Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हुँदा सेवा प्रभावित हुँदै आएको बताएका हुन् । ‘यस मन्त्रालयको देशभित्र र बाहिरको संरचनाको जनशक्ति दुई सय ८३ जना मात्र छ’, उनले भने, ‘कहीँ अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा जनतालाई व्यवस्थित तरिकाले सेवा दिन सकिरहेका छैनौँ ।’ ‘राहदानीको व्यवस्थापनसहित मन्त्रालयका कामकारबाहीबारे परराष्ट्र मन्त्रालयसँग छलफल’ कार्यसूचीको बैठकमा उनले राहदानी बनाउन लाग्ने समय र प्रक्रियाबारे जनतालाई स्पष्ट पार्न नसक्दा…

Read More

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले जिम्मेवारी त्यागेकी छन् । बालेनको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उनले आज राजीनामा दिएकी हुन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर अर्यालले मेयरका पछिल्ला गतिविधिप्रति आफू सन्तुष्ट हुन नसकेकाले पद छोड्ने निर्णयमा पुगेको खुलाएकी छन् । ‘उहाँको आचरणले द्वन्द्वको अवस्था सिर्जना गरिरहेको छ जसका कारण म सल्लाहकारको पदबाट राजीनामा दिन चाहन्छु’, उनले भनेकी छन् । काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्याल मुख्य भूमिकामा थिइन् । तर, अहिले मेयर बालेनले शैक्षिक गतिविधिमाथि गरेको नियन्त्रणप्रति उनको विमती थियो । जसलाई उनले लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानका आधारमा भएको बताएकी छन् । मेयर बालेनलाई शुभकामना भन्दै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले ३ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको कार्यालयले शोक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्लाका पूर्व पार्टी सभापति समेत रहेका सिंहको शोकमा प्रदेशमा ३ दिन पार्टीको झण्डा आधा झुकाउन निर्देशन दिइएको छ। सुदूरपश्चिम प्रदेशका सभापति बीर बहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर ३ दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न समेत भनिएको छ। मन्त्री सिंह सवार सु प प्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलवार बझाङको केदारस्यु गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।

Read More

काठमाडौं – सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । मन्त्रिपरिषद‍् बैठकले यससँगै आठ निर्णय गरेको छ ।

Read More

काठमाडौँ : नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति…

Read More

काठमाडौँ : नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन्। बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताए। उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए। यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभई गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए। ‘यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन। यदि एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ। यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो। भोलिपल्ट, अर्को एक दिनको लागि हो,’ उनले भने। एमालेले प्रतिपक्ष दलहरूको…

Read More

काठमाडौँ : नेपाल चलचित्र सङ्घले भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार दिउँसो चलचित्र सङ्घको रिट दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ । काठमाडौँ महानगरपालिकाका मेयर साहले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णय कानुनविपरीत भन्दै फिल्म हल सञ्चालकहरू अदालत गएका हुन् । उनीहरूले काठमाडौँका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

Read More

धनगढी: सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार गरेको उत्कृष्ट उद्यमी सम्मान कार्यविधि, २०७९ अनुसार छनोट भएका ११ जना यद्यमीलाई धनगढीमा सम्मान गरिएको हो। मङ्गलवार भएको कार्यक्रममा सामाजिक विकास मन्त्री झपटबहादुर साउँदे विभिन्न उद्यम गरिरहेका ११ जनालाई जनही नगद ५० हजार पुरस्कारसहित सम्मान गरेका हुन्।सम्मानित हुनेमा चुरे गाउँपालिका वडा नम्बर ५ मा रहेको सुदूरपश्चिम एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक विकास न्यौपाने, कञ्चनपुरको कृष्णपुर-४ मा रहेको फोर फक्स क्याटल एण्ड ह्याचरी उद्योगका सञ्चालक हरेन्द्रबहादुर वोहरा, शुक्लाफाँटा-५ मा रहेको हुनैनाथ गार्मेन्टका सञ्चालक हेमा भट्ट र अछामको चक्र मिलन फर्निचर उद्योगका सञ्चालक चक्रबहादुर चलाउने रहेका छन्। यस्तै,…

Read More

आरएस भट्ट, काठमाडौं: सोमबार ४ राजनीतिक दलहरुले समाजवादी मोर्चा घोषणा गरे। जसमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा (विप्लप) ले संयुक्त सुरुपमा समाजवादी मार्चा घोषणा गरेका छन्। पछिल्लो सयमा ठुला राजनीतिक दलहरु युवा पुस्ता र आम नागरिकको नजरमा कमजोर बन्दै गएका छन्। पछिल्लो समयमा सम्पन्न भएका निर्वाचनले पनि यी दलहरुको भविष्य खासै राम्रो देखिएको छैन। अस्तित्व नै गुम्ने डरमा रहेका दलहरु पनि एकिकृत हुन थालेका छन्। विशेष गरी नागरिकको तहमा कमजोर बन्दै गएका दलहरु मोर्चाको माध्यकबाट आफुलाई बलियो सावित गर्ने दाउमा छन। राजनीति अस्तित्व जोगाउनका लागि समाजवादी मोर्चाको सहारा लिएका दलको आगामी यात्रा कस्तो होला त्यो…

Read More

मनहरी: आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो । साथै रु एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ आम्दानी गरेको र रु एक…

Read More