Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल प्रहरीतर्फको प्रहरी सहायक निरीक्षक (असई)को लिखित परीक्षामा सुदूरपश्चिमका १२ जनामात्रै पास भएका छन्। लोकसेवा आयोगले मंगलबार प्रकाशन गरेको नतिजामा असईका लागि सुदूरपश्चिमबाट छनौट भएका १२ जना लिखितमा पास भएका हुन्। जसमा २ जना महिला र २ जना पिछडिएको क्षेत्रबाटसमेत पास भएका छन् भने १० जना खुल्लाबाट पास भएका छन्। प्रहरीको असईको २०८०/०८१ को खुला तथा समावेशी तर्फको लिखित परीक्षामा ९ हजार ७४३ जना सहभागी थिए। जसमध्ये ४१५ जना लिखितमा पास भएका छन्। सूची१. आसिष बिष्ट२. करिना ओइरे३. गोविन्द कलौनी४. जयराज जोशी५. जिवन अधिकारी६. नरेशबहादुर बिष्ट७. विशाल शाह८. राजेन्द्र धामी९. रामदत्त जोशी१०. रामचन्द्र अवस्थी११. राहुल भण्डारी१२. सरस्वती बिष्ट

Read More

धनगढी: काठमाडौंबाट उडेको श्री एयरलाइन्सकाे विमान उडानका क्रममा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेकाे भन्दै धनगढी विमानस्थलबाट एक युवकलाई पक्राउ गरिएको छ। हिजो (मंगलबार) बेलुका उनलाई नियन्त्रणमा लिइएको हो। विमानस्थल प्रहरी स्रोतका अनुसार मंगलबार साँझ ४ बजेकाे श्री एयरलाइन्स काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर हाेस्टेजमाथि दुर्व्यवहार भएको हो। एयर होस्टेज बस्ने स्थान नजिकैको सीटमा परेका कैलालीको गाेदावरी नगरपालिका- १ का शिवराज ओझाले एयर होस्टेजलाई अभद्र व्यवहार गरेको बताइन्छ। स्रोतका अनुसार उनले होस्टेजतिर आफ्नो खुट्टाहरु तानेका थिए। त्यसपछि होस्टेजले क्याप्टेनलाई रिपोर्ट गर्दै क्याप्टेनले प्रहरीलाई धनगढी अवतरण भएलगत्तै रिपोर्ट गरेपछि शिवराजलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर…

Read More

धनगढी: अहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा भ्रमपूर्ण पोस्ट निकै भाइरल भैरहेको छ। धनगढीसहित सुदूरपश्चिमका युवायुवतीले आ-आफ्नो फेसबुकमा कैलालीस्थित भीमदत्त राजमार्गमा पर्ने भाँसु भीरमा भूतप्रेत अर्थात अदृश्य शक्ति देखिएको भन्दै पोस्ट तथा सूचनाहरु सार्वजनिक गरिरहेका छन्। तर, वास्तवमा भने सो फोटोसहित राखिएका पोस्टहरु झुटा र भ्रमपूर्ण प्रमाणीत भएका छन्। किनेभने भूत भन्दै सार्वजनिक गरिएका ती तस्वीरहरुसहितको भिडिओ यसभन्दा अगाडि पनि यूट्युबमा राखिएको भेटिएको छ। अहिले केही मान्छेले सोही भिडिओहरुको स्क्रीन सट हालेर फेसबुकमा भ्रम फैलाएको पाइएको छ। उता प्रहरीले भने भ्रम नछर्न आग्रह गर्दै भूतको कुरा हल्ला भएको जनाएको छ। सो भ्रमपूर्ण पोस्टहरु नेपालमा भन्दा नेपालबाहिर बस्ने नेपालीजनले बढी सार्वजनिक गरेका…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा प्रसुती तथा स्त्री रोगका सेवा थप गरिएको छ। मंगलबारबाट अस्पतालमा सेवा थप गरिएको हो। अस्पताल व्यवस्थापन समितिका अनुसार अस्पतालमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. सोनम गुरुङ आएपछि सेवा थप गरिएका हुन्। सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री ओम विक्रम भाट (सरल) ले डाक्टरलाई महाकाली अस्पताल पठाएका थिए। अस्पतालमा सेवा थप एवं सञ्चालित सेवा प्रभावकारी बनाउन उनले चिकित्सक थप्दै जानुपर्ने जनाएका छन्।

Read More

काठमाडौं: नेपाल प्रहरीका १४ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवा भएका छन्। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका १४ जना प्रहरी सहायक निरीक्षक (असई) लाई नायव निरीक्षक (सई) मा बढुवा गरिएको हो। साथै उनीहरुको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै प्रहरी प्रधान कार्यालयले ६ जना वरिष्ठ हवल्दारलाई सहायक निरीक्षक (असई) मा बढुवा गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको सोमबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत कम्प्युटर तर्फका उनीहरुलाई असईमा बढुवा गरिएको हो।

Read More

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगर बजारमा ललिता हेयर एण्ड ब्यूटी एकेडेमी संचालनमा आएको छ। जिल्लाको भीमदत्त नगरपालिकास्थित बजारको १८ गल्ली नम्बर ३ फ्रिलाईनमा ललिता हेयर एण्ड ब्यूटी एकेडेमी संचालनमा आएको हो। मंगलबारदेखि उक्त हेयर एण्ड ब्यूटी एकेडेमीको भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखकले उद्घाटन गरेकी छन्। सो एकेडेमीकी संचालक कविता नेगी (ऐर) ले वर्तमान बजारको मागअनुरुप सेवा संचालनमा ल्याएको बताईन्। उनी झण्डै १८ वर्षदेखि ब्यूटीसियन पेशामा छिन्। उनले आफ्नो एकेडेमीबाट ब्यूटी, हेयर र नेल सम्बन्धि तालिम पनि संचालन गर्ने जनाएकी छन्। यस्तै उद्घाटनका क्रममा भीमदत्त नगरकी उपप्रमुख लेखकले महिलाहरुले व्यवसाय शुरु गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुपर्ने बताइन्।

Read More

धनगढी : सोमबार राति कैलालीको चिसापानीबाट अपहरणमा परेका गाडीका सह–चालक लोकेन्द्र चौधरी अपहारकारीबाट फुत्किएर घर पुगेका छन् । राति करिब १० बजेबाट उनलाई केही युवाहरूले आफूसँगै लगेका थिए । मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट बेपत्ता पारिएका चौधरी केही बेर अघि आफै घर पुगेका छन् । उनका अनुसार बिहान करिब ५ः३० बजे उनी ती युवाबाट फुत्किएका हुन् । ‘मलाई दुई जनाले नियन्त्रणमा लिइरहेका थिए ,एक जना भाग्न साधन खोज्न लागे अर्कोलाई तिर्खा लाग्यो भनेर पानी खोज्न जाँदा म उनीहरुको आँखा छलेर फुत्किए’ उनले प्रहरीलाई सुनाए । सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीमा…

Read More

काठमाडौं : सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समिति सदस्यमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ। कांग्रेसबाट समिति सदस्य रहेका बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि रिक्त रहेको सदस्यमा कांग्रेसले बडूलाई पठाएको हो। सहकारीहरूमा समस्या देखिएपछि छानबिनका लागि गत जेठ १५ मा संसदीय छानबिन समिति गठन भएको थियो । एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

Read More

काठमाडौँ : न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो। न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो। एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए।

Read More

धनगढी : बैतडीका एक युबकको भारतमा मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताए। सुरेश ५ बर्ष पहिला देखीनै भारतको एक होटेलमा काम गर्थे। डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो।

Read More