपता आउन सकेको छैन। साथै ऐन, कानुन बनाउने कुरामा जुन तत्परता हुनुपर्ने हो, त्यसमा ढिलाइ भएको छ।’’ प्रधानमन्त्रीले भने, ‘‘यसपटक संघीयता कार्यान्वयनका लागि प्रशस्त प्रयास गरिएको…

Read More

भक्तपुरः आफ्नै काका ८१ वर्षीय कृष्ण बहादुर प्रजापतीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ३५ वर्षीय नुछे प्रजापतीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको हो ।

Read More

धनगढी : सुदूरपश्चिम आईकन दिपा रोकाया र जलेन्द्र शाही बनेका छन्। चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन महिला विधाको अवार्ड दिपा रोकायाले हात पारेकी छन् भने जलेन्द्र शाहीले पुरुष तर्फको अवार्ड पाएका छन्। न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आईकन महिलामा आइकन अवार्ड पाउने रोकाया फुटबल खेलाडी हुन् भने माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामाका विजेता शाही फेन्सिङका खेलाडी हुन्। विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कुस्तीकी मनीषा सिंह, र क्रिकेटकी कविता कुँवर पनि महिलामा आइकन अवार्डको मनोनयनमा परेकी छिन्। पुरुष तर्फ भने कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका थिए। नेपाल खेलकुद…

Read More